रामधुनी खबर संवाददाता
झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि पार्दशिता सहित जनगुनासो संकलन गर्दै नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको सभापतित्व र रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सनुवाई कार्यक्रमबाट बृहत जनगुनासो आएको छ । सहभागीहरुबाट रामधुनी नगरक्षेत्र र इटहरीको पकली क्षेत्रमा लागु औषध दुव्र्यशनीको जमात अत्याधिक बढ्दै गएको बृहत गुनासो आएको छ । यसैगरी सडक दुर्घटना, सडक अव्यवस्थित, व्यवसायमा सुरक्षाको चुनौती, प्रहरी प्रशासनको हेलचेक्राई लगायतका गुनासोहरु गरेका छन् ।
आएका गुनासोहरु सामाजिक अनुशासनलाई प्रभावित पार्ने भएकोले यसलाई न्युनिकरणमा प्रहरीले मात्र असम्भव रहने भएकोले हामी आमनागरिकहरु पनि जिमेवार बन्नु पर्ने धारणा सहभागीहरुबाट आएको छ ।

नागरिक सुनुवाई कार्यक्रमबाट आएका गुनासोहरुको जवाफ जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव कुमार थेवेले दिनु भएको छ । आएका सुझावहरुलाई करेक्शनगरी आगामी कार्य योजना बनाएर जाने जानकारी दिनु भयो । बृहत आएको गुनासो लागू औषध दुव्र्यशन बिषयमा हामीले कारवाही जनचेतना सहितको नियन्त्रण गर्ने प्रयास गरिहेको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी रामधुनी नगर प्रमुख चौधरीले आफनो धारणा ब्यक्त गर्नु हुँदै झुम्का बजार क्षेत्रको राजमार्गमा भएको खाल्डो पालिका अन्तर्गत रहेकोले पालिकाको पनि जिम्मेवारी रहेको भन्दै खासगरी सडक विभागको जिम्मेवारी रहेको र यसको पहल भैरहेको बताउनु भयो । डाकिनथान टोल विकास समितिको गुनासोमा आशावादी रहनुस म, आफै स्वयम गएर सामाधान गर्ने भन्नु भयो । यसैगरी बृहत जनगुनासो आएको बिषय लागु औषध दुव्र्यशनी लत न्युनिकरणमा नितान्त आवश्यक रहेको भन्दै प्रहरीले गरिरहेकै छन् । यसका लागि प्रमुख भूमिकामा गार्जन अभिभावक बाटै हुने भएकोले आफ्ना छोरा–छोरी कहाँ गयो ? के गर्दैछन् ? भन्ने खोजी गर्नु पर्ने र सचेत बन्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो ।

जिल्ला प्रमुख अधिकारी घिमिरेले कार्यक्रममा सभाध्यक्षताको समापन धारणा राख्नु हुँदै आएका गुनासो र प्रश्न प्रतिनिधि मुलक मात्रै हुन् यस प्रतिको गुनासो मन–मनमा कति छन् कति, यसमा हामीले जवाफ दिने कुरा धेरै छन् काम गर्ने कार्यहरु धेरै छन्, र जनता प्रतिको पिर मार्का समस्याको सामाधानको केन्द्रनै प्रहरी, पालिका, प्रशासन रहेकोले हामी निरन्र रुपले कार्य गरिरहन र गरिरहेका छौँ भन्दै जिल्ला प्रमुख अधिकारी घिमिरेले आफनो धारणा राख्नु भयो । लागु पदार्थ समाजमा गम्भिर समस्या बन्दै गएको प्रति स्विकार गर्नु भयो । यसमा न्युनिकरणमा हामी प्रहरी प्रशासन लागि रहेकै छौँ तथापी पनि नियन्त्रणमा कठिनाई भैरहेकोले यसका लागि प्रहरीले मात्र सम्भव नभएको र यसमा अभिभावकहरुको पनि चासो आवश्यक रहेको धारणा उहाँले पनि ब्यक्त गर्नु भयो ।
जिल्ला प्रमुख अधिकारी घिमिरेले अपराधिक कार्यको जानकारी मोबाइल मार्फत वा प्रमाणको आधार जानकारी दिन सके हामी तुरन्त कारवाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफले, रामधुनी वडा नं.–१ वडा अध्यक्ष महेश चौधरी लगायतका अतिथीहरुले आफनो धारणा राखेका थिए ।
नागरिक सुनुवाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रामधुनी नगरपालिकाको समन्वयात्मक रुपले आयोजित कार्यक्रममा उल्लेख्य सहभागीहरु रहेको थियो भने कार्यक्रम झुम्काको कलश पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।



