मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामनवमीमा २०३९ साल देखि रामधुनी मन्दिरमा मेलाको निरन्तरता, भक्तजनहरुको अखण्ड धुनी दर्शन

by By: रामधुनी खबर
चैत्र २७, २०७८
756

राख संवाददाता
झुम्का,चैत्र २७ । रामनवमीको दिन मर्यादा पुरुषोत्तम श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइएको छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । यसैको अवसरमा रामधुनी मन्दिरमा मनाइने मुख्य पर्व रामनवमीमा भक्तजनहरु श्रदाभक्ति पुर्वक धुनी दर्शन गरेका छन ।
रामधुनी नगरपालिका वडा नं. ४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा त्रेतायुग देखि बलेको अखण्ड धुनी भक्तजनहरुले दर्शन गरिरहेको पुजारी काशीदास उदासिनले बताउनु भयो । आज रामनवमीको दिन अखण्ड धुनी दर्शन गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
रामको कर्म थलो र रामले भ्रमण गरेको तथा धुनी बालेर बसेको स्थानका रुपमा रामधुनी भनिएको हो । रामनवमीलाई चैते दशैका रुपमा पनि लिने गरिन्छ । रामले लंकाका राजा रावणलाई बध गरेको दिन मानी रामनवमी पर्व मनाउने चलन पनि रहेको छ । धुनी वनमा अधि रामनवमी पर्व अलग रुपमा मनाउने चलन थिएन । बिशेष पूजा मात्र गरिन्थ्यो । मन्दिरमा बिशेष २०३९ साल पछि मात्र यहा बिशेष पुजा गर्नुका साथै मेलाको सुरुवात गरेको काशिदास उदासिनले बताउनु भयो ।
रामधुनीको कलावस्तुहरुमा धुनी मन्दिर,सिताकुण्ड,दरबार मन्दिर(लङगौट मन्दिर), मनचिन्ते चिमटा,कन्ना घर,तुलसा मठ,फलामे चक्का, चन्द्रमन्दिर, बनखण्डी तपस्थल, पुरानो इनार सो इनार १८८९ तिर तिरदास महन्तका पालामा बनेको हो । यसैगरी कमण्डलु कुण्ड, गौशाला, जाँतो, नगरा लगायत कलावस्तुहरु रहेको छ ।

अगाडिकाे पाेस्ट

मौलिक थारु हस्तकलालाई प्रवद्र्धन र व्यवसायिक बनाउन धमा, मना बुन्ने तालिम सम्पन्न

अर्काे पाेस्ट

मौलिक महत्व उठान गर्दै थारु महिला सभा सुनसरीकोे सामुहिक जुरशितल र सिरुवा कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft