मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बीपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली काग्रेस रामधुनीको रक्तदान कार्यक्रम

by By: रामधुनी खबर
साउन ७, २०८१
447

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ७ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली काग्रेस रामधुनी नगर समितिले बीपी कोइरालाको योगदान स्मरण गर्दै झुम्कामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेको आयोजक समितिले जानकारी दिए । काग्रेस केन्द्रिय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यता उद्धघाटनगरी रक्तदान कार्यक्रम सुरु भएको थियो । रक्तदान कार्यक्रममा बीपी कोइरालाको योगदान स्मरण गर्दै उहाँको परिकल्पना अनुसार नेपाल विकास अगाडि बढ्नु पर्ने अतिथीहरुले धारणा ब्यक्त गरेका छन् ।

बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद उन्मुख नेपाल बनाउने तर्फ लाग्नु पर्ने केन्द्रिय सदस्य कोइरालाले बताउनु भयो । नेपाल विकासको परिकल्पना गरे अनुसार स्वास्थ्य सुरक्षामा आधुनिक प्रविधि विकास भएको उहाँले बताउनु भयो । विकासमा थप परिवर्तनका लागि मुलुकमा नयाँ राजनीतिक परिवर्त भएको धारणा राख्नुभयो । यो परिवर्तन नेपालको राजनीतिमा अन्तिम मौका रहेको उठान गर्नुभयो ।
दुई ठुला दलको समन्वयमा सक्ता संचालन सफल भएन भने नेपालको राजनीति कुन मोडमा जाने हो भन्ने यसै बुझ्न सकिन्छ भन्दै धारणा राख्नु भयो । संविधान संशोधनका लागि २०६२÷०६३ को जनआन्दोलनबाट आएको बुद्धाहरुमा संविधान संशोधन हुनु पर्ने भन्दै सबै वर्ग, समुदायलाई सल्लाह लिएर मात्र संशोधन गर्नुपर्ने बताउनुभयो ।
रगत नपाएर बिचल्लीमा परेका जनसमुदायका लागि गरेको रक्तदान कार्यक्रम महत्पूर्ण रहेको नेपाली काग्रेश सुनसरी सभापति केदार भण्डारीले बताउनु भयो । बीपी कोइरालाले देश र जनताका लागि मात्र सोच्ने र काम गरेको हुनाले उहाँ महान भएकोले हामी महामानव जननायक भन्छौँ भन्दै पंचायती कालमा स्मृती दिवस मनाउँदा दुःख दिएको र गाछी समेत उखेल्ने गरेकोले गणतन्त्र आएपछि बीपीको बिचारलाई थप सशक्त बनाएर अगाडि बढीरहेको सुनसरी सभापति भण्डारीले बताउनु भयो ।

नेपाली काग्रेस रामधुनी नगर समिति अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, नेकपा एमाले सुनसरी सचिव राम कोइराला, वडा नं. ६ का वडाअध्यक्ष शिवशंकर राजधामी, वडा नं. ५ का पूर्व वडा अध्यक्ष डेगराज फुयाल, नेपाल महिला संघ जिल्ला सभापति विजया कट्वाल, नेपाल तरुणदल केन्द्रिय प्रतिनिधि, नेबिसंघ सुनसरी, नेकपा माओवादी रामधुनी अध्यक्ष बलराम चौलागाई, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष डिल्ली गुरागाई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस शाखा रहेको थियो भने कार्यक्रममा उपस्थित अतिथीहरुमा उपसभापति आशा चौधरीले स्वागत मन्तव्यले सम्मान गरेको नेपाली काग्रेस नगर सचिव महेश चौधरीले बताउनु भयो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको आ.ब.२०८०÷०८१ को खर्च विवरण सार्वजानिक,सुशासन र पारदर्शितामा जोड

अर्काे पाेस्ट

लायन्स क्लव अफ झुम्काको समन्वयमा रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft