मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामनवमीमा २०३९ साल देखि रामधुनी मन्दिरमा मेलाको निरन्तरता, भक्तजनहरुको अखण्ड धुनी दर्शन

by By: रामधुनी खबर
चैत्र २७, २०७८
727

राख संवाददाता
झुम्का,चैत्र २७ । रामनवमीको दिन मर्यादा पुरुषोत्तम श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइएको छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । यसैको अवसरमा रामधुनी मन्दिरमा मनाइने मुख्य पर्व रामनवमीमा भक्तजनहरु श्रदाभक्ति पुर्वक धुनी दर्शन गरेका छन ।
रामधुनी नगरपालिका वडा नं. ४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा त्रेतायुग देखि बलेको अखण्ड धुनी भक्तजनहरुले दर्शन गरिरहेको पुजारी काशीदास उदासिनले बताउनु भयो । आज रामनवमीको दिन अखण्ड धुनी दर्शन गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
रामको कर्म थलो र रामले भ्रमण गरेको तथा धुनी बालेर बसेको स्थानका रुपमा रामधुनी भनिएको हो । रामनवमीलाई चैते दशैका रुपमा पनि लिने गरिन्छ । रामले लंकाका राजा रावणलाई बध गरेको दिन मानी रामनवमी पर्व मनाउने चलन पनि रहेको छ । धुनी वनमा अधि रामनवमी पर्व अलग रुपमा मनाउने चलन थिएन । बिशेष पूजा मात्र गरिन्थ्यो । मन्दिरमा बिशेष २०३९ साल पछि मात्र यहा बिशेष पुजा गर्नुका साथै मेलाको सुरुवात गरेको काशिदास उदासिनले बताउनु भयो ।
रामधुनीको कलावस्तुहरुमा धुनी मन्दिर,सिताकुण्ड,दरबार मन्दिर(लङगौट मन्दिर), मनचिन्ते चिमटा,कन्ना घर,तुलसा मठ,फलामे चक्का, चन्द्रमन्दिर, बनखण्डी तपस्थल, पुरानो इनार सो इनार १८८९ तिर तिरदास महन्तका पालामा बनेको हो । यसैगरी कमण्डलु कुण्ड, गौशाला, जाँतो, नगरा लगायत कलावस्तुहरु रहेको छ ।

अगाडिकाे पाेस्ट

मौलिक थारु हस्तकलालाई प्रवद्र्धन र व्यवसायिक बनाउन धमा, मना बुन्ने तालिम सम्पन्न

अर्काे पाेस्ट

मौलिक महत्व उठान गर्दै थारु महिला सभा सुनसरीकोे सामुहिक जुरशितल र सिरुवा कार्यक्रम

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft