मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लायन्स र लियो क्लव अफ झुम्का, रामधुनी सिटी र बराहक्षेत्र कलाबन्जरलाई अधिकारपत्र तथा पदस्थापन

by By: रामधुनी खबर
पुष १५, २०८०
437

रामधुनी खबर संवाददाता
झुम्का, पौष १५ । लायन्स र लियो क्लव अफ झुम्का, रामधुनी सिटी र बराहक्षेत्र कलाबन्जरलाई अधिकार पत्र तथा नव पदाधिकारीलाई आइतवार पदस्थापन गरेको छ । डिस्ट्रीक गोभनर बिजयहरी शर्मा दाहालले गठन भएको समितिलाई अधिकार पत्र प्रदान तथा नव पदाधिकारीलाई पदस्थापन लगायत नयाँ सदस्यहरुलाई समावेस भएको घोषणा गर्नु भयो ।
अन्तराष्ट्रिय रुपमा रहेको क्लव अन्तर्गत डिस्ट्रीक ३२५ सी, एमडी ३२५ नेपाल अन्तर्गत गठन भएको क्लवलाई आधिकार प्रदानगरी सदस्यहरुलाई अन्तराष्ट्रिय पिन, डिस्ट्रीक पिन र अध्यक्षहरुलाई गोन र जिम्मेवार प्रदान गरिएको छ । डिस्ट्रीक गोभनर दाहाल र उहाँको फस्ट लेडी अनुष्का शर्माले अधिकार वितरण गरेको थियो ।
सो अवसरमा मानविय सेवामा शसक्त भएर लाग्न तथा गतिविधि गर्न डिस्ट्रीक गोभनर दाहालले सपथग्रहण गराउनुभयो । अन्तराष्ट्रि रुपले बिस्तारित लायन्स र लियो क्लवमा १४ लाख सदस्य रहेको जानकारी दिनु भयो । क्लवमा थप सदस्य प्रदानका लागि अगाडी बढीरहेको र सेवामा सहयोगका लागि लायन्स क्लवहरुलाई अन्राष्ट्रि रुपले सहयोगका बजेटहरु उपलब्ध गराउने समेत डिस्ट्रीक गोभनर दाहालले जानकारी दिनुभयो ।


कार्यक्रममाबाट लायन्स क्लव अफ झुम्काका अध्यक्ष दुर्गा फुयाल, लायन्स क्लव अफ बराक्षेत्र कलाबन्जरका अध्यक्ष अधिकलाल चौधरी, लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष खेमराज पौडेल, लियो क्लव अफ बराक्षेत्र कलाबन्जरका अध्यक्ष रुपा कार्की र लियो क्लव अफ रामधुनी सिटीका अध्यक्ष असिम कार्की लगायतका पदाधिकारीहरुलाई अधिकार प्रदान सहित पदस्थापनगरी जिम्मेवार प्रदान गरिएको छ ।


जिम्मेवार प्रदान पश्चात नव निर्वाचित क्लवका अध्यक्षहरुले काम कर्तब्यका लागि प्रतिबद्धता सहित स्विकारोक्ती मन्तब्य राखेका थिए । मानविय सेवामा अहोरात्र जिम्मेवार निर्वाह गर्ने अध्यक्षहरुले प्रतिबद्धता गरेका छन् । गठित क्लवहरुले समय–समयमा रक्तदान, जाडो मौसममा बिपन्न परिवारलाई न्यानो कपडा वितरण, बिपतमा परेकालाई उद्धार तथा खाद्यान्न सहयोग लगायतका सेवाहरुका कार्यक्रम गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

था.क.स.सुनसरीको नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन

अर्काे पाेस्ट

रामधुनी नगरको वनभोज स्पट शंकरबेली सिमसार, पर्यटक गन्तब्यको टूरिज्म पार्कमा विकास गर्ने लक्ष्य

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft