मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

by By: रामधुनी खबर
असार २४, २०८३
359

रामधुनी खबर संवाददाता
झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २० औँ नगर सभाबाट बजेट प्रस्तुत गरे संगै अनुमोदित बजेट मंगलवार पारित गर्दै सार्वजानिकीकरण गरेको हो ।
नगर उपप्रमुख तारा थापाले बजेट प्रस्तुत गर्नु भएको छ । बजेट प्रस्तुत अनुसार आय तर्फ संघिय सशर्त चालु, संघिय सशर्त पूँजिगत, संघिय विशेष अनुदान, संघिय सम्पुरक अनुदान, प्रदेश सशर्त चालु, प्रदेश सशर्त चालु पँुजिगत, आन्तरिक राजस्व, समानिकरण, जनसहभागीता गरी आय ब्यय रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट रहेको छ ।

विनियोजित बजेटले पहिलो प्राथमिक्तामा पूर्वाधार विकास क्रमश सामाजिक तथा सुशासन र पर्यटन तर्फ प्राथमिक्तामा राखेका छन् । नगर गौरवका योजना ३१ वटा छन् । नगर स्तरीय योजना १ सय २३ वटा छन् । वडागत र विषयगत समितिको योजना मार्फत बजेट खर्चको सिलिङ्ग ल्याएको छ ।
नगर प्रमुख शंकरलाल चौधरीले बजेट र योजनाको बारेमा आफनो धारणा राख्नु हुँदै नगर समृद्धिको लागि सबैको सहयोग र प्रयासले विकासमा अग्रसर रहेको बताउनु भयो । नगरपालिकाको अत्याधिक प्रयासले हाल सम्मको विकास निर्माणको बारेमा सफलता प्राप्त गरेको यसरी उजागर गर्नु भएको छ । उहाँले रामधुनी मन्दिरलाई सारा जगतमा पहिचान र पर्यटन विकासका लागि रामायाण सर्किटको नगरपालिकाबाट अत्याधिक प्रयास भैरहेको बताउनु भएको छ ।
बजेट सिलिङ्गको बाडफाड बारेमा नगर प्रमुख चौधरीले पारिवारिक अंशबण्डाको उदाहरण दिनुहुँदै आफनो दाजुभाईको फाटमा साईकल र रेडियो परेको भन्दै यस बजेट बाँडफाँडमा मन नदुखाउन अनुरोध गर्नु भएको छ । नगर प्रमुख चौधरीले नगर समृद्धिमा सबैको सुझाव सल्लाहले नगरपालिकाको मार्ग दर्शन रह्यो र यस मार्गदर्शनलेनै हामी जनप्रतिनिधि कर्मचारी अगाडि बढ्यौ र बढिरहने जानकारी समेत दिनुभयो ।
बजेट अनुमोदन पारित तथा सार्वजानिकीरणमा स्वागत मन्तब्य दिनु हुँदै प्रमुख प्रशासकिय अधिकृत तेजनारायण यादवले २० औँ नगर सभाबाट आय ब्ययको संक्षिप्त खाका प्रस्तुत गर्यौँ र ब्यापक छलफलगरी अन्तिम रुप दिएर बजेट सार्वजानिक गरेको प्रष्ट पार्नु भएको छ ।

नगर गौरबको योजनामा रु ३ करोड ८० लाख विनियोजन भएको छ । जस्मा भासी क्याम्पस संचालन अनुदान रु १० लाख र क्यामपस अनुदान निर्माण कार्य रु १० लाख विनियोजित गरेको छ । गौरबको योजना अन्तर्गत वडा नं. १ मा नयाँ भादगाउँ टोल स्थित रामजानकी मन्दिर देखि नहर जाने बाटो इन्टरलक रु १० लाख, डुमैरिया जाने नहर बाटो कालो पत्रे रु २० लाख एवंमगरी ४ वटा बाटो स्तर उन्नतीका गौरबको योजना रहेको छ । वडा नं. २ मा बाटो कालो पत्रेका लागि रु १० लाख, रु १२ लाख गरी ४ वटा योजना रहेको छ ।
यसैगरी वडा नं. ३ मा बाटो कालो पत्रेका लागि रु १५ लाख, रु १० लाख र ५ लाखको ४ वटा योजना छन् । वडा नं. ४ मा गौरबको योजना १ वटा छन् । रामकुमार चौधरीको घर देखि सरस्वती आधारभुत विद्यालय सम्मको बाटो कालो पत्रे रु ४० लाखको बजेट रहेको छ । वडा नं. ५ मा सबभन्दा बढी ७ वटा गौरबको योजना रहेको छ । वडा नं. ६ मा ३ वटा वडा नं. ७ मा २ वटा, वडा नं. ८ मा १ वटा रु ४० लाखको र वडा नं. ९ मा ३ वटा गौरबको योजना रहेको छ ।
नगर स्तरीय योजनामा रु ६ करोड ३८ लाख ५० अजार विनियोजन भएको छ । विषयगत समितिका लागि रु २ करोड ७० लाख बजेट विनियोजन भएको छ । आ.ब. २०८२÷०८३ को भुक्तानी बाँकी रु ४ करोड ५८ लाख ८० हजार राखिएको छ । बजेट कार्यन्वयनका लागि नीति तथा योजना सार्वजानिक गरिसकेको छ ।

नगर गौरवका योजनाहरुको विनियोजित शिर्षक र रकम……

नगर स्तरीय योजनाहरुको विनियोजित शिर्षक र रकम……

अगाडिकाे पाेस्ट

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

अर्काे पाेस्ट

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft