मिति : २०८३ भदौ २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

by By: रामधुनी खबर
भदौ २०, २०८३
156

रामधुनी खबर संवाददाता
झुम्का, भदौ २० । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा शनिवार २२औँ श्रीकृष्ण रथयात्रा सम्पन्न भएको छ । झुम्का बजारमा प्रत्येक बर्ष झै यस बर्ष पनि झुम्का उद्योग वाणिज्य संघ रामधुनीको आयोजनामा धार्मिक तथा सांस्कृतिक उत्साहका साथ रथयात्रा सम्पन्न गरिएको हो ।
“सबै मिलेर समृद्ध, शान्त र एकताबद्ध नेपाल निर्माण गरौँ” भन्ने सन्देशसहित “एकता हाम्रो शक्ति, शान्ति हाम्रो पहिचान, मानवता हाम्रो धर्म” भन्ने नाराका साथ रथयात्रा आयोजना गरिएको थियो । रथयात्रामा लाखे नाच, स्थानीय व्यवसायी, भक्तजन तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

झुम्केश्वर मन्दिरबाट सुरु भएको रथयात्रा झुम्का बजार परिक्रमा गर्दै लगुना चोक र शिव चोकसम्म पुगेको आयोजक समितिले जनाएको छ । रथयात्राका क्रममा भक्तजनहरूले भगवान् श्रीकृष्णको पूजा–आराधना तथा जयजयकार गर्दै धार्मिक उत्सव मनाएका छन् ।
यस वर्ष देशको वर्तमान परिस्थितिले सबैलाई संवेदनशील, संयमित र एकताबद्ध हुन आह्वान गरिरहेको भन्दै आयोजकले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको आयोजकले जनाएको छ ।

रथयात्रामार्फत द्वेष होइन सद्भाव, अशान्ति होइन शान्ति, विभाजन होइन एकता र निराशा होइन आशाको बाटो रोजौँ भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो।
भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आयोजना गरिएको २२औँ श्रीकृष्ण जन्माष्टमी रथयात्रा केवल धार्मिक उत्सवमा सीमित नभई धार्मिक आस्था, सामाजिक सद्भाव, शान्ति, एकता र मानवताको साझा सन्देश प्रवाह गर्ने माध्यम बनेको झुम्का उद्योग वाणिज्य संघ रामधुनीले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

सम्बन्धित अरु

समाचार

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

भदौ १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ १८ । रामधुनी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम चौधरीको निरन्तर पहल र प्रयासपछि गाउँ ब्लक जग्गाको दोस्रो चरणको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । साविक...

समाचार

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

भदौ ८, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ ७ । थरुहट पहिचानको आन्दोलनको क्रममा भएको कैलाली टीकापुर घटना ११ औँ वर्ष पार गरेको छ । घटनाको ११ बर्ष भएपनि राज्यले लाल आयोग सार्वजानिक...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft