मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लायन्स क्लव अफ झुम्काको समन्वयमा रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण

by By: रामधुनी खबर
साउन ८, २०८१
755

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ८ । मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो । जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ । परिवारका सदस्य, आत्मीयजनहरूले शुभकामना दिने गर्दछन् । जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ । यसै कामना सहित रामधुनी वडा नं. ५ की समिक्षा ढुंगानाले सामाजिक उत्थान कार्य गर्दै मंगलवार आफ्नो जन्मदिन मनाएकी छिन् । लायन्स क्लव अफ झुम्काको समन्वयमा ढुंगानाले इटहरी १६ पकली स्थित श्री रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण गर्दै आफ्नो जन्मदिन मनाएकी हुन् ।

क्लवका सभापति पुष्प दाहालको सभापतित्वमा औपाचारिक कार्यक्रम आयोजनागरी वितरण गरेका छन् । क्लवका सचिव समेत रहेका सन्तोष ढुंगानाको छोरी समिक्षा ढुंगानाले क्लयवका पदाधिकारी लगायतकाले बृदाहरुमा खिर र फलफुल वितरण गरेका छन् ।
जन्मदिनमा सामाजिक कार्यगरी मनाउने छोरीको इच्छाले क्लवको समन्वयमा बृद्धाहरुमा सेवाका कार्यगरी जन्मदिन मनाएको बुुबा सन्तोष ढुंगानाले बताए । लान्यस कल्व अफ झुम्काका अध्यक्ष दाहाल लगायतका उपस्थित सदस्यहरुले जन्मदिनको शुभकामना ब्यक्त गरेका छन् ।

सामाजिक र सेवा कार्यगरी जन्मदिन मनाएकोले अर्शिवाद पाउने र जीवनको संघर्षमा शक्ती प्राप्त गर्ने भन्दै क्लवका सभापति दाहलले आर्शिवाद दिए । जहाँ समस्या त्याहा लायन्स क्लव अफ झुम्का उधेश्य लिएर अगाडि बढी रहेको जानकारी दिए । क्लवबाट रक्तदान कार्यक्रमम, खाद्यान्न वितरण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । अगामी दिनहरुमा बृक्षा रोपन, स्वास्थ्य शिविर, सामाजिक विकृतिका सचेतना कार्यक्रमहरु गर्ने अध्यक्ष दाहालले बताए । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष सिता थरुनी, दृतिय उपाध्यक्ष नवराज खड्का, तृतिय उपाध्यक्ष सुशिल साह, क्लवडाइरेक्टर ओम प्रकाश अधिकारी, सहसचिव बुद्धिबिनोद नेपाल, कार्यक्रम संयोजक आशिष निरौला, सदस्य मन्जु चौधरी, लोकबहादुर बस्नेत, इन्दिरा ढुंगाना, शुष्मा ढुंगानाको उपस्थित रहेको थियो ।
बृद्धाआश्रममा सेवाको कार्य गरेको अवसरमा बृद्धाआश्रम समिति संचालकका सदस्य सन्तोष ओझाले धन्यवाद ब्यक्त गरे ।

अगाडिकाे पाेस्ट

बीपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली काग्रेस रामधुनीको रक्तदान कार्यक्रम

अर्काे पाेस्ट

बोलबंम अभियानले रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै नगरको विभिन्न मठमा जलअर्पण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft