मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

व्यक्तिगत घटना दर्ता गर्न रामधुनी नगरपालिकाको आव्हवान, राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाकालागि दर्ता आवश्यक

by By: रामधुनी खबर
बैशाख ३, २०७९
523

राख संवाददाता
झुम्का, बैशाख ३ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरेको छ । ‘सबैले व्यक्तिगत घटना दर्ता गरौं, गराऔं’ नारा सहित २०७९ बैशाख १ गते देखि ७ गते सम्म देशैभरी सुरु भएको हो ।
सप्ताह अन्तर्गत रामधुनी नगरपालिकाले सम्पुर्णमा व्यक्तिगत घटना दर्ता गर्न आव्हवान गरेको छ । वडा कार्यालय तथा नगरपालिकामा आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउन सकिन्छ । जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ता गर्न सकिन्छ । त्यसैगरी योग्यता पुगेका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नकालागि विवरण समेत दर्ता गराउन सकिन्छ ।
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।
दर्ता सप्ताह संचालनमा फरक क्षमता भएका नागरिक, गर्भवती महिला, वृद्धवृद्धा तथा लोपोन्मुख जातिलाई विशेष प्राथमिकता दिन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाभत्ता सम्वन्धिकुनै गुनासो भएमा दर्ता सप्ताह संचालन समयमा गुनासो समेत दर्ता गर्न सकिन्छ ।
निजी घटना गर्ने स्थानीय पञ्जिकाधिकारी नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी हुन् । गाउँपालिकाको हकमा गा.पा.को सचिव र गा.पाको सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी हुन् ।

अगाडिकाे पाेस्ट

इलाका प्रहरी पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ सरुवा, कार्यअवधिकोे प्रमुख चुनौती सडक दुर्घटना

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा १५ जना मेयर पदको उम्मेदवारी मध्ये ९ जना स्वतन्त्रमा (नाम सहित)

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft