मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बोलबंम अभियानले रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै नगरको विभिन्न मठमा जलअर्पण

by By: रामधुनी खबर
साउन १५, २०८१
596

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण १५ । श्री हनुमान आरधना मण्डल नेपाल रामधुनी १ जितमहान चोक महिला शाखा ५४५, पुरुष शाखा ४३२ सत्य संकल्पमा सोमवार बोलबंम अभियान सम्पन्न गरेको छ । रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै बोलबंमको नारा सहित नगरको विभिन्न मठमा जलअर्पण गरेको आरधना मण्डलका प्रमुख झखन दास थारुले बताए ।


रामधुनी र झुम्कालाई धार्मिक पर्यटक प्रवद्र्धन गर्ने उधेश्यले डाक बंम प्रतियोगिताको आयोजना गरेको छ । रामधुनी मन्दिरको सुरसैर नदीबाट प्रथम जल उठाई डाक बंम मार्फत जलअर्पण गरेको छ । सुनसरी गंगाको प्रथम जल श्री झुम्केश्वरनाथ शिवजी झुम्केश्वर मन्दिर र दोस्रो जल श्री वासुकीनाथ पार्ववती हनुमान मन्दिर रामधुनी १ जितमहान चौकमा अर्पण गरेको हो । जितिया मेला २०६१ सालबाट श्री झुम्केश्वर वासुकीनाथ शिव कमरिया २१ औँ बर्षको डाक बंम प्रतियोगितामा भक्तजनहरु सहभागी हुँदै जल चढाएर पुण्य कर्य गरेको मण्डलका प्रमुख दासले बताए ।


डाक बंम प्रतियोगितामा भक्तजनहरुलाई धार्मिक सम्मान सहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम हुने भादगाउँका राम खेलन मुखिलाई प्रथम पुरस्कार धार्मिक सम्मान सहित रु २००० ले सम्मान गरेको छ । दोस्रो हुने भादगाउँका कृष्णदासलाई दोस्रो पुरस्कार धार्मिक सम्मान सहित रु १५०० ले सम्मान गरेको छ । तेस्रो हुने प्रेम कुमार चौधरी लाई तेस्रो पुरस्कार धार्मिक सम्मान सहित रु १००० ले सम्मान गरेको मण्डल प्रमुख दासले जानकारी दिए । सान्तवना हुने सेजल चौधरी,पूजा चौधरी, आयुसा चौधरी, मन्दिप श्रेष्ठ र गीता चौधरीलाई गम्छा ओढाई हनुमान चालिसाबाट सम्मान गरेको आरधणा मण्डलले जानकारी दिएको छ ।
परस्कृत तथा सम्मानित हुने भक्तजनहरुलाई मण्डलका प्रमुख दास, अभियान्ता सिता थरुनी, थारु महिला सभा रामधुनी सभापति लिलि चौधरी, गयावती चौधरी, मन्जु चौधरीले सम्मान वितरण गरेको हो ।

अगाडिकाे पाेस्ट

लायन्स क्लव अफ झुम्काको समन्वयमा रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण

अर्काे पाेस्ट

नेपाल–भारत भूपू सैनिकहरुको पेन्सन सुविधाका लागि झुम्कामा दस्तावेज प्रयोजन क्याम्प सम्पन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft