मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

by By: रामधुनी खबर
भदौ ८, २०८३
301

रामधुनी खबर संवाददाता
झुम्का, भदौ ७ । थरुहट पहिचानको आन्दोलनको क्रममा भएको कैलाली टीकापुर घटना ११ औँ वर्ष पार गरेको छ । घटनाको ११ बर्ष भएपनि राज्यले लाल आयोग सार्वजानिक नगरी सत्य–तथ्य लुकाएकोले थारु समुदाय थप भिवेदमा परेको भन्दै थारु कल्याणकारिणी सभाले सुनसरीमा विद्रोह दिवस सहित राज्यको दमन विरुद्ध सदरमुकाम इनरुवामा विद्रोह र्याली प्रदर्शन गरेका छन् । ¥यालीका सहभागीहरूले राज्यको दमनविरुद्ध चर्को नाराबाजी गर्दै ‘थारु एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनासँग सम्बन्धित झुठा मुद्दा फिर्ता लिनुपर्ने तथा सर्वोच्च अदालतका फैसला कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी, बारा जिल्लाको जितपुर–सिमराकी बालिका गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्दै मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत प्रदर्शनकारीहरूले गरेका छन् ।
२०७२ साल भदौ ७ गते थारु अधिकार, थरुहट पहिचानका लागि गरेको आन्दोलनमा घटित घटनाबाट ८ जनाको मृत्यु भएको थियो भने थारु समुदाय माथी झुठा मुद्धा लगाई राजबन्दी बनाइएको थियो । घटनाक संग सम्बन्धित लाल आयोगको प्रतिवेदन हाल सम्म सार्वजानिक गरिएको छैन् । सो घटनाको वास्तविक्ता नल्याई थारु समुदाय माथी टिकापुर घटनाको विभेद कायमै राखेको छ ।
राज्यको विभेद बिरुद्ध थारु कल्याणकारिणी सभा इनरुवा नगर समितिको संयोजकत्वमा इनरुवाको सोमवारे हटिया देखि जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय सहितको विद्रोह र्याली लोकतान्त्रिक चोकमा कोण सभामा परिनत गरिएको थियो ।

कोण सभामा बक्ताहरुले बोल्दै थारु समुदायको अधिकार, पहिचान र न्यायका लागि संघर्ष जारी राख्ने उनीहरूले बताएका छन् । थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद रमेश चौधरीले घटनाको यथार्थता पुराना पार्टीले ल्याउन चाहेन न्या पार्टी र नयाँ सरकारले पनि किन आनाकानी गरिरहेको भन्दै विरोध जताएका छन् । यसैगरी उहाँले प्रधान मन्त्रि बालेन साहले आफनो छोरीका लागि सिंहदरवार जलाउछु भनेर स्टाटस लेखेका थिए भने गरिमा चौधरी प्रति किन कन्जुस्याई यो स्वार्थका राजनीतिक नेपाली जनताको लागि खतरा रहेको सचेत गराउनु भएको छ ।
कोण सभामा थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर सभापति राजकुमार चौधरीले टिकापुर घटनामा थारु माथी लगाएको झुठा मुद्धा विभेद विरुद्ध सुनसरीका थारु कल्याणकारिणी सभा पालिका स्तरीय भेला भई थरुहट विद्रोह दिवस सम्पन्न गरेको बताउनु भयो ।
थारु कल्याण्कारिणी सभा (था.क.स.) इनरुवा नगर समितिका सभापति रोहित चौधरीको सभाध्यक्षतामा आयोजित कोण सभामा सुनसरी उपाध्यक्ष जानकी चौधरी, थारु महिला सभा जिल्ला सभापति पार्वती चौधरी, था.क.स. इटहरी उपमहानगर समिति सभापति लक्ष्मि नारायण चौधरी, दुहवी कार्यवाहक सभापति विवेक चौधरीले आफनो धारणा राख्नु हुँदै लालआयोग प्रतिवेदनको तथ्य सार्वजानिकीकरण, झुठा मुद्धा फिर्ता, बालिका गरिमा चौधरीको हत्यारालाई फाँसीको सजाय, सर्वोच्च अदालतको फैसला कार्यन्वयनको माग गरेका छन् ।

थारु अगुवाहरूले राज्यले थारु समुदायका माग, आन्दोलन र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । टीकापुर घटनाको ११ औँ वर्षमा आयोजित उक्त ¥यालीले थारु समुदायको पहिचान, अधिकार, न्याय र राज्यबाट विगतमा भएका दमनको विषय पुनः बहसमा ल्याएको सहभागीहरूको भनाइ छ । उहाँहरुले विगतका घटनाको सत्य–तथ्य सार्वजनिक गरी पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

अगाडिकाे पाेस्ट

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

अर्काे पाेस्ट

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft