मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

अपहरणको हल्ला पछि परिवारका सम्पर्कमा आएका रामधुनी ८ नं. वडाका उमेदवार पौडेलले गरे आत्महत्या

by By: रामधुनी खबर
बैशाख २४, २०७९
1361

राख संवाददाता
झुम्का, बैशाख २४ । रामधुनी नगरपालिकाका स्वतन्त्र वडाअध्यक्ष पदका उमेदवारले आत्महत्या गरेका छन् । रामधुनी नगरपालिका वडा नं. ८ का डुम्राहा बस्ने स्वतन्त्र वडाअध्यक्षमा उमेदवार दिएका गणेश बहादुर पौडेलले आत्महत्या गरेका हुन् ।
अपहरणको हल्ला पछि दुई दिन अगाडी परिवारको सम्पर्क आएका पौडेल गए राति आफनै घर नजिकै आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृतकको साथमा सुसाइड नोट फेला परेको र सो नोटमा कसैलाई दोष तथा आरोप लगाएको अवस्था नरहेको जानकारी दिएका छन् ।
मृतकको पोष्टमार्टमका लागि धरान विपि प्रतिष्ठान लगेपनि पोष्टमार्टम हुन सकेको छैन । छोरा विदेशमा रहेकोले भोली आइतवार मात्रै बिदेशबाट आइपुग्ने भएकोहुदा सोहि दिन पोष्टमार्टमगरी शवदाहहुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी उमेदवारको निधन पछि निर्वाचनको अवस्था बारेमा निर्वाचन अधिकृत कार्यालय रामधुनीले जानकारी दिदै मृतक स्वतन्त्र उमेदवार रहेकोले निर्वाचन प्रभावित नहुने जनाएको छ । कानूनी प्रकृयाले पनि स्वतन्त्र उमेदवारको निधनले निर्वाचनमा कुनै त्यसतो प्रभावित हुने खालका प्रकृया नदेखिएकोले घोषणा भएको मितिमै निर्वाचन हुने निर्वाचन अधिकृत बिजयराज सेवेदीले जानकारी दिएका हुन् । सुसाइड नोट समेत सार्वजानिक भएको छ, उमेदवारको हकले कसैमाथी दोष आरोप नरहेकोहुदा चुनावमा प्रभाव नपर्ने रामधुनी निर्वाचन अधिकृत सुवेदीले जानकारी दिएका हुन् ।
बुधवार रामधुनी ८ नं. वडा स्थित डुम्राहा पौडेल टोलबाट इनरुवा आउदा परिवार र साथी भाईको सम्पर्कबाट उमेदवार पौडेल हराएपछि अपहरणको हल्ला भएको थियो । बुधवार विहान बेपत्ता भएका उमेदवार पौडेल २४ घण्टा पछि परिवारका समपर्कमा आएका थिए । बिहिवार दिउँसो करिब १ बजे फेला परेका थिए ।
नकाब धारीले इनरुवाबाटै बेहोस हुने खालका औषधि सुघाएर अपहरणगरी भारत पुर्याएको र उमेदवार भएकै कारण राजनीतिक पार्टीले बाध्यात्मक दवाव दिएको परिवाजनको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उमेदवार पौडेल ब्यक्तिगत कामले भारत पुगेको जानकारी दिएका छन् । उमेदवार पौडेलबाट अपहरणका कुनै त्यसतो संकेत नभेटिएकोले अपरहणका आरोप र भारत पुग्ने लगायत आत्महत्या ब्यक्तिगत कारणलेनै गरेको हुन सक्ने जनाएको छ ।
यता मृकतका श्रीमती विमला पौडेलले श्रीमानको हत्या भएको बताएकी छन् । स्वतन्त्र उमेदवार दिए पछि राजनीतिक पार्टीका ब्यक्तीहरुले उमेदवारी फिर्तालिन दवाव दिदै मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्यत्मक बनाएको उन्को भनाई छ । उमेदवार दिएकै कारण अपहरणगरी छिमेकी मुलुक भारत पुर्याएको मृतकका श्रीमती पौडेलको भनाई छ । श्रीमान्लाई ज्यान मार्ने डर, धम्कि समेत आएको र सो कुराहरुको मोबाइल रेकर्ड समेत रहेकोले त्यस्ता ब्यक्तिलाई खोजीगरी सजाय दिनु पर्ने प्रहरी प्रशासन संग माग गरेकी छन् । पौडेल नेपाली कांग्रेशबाट वडाअध्यक्षको टिकट नपाउँदा स्वतन्त्र उमेदवारी दिएको परिवारजनको भनाई छ । पौडेल स्वतन्त्रबाट कैची छाप चुनाव चिन्ह प्राप्त गरेका छन् ।

अगाडिकाे पाेस्ट

‘शि लिड्स’ ले नेतृत्वमा प्रोत्साहन गर्दा पुनः वडासदस्यमा उम्मेदवारी भएकी छुः पार्वती सरदार

अर्काे पाेस्ट

रामधुनी नगरमा १२ मतदान स्थल, ४४ बुथ केन्द्र रहने, कुन बुथ केन्द्रमा कति नम्बरका मतदाता समावेस हुने विवरण सहित

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft