मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

था.क.स.सुनसरीको नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन

by By: रामधुनी खबर
पुष १४, २०८०
310

रामधुनी खबर संवाददाता
झुम्का,पौष १४ । थारु कल्याणकारिणी सभा (था.क.स.) सुनसरीको नव निर्वाचित पदाधिकारीलाई शनिवार पदस्थापन गरेको छ । निर्वाचन अधिकृत जयराम पंजियारले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्दै पदस्थापन गरेको हो ।
सर्वसहमति तथा निर्विरोधले चयन भएको समितिको जिल्ला सभापति सगेन चौधरी लगायतका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गरिएको छ भने केन्द्रिय पार्षदहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । यस भन्दा पहिले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराई सकेको निर्वाचन अधिकृत पंजियारले जानकारी दिए ।
पदस्थापनको अवसरमा था.क.स.केन्द्रिय पूर्व अध्यक्ष नरेन्द्र कुमार चौधरी, प्रतिनिधि सभा सदस्य भगवती चौधरी, प्रतिनिधि सभा सदस्य अशोक चौधरी, प्रदेस सभा सदस्य रोहित बहादुर कार्की, सुनिता गच्छदार, रामधुनी नगर प्रमुख संकरलाल चौधरी, दुहबी नगर प्रमुख बेद गच्छदार, इटहरी उपमहानगर उपप्रमुख संगीता चौधरी, गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, रामधुनी नगर उपप्रमुख तारा थापाले प्रमाणपत्र वितरण गर्दै कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
नव निर्वाचित सभापति सगेन चौधरीले निर्वाचन अधिकृत लगायतका सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । यसैगरी सर्वसहमतिले समिति गठनको भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । थारु समुदायको हकअधिकार, पहिचान, कला संस्कृति संरक्षणमा सदैव थारु कल्याणकारिणी सभा सुनसरी अग्रसर रहने सभापति चौधरीले प्रतिबद्धता गर्नुभयो ।
था.क.स.को नव निर्वाचित सभापति सगेन चौधरी, उपसभापति जानकी चौधरी, श्रवण चौधरी र कौशिला चौधरी, सचिवमा श्याम चौधरी, सह सचिवमा रमेश कुमार चौधरी, कोषाध्यक्षमा उमेश कुमार चौधरी सर्वसहमतिले चयन भएका छन् । सदस्यहरुमा रविन्द्र कुमार चौधरी, गीतनारायण चौधरी, शुरेन्द्र कुमार गच्छदार, सुनिल कुमार चौधरी, जिवन चौधरी, ममता चौधरी, सत्यनारायण चौधरी, जयनारायण चौधरी, योग नारायण चौधरी, लघुराम माझी, शशिकुमार चौधरी, कोशीलाल राजधामी, दिपक कुमार चौधरी, मनोज कुमार गच्छदार, लक्ष्मी चौधरी चयन भएका छन् ।
केन्द्रिय पार्षदमा दयानन्द चौधरी, बिरनारायण चौधरी, बसन्त चौधरी, बिजय चौधरी, पूजा कुमारी धामी, केशीलाल चौधरी, रामपरी चौधरी, रमेश कुमार चौधरी, शुसिला कुमारी चौधरी, गवन सिंह चौधरी, लतुराम चौधरी, शुभनारायण चौधरी, मोहिनारायण चौधरी, रुपेश कुमार चौधरी, सुरेन्द्र कुमार चौधरी चयन भएको निर्वाचन अधिकृत पंजियारले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

आज मंसिर पूर्णिमा, धुनी जगाई नयाँ अन्नबाली भोग लगाएर “नेमान” पूजा गर्दै थारु समुदाय

अर्काे पाेस्ट

लायन्स र लियो क्लव अफ झुम्का, रामधुनी सिटी र बराहक्षेत्र कलाबन्जरलाई अधिकारपत्र तथा पदस्थापन

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft