मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बीपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली काग्रेस रामधुनीको रक्तदान कार्यक्रम

by By: रामधुनी खबर
साउन ७, २०८१
469

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ७ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली काग्रेस रामधुनी नगर समितिले बीपी कोइरालाको योगदान स्मरण गर्दै झुम्कामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेको आयोजक समितिले जानकारी दिए । काग्रेस केन्द्रिय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यता उद्धघाटनगरी रक्तदान कार्यक्रम सुरु भएको थियो । रक्तदान कार्यक्रममा बीपी कोइरालाको योगदान स्मरण गर्दै उहाँको परिकल्पना अनुसार नेपाल विकास अगाडि बढ्नु पर्ने अतिथीहरुले धारणा ब्यक्त गरेका छन् ।

बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद उन्मुख नेपाल बनाउने तर्फ लाग्नु पर्ने केन्द्रिय सदस्य कोइरालाले बताउनु भयो । नेपाल विकासको परिकल्पना गरे अनुसार स्वास्थ्य सुरक्षामा आधुनिक प्रविधि विकास भएको उहाँले बताउनु भयो । विकासमा थप परिवर्तनका लागि मुलुकमा नयाँ राजनीतिक परिवर्त भएको धारणा राख्नुभयो । यो परिवर्तन नेपालको राजनीतिमा अन्तिम मौका रहेको उठान गर्नुभयो ।
दुई ठुला दलको समन्वयमा सक्ता संचालन सफल भएन भने नेपालको राजनीति कुन मोडमा जाने हो भन्ने यसै बुझ्न सकिन्छ भन्दै धारणा राख्नु भयो । संविधान संशोधनका लागि २०६२÷०६३ को जनआन्दोलनबाट आएको बुद्धाहरुमा संविधान संशोधन हुनु पर्ने भन्दै सबै वर्ग, समुदायलाई सल्लाह लिएर मात्र संशोधन गर्नुपर्ने बताउनुभयो ।
रगत नपाएर बिचल्लीमा परेका जनसमुदायका लागि गरेको रक्तदान कार्यक्रम महत्पूर्ण रहेको नेपाली काग्रेश सुनसरी सभापति केदार भण्डारीले बताउनु भयो । बीपी कोइरालाले देश र जनताका लागि मात्र सोच्ने र काम गरेको हुनाले उहाँ महान भएकोले हामी महामानव जननायक भन्छौँ भन्दै पंचायती कालमा स्मृती दिवस मनाउँदा दुःख दिएको र गाछी समेत उखेल्ने गरेकोले गणतन्त्र आएपछि बीपीको बिचारलाई थप सशक्त बनाएर अगाडि बढीरहेको सुनसरी सभापति भण्डारीले बताउनु भयो ।

नेपाली काग्रेस रामधुनी नगर समिति अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, नेकपा एमाले सुनसरी सचिव राम कोइराला, वडा नं. ६ का वडाअध्यक्ष शिवशंकर राजधामी, वडा नं. ५ का पूर्व वडा अध्यक्ष डेगराज फुयाल, नेपाल महिला संघ जिल्ला सभापति विजया कट्वाल, नेपाल तरुणदल केन्द्रिय प्रतिनिधि, नेबिसंघ सुनसरी, नेकपा माओवादी रामधुनी अध्यक्ष बलराम चौलागाई, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष डिल्ली गुरागाई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस शाखा रहेको थियो भने कार्यक्रममा उपस्थित अतिथीहरुमा उपसभापति आशा चौधरीले स्वागत मन्तव्यले सम्मान गरेको नेपाली काग्रेस नगर सचिव महेश चौधरीले बताउनु भयो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको आ.ब.२०८०÷०८१ को खर्च विवरण सार्वजानिक,सुशासन र पारदर्शितामा जोड

अर्काे पाेस्ट

लायन्स क्लव अफ झुम्काको समन्वयमा रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft