मिति : २०८३ भदौ २३ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

by By: रामधुनी खबर
भदौ २२, २०८३
156

रामधुनी खबर संवाददाता
झुम्का,भदौ २२ । भदौ १० गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परेर ज्यान गुमाएका प्रति झुम्कामा सोमवार शोक सभा गरेका छन् । झुम्केश्व मन्दिर अगाडि श्रदान्जली अर्पण सहित दिप प्रज्वलन गर्दै सम्पर्क विहिन तथा घाइतेहरुमा शकुसलको कामना गरेका हुन् ।
रामधुनी नगरपालिकाको आयोजनामा झुम्केश्वर र शनिमन्दिर अगाडि चित्राङ्कीत नेपालको नक्सामा दिप प्रज्वलन गरेका छन् । नगर उपप्रमुख तारा थापाको उपस्थितीमा बाढीमा मृत्युवरण गरेका ब्यक्तिहरुमा आत्माको चिर शान्तिको लागि १ मिने मौनधारणगरी शोक सभालाई पूर्णता दिएका छन् ।
उपप्रमुख थापाले मैन बत्ति तथा दिप प्रज्वलन गर्दै विनासकारी बाढीले गर्दा देशमा अत्यन्तै ठुलो पिडा रहेको बताउनु भयो । धनजनको क्षतिले यस विपतको घडीमा पार्टी, स्वर्थ तथा अन्य विभाजन भन्दा माथी उठेर सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

बाढी पिडित तथा प्रभावित परिवारहरुलाई नेपाल सरकारले पुनरस्र्थापना गर्न आवश्यक रहेको पनि धारणा ब्यक्त गर्नु भयो । यसैगरी रामधुनी नगरपालिकाको कार्यालयमा पनि बाढीमा मृत्युवरण भएकाका प्रति शोक सभा गरेका छन् । नगरपालिकामा नेपालको झण्डालाई आधि झुकाएर जनप्रतिनिधि तथा कर्मचारीहरुले मौनधारण सहितको शोक सभा गरेको उपप्रमुख थापाले जानकारी दिनु भयो ।
शोकसभामा रामधुनी सुनचाँदी व्यवसायी संघका प्रतिनिधि, स्थानीय व्यवसायी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । बाढीमा ज्यान गुमाएका परिवारको दुःखमा साथ र सहयोग आवश्यक रहेको बताउँदै रामधुनीका सुनचाँदी व्यवसायीहरूले समेत सहयोगको हात अगाडि बढाइरहेको पूर्वअध्यक्ष पूर्णबहादुर श्रेष्ठले बताउनुभयो ।

यसैबीच, भोटेकोशी बाढीको १३ औँ दिनसम्म आइपुग्दा विपदमा परी १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने करिब ४ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक विवरणमा जनाइएको छ । त्यस्तै, १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको छ । सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राखिएको छ । यसअघि समेत जलविद्युत् आयोजनाका सुरुङबाट केही व्यक्तिलाई जीवितै उद्धार गरिएको थियो । विपद्पछि उद्धारसँगै प्रभावित परिवारको पुनस्र्थापना, राहत तथा दीर्घकालीन पुनर्निर्माणको आवश्यकता थप बढेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

सम्बन्धित अरु

समाचार

रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

भदौ २०, २०८३

रामधुनी खबर संवाददाताझुम्का, भदौ २० । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा शनिवार २२औँ श्रीकृष्ण रथयात्रा सम्पन्न भएको छ । झुम्का बजारमा प्रत्येक बर्ष झै यस बर्ष पनि...

समाचार

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

भदौ १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ १८ । रामधुनी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम चौधरीको निरन्तर पहल र प्रयासपछि गाउँ ब्लक जग्गाको दोस्रो चरणको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । साविक...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft