मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मौलिक महत्व उठान गर्दै थारु महिला सभा सुनसरीकोे सामुहिक जुरशितल र सिरुवा कार्यक्रम

by By: रामधुनी खबर
बैशाख १, २०७९
731

राख संवाददाता
झुम्का, बैशाख १ । जुरशितल र सिरुवा पर्वको मौलिक महत्व हराउँदै गएपछि थारु महिला सभा सुनसरीले एक कार्यक्रमगरी सामुहिक रुपमा मनाएको छ । धार्मिक तथा साँस्कृतिक रुपमा मानाउदै आएको पर्वको मौलिक महत्व उठान गर्दै थारु महिला सभा सुनसरीले सामुहिक जुरशितल र सिरुवा कार्यक्रम मनाएको हो ।
नव बर्ष सुरुवात सगै आदिवासी लगायत भुमिपुत्र थारु समुदायले मनाउने जुरशितल र सिरुवा पर्वको पौराणिक मान्यता बिर्सिदै गएकोले पुस्ताहस्तान्तरणकालागि मौलिक विधि अनुसार कार्यक्रमगरी जुुरशितल र सिरुवा पर्व मनाएको महिला जिल्ला अध्यक्ष सुशिला लेखीले जानकारी दिनु भयो । संस्कार अनुसार कार्यक्रममा थारु समुदायले सुख, शान्ति प्रगती तथा लामो आयुको कामना गर्दै ग्रामथान देवता घर, कुल देवतालाई जल अर्पण गरि आफु भन्दा ठुलो मान्छेको खुट्टामा तथा आफु भन्दा सानो मान्छेको शिरमा पानी छर्कीदै जुरशितल भन्दै जुरशितल सिरुवा पर्व कार्यक्रम २०७९ मनाएको लेखीले बताउनु भएको हो ।
डिहवार सिराथान, साँस्कृतिक भूमि, धार्मिक तथा साँस्कृतिक धरोहरहरु नीतिगत संरक्षण गर्नसमुदाय स्तरबाट सशक्त हुनुपर्ने कार्यक्रमका बक्ताहरुको सुझाव दिएका छन् । पर्वमा खाने परिकारहरुको समेत प्रर्दशनगरी अतिथीहरुमा स्वाद चखाएको अध्यक्ष लेखीले बताउनु भयो । परिकारमा कचरी, बरी, तेलपौर रोटी, माछा लगायतका परिकारहरुको प्रर्दशन गरिएको थियो । सो परिकार चैत्र मसान्तमा पकाएर बैशाख १ गते खादा शरीर बलियो र स्वास्थ्य रहने थारु समुदायमा बिश्वास रहेको छ ।
जुरशितल, सिरुवा, फगुवा, समाचखेवा, तिला संक्राईत, अखारी, नेमानी पर्वको महत्व उठानगरी संरक्षण गर्न थारु महिला सभा सुनसरी अग्रसर रहने छ भन्दै नगर तथा वडा महिला समिति समेत क्रियाशिल रहेको जिल्ला अध्यक्ष लेखीले बताउनु भयो । लेखीका अनुसार थारु महिला सभा रामधुनी नगर समितिले फगुवा पर्व तथा महिला सभा रामधुनी १ नं. वडा समितिले जुरशितल कार्यक्रमगरी क्रियाशिल रहेको छ, यसका साथै जिल्लाका प्रत्येक शाखाहरुलाई पर्व लक्षित कार्यक्रम गर्न गराउन सक्रिय बनाउदै जाने छौँ । पहिचान संग जोडिएको पर्वहरुलाई कार्यक्रम मार्फत उजागर गर्न सुशिला लेखीको नेतृत्वमा थारु महिला सभा सुनसरीले निरन्तरता दिदै आएको छ ।
२०७८ चैत्र २८ गते थारु महिला सभा सुनसरीले थारु साँस्कृतिक भूमि इटहरी उपमहानगर ५ पचरुखी ग्रामदेव थानमा मनाएको छ । कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा थारु कानून व्यवसायिक सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु पत्रकार संघ केन्द्रिय उपाध्यक्ष कुलदिप चौधरी लगायतका बक्ताहरुले साँस्कृतिक पर्वहरुको मौलिक महत्व उठान गर्न थारु महिला सभा थप अग्रसरता देखाउदै गएकोले सराहनिय ब्यक्त गर्दै निरन्तरताको शुभकामना दिएका छन ।

अगाडिकाे पाेस्ट

रामनवमीमा २०३९ साल देखि रामधुनी मन्दिरमा मेलाको निरन्तरता, भक्तजनहरुको अखण्ड धुनी दर्शन

अर्काे पाेस्ट

इलाका प्रहरी पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ सरुवा, कार्यअवधिकोे प्रमुख चुनौती सडक दुर्घटना

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft