मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

by By: रामधुनी खबर
असार २४, २०८३
453

रामधुनी खबर संवाददाता
झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २० औँ नगर सभाबाट बजेट प्रस्तुत गरे संगै अनुमोदित बजेट मंगलवार पारित गर्दै सार्वजानिकीकरण गरेको हो ।
नगर उपप्रमुख तारा थापाले बजेट प्रस्तुत गर्नु भएको छ । बजेट प्रस्तुत अनुसार आय तर्फ संघिय सशर्त चालु, संघिय सशर्त पूँजिगत, संघिय विशेष अनुदान, संघिय सम्पुरक अनुदान, प्रदेश सशर्त चालु, प्रदेश सशर्त चालु पँुजिगत, आन्तरिक राजस्व, समानिकरण, जनसहभागीता गरी आय ब्यय रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट रहेको छ ।

विनियोजित बजेटले पहिलो प्राथमिक्तामा पूर्वाधार विकास क्रमश सामाजिक तथा सुशासन र पर्यटन तर्फ प्राथमिक्तामा राखेका छन् । नगर गौरवका योजना ३१ वटा छन् । नगर स्तरीय योजना १ सय २३ वटा छन् । वडागत र विषयगत समितिको योजना मार्फत बजेट खर्चको सिलिङ्ग ल्याएको छ ।
नगर प्रमुख शंकरलाल चौधरीले बजेट र योजनाको बारेमा आफनो धारणा राख्नु हुँदै नगर समृद्धिको लागि सबैको सहयोग र प्रयासले विकासमा अग्रसर रहेको बताउनु भयो । नगरपालिकाको अत्याधिक प्रयासले हाल सम्मको विकास निर्माणको बारेमा सफलता प्राप्त गरेको यसरी उजागर गर्नु भएको छ । उहाँले रामधुनी मन्दिरलाई सारा जगतमा पहिचान र पर्यटन विकासका लागि रामायाण सर्किटको नगरपालिकाबाट अत्याधिक प्रयास भैरहेको बताउनु भएको छ ।
बजेट सिलिङ्गको बाडफाड बारेमा नगर प्रमुख चौधरीले पारिवारिक अंशबण्डाको उदाहरण दिनुहुँदै आफनो दाजुभाईको फाटमा साईकल र रेडियो परेको भन्दै यस बजेट बाँडफाँडमा मन नदुखाउन अनुरोध गर्नु भएको छ । नगर प्रमुख चौधरीले नगर समृद्धिमा सबैको सुझाव सल्लाहले नगरपालिकाको मार्ग दर्शन रह्यो र यस मार्गदर्शनलेनै हामी जनप्रतिनिधि कर्मचारी अगाडि बढ्यौ र बढिरहने जानकारी समेत दिनुभयो ।
बजेट अनुमोदन पारित तथा सार्वजानिकीरणमा स्वागत मन्तब्य दिनु हुँदै प्रमुख प्रशासकिय अधिकृत तेजनारायण यादवले २० औँ नगर सभाबाट आय ब्ययको संक्षिप्त खाका प्रस्तुत गर्यौँ र ब्यापक छलफलगरी अन्तिम रुप दिएर बजेट सार्वजानिक गरेको प्रष्ट पार्नु भएको छ ।

नगर गौरबको योजनामा रु ३ करोड ८० लाख विनियोजन भएको छ । जस्मा भासी क्याम्पस संचालन अनुदान रु १० लाख र क्यामपस अनुदान निर्माण कार्य रु १० लाख विनियोजित गरेको छ । गौरबको योजना अन्तर्गत वडा नं. १ मा नयाँ भादगाउँ टोल स्थित रामजानकी मन्दिर देखि नहर जाने बाटो इन्टरलक रु १० लाख, डुमैरिया जाने नहर बाटो कालो पत्रे रु २० लाख एवंमगरी ४ वटा बाटो स्तर उन्नतीका गौरबको योजना रहेको छ । वडा नं. २ मा बाटो कालो पत्रेका लागि रु १० लाख, रु १२ लाख गरी ४ वटा योजना रहेको छ ।
यसैगरी वडा नं. ३ मा बाटो कालो पत्रेका लागि रु १५ लाख, रु १० लाख र ५ लाखको ४ वटा योजना छन् । वडा नं. ४ मा गौरबको योजना १ वटा छन् । रामकुमार चौधरीको घर देखि सरस्वती आधारभुत विद्यालय सम्मको बाटो कालो पत्रे रु ४० लाखको बजेट रहेको छ । वडा नं. ५ मा सबभन्दा बढी ७ वटा गौरबको योजना रहेको छ । वडा नं. ६ मा ३ वटा वडा नं. ७ मा २ वटा, वडा नं. ८ मा १ वटा रु ४० लाखको र वडा नं. ९ मा ३ वटा गौरबको योजना रहेको छ ।
नगर स्तरीय योजनामा रु ६ करोड ३८ लाख ५० अजार विनियोजन भएको छ । विषयगत समितिका लागि रु २ करोड ७० लाख बजेट विनियोजन भएको छ । आ.ब. २०८२÷०८३ को भुक्तानी बाँकी रु ४ करोड ५८ लाख ८० हजार राखिएको छ । बजेट कार्यन्वयनका लागि नीति तथा योजना सार्वजानिक गरिसकेको छ ।

नगर गौरवका योजनाहरुको विनियोजित शिर्षक र रकम……

नगर स्तरीय योजनाहरुको विनियोजित शिर्षक र रकम……

अगाडिकाे पाेस्ट

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

अर्काे पाेस्ट

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft