मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको १६ औँ नगर सभाबाट लगत विवरणमा आएका सम्पूर्ण ग्रामथान सूचीकृत गर्न नीति पारित

by By: रामधुनी खबर
असार ३२, २०८१
292

रामधुनी खबर संवाददाता
झुम्का,असार ३१ । आदिवासी थारु समुदायको महत्वपूर्ण ऐतिहासिक धरोहर हुन् ग्रामथान ! अनेक रुपको जगतमा जल, जंगल, जमिन, हावा, पानी र समग्र प्रकृति संग सम्बन्ध भएको धार्मिक स्थल हुन् ग्रामथान ! मानव सभ्यता विकासको क्रम्मा संस्कार, परम्परा, रहन–सहनको सिर्जना, तराईमा अन्न योग्य बनाउन भूमिका रहेको ग्रामथानलाई जिवन जिउन अध्ययन गर्ने पाठशालाको रुपमा पनि लिइदै आएको छ । भूमि पुत्र समुदायलाई प्रकृतिको अनेक रुपको सहन र सामना गर्न शक्ति प्रदान गर्ने क्षमता ग्रामथानलाई मानिन्छ । मानव जिवनमा सामुहिक र सहयोगको भावना जागृत गराई जिवन संघर्ष कला सिकाउने ग्रामथानमा परापूर्व काल खण्ड देखि धार्मिक आस्थाले पूजापाठ गर्दै आएको छ ।
ग्रामथान नेपालको तराई भू–भागमा भूमि र प्रकृतिलाई पूजा गर्ने पहिलो धार्मिक स्थल हो । मानव कल्याणमा समर्पित पूजा गर्ने स्थल ग्रामथान सुनसरीको विभिन्न ठाउँमा स्थापित रहेको छ । सुनसरीको रामधुनी नगर क्षेत्रमा परापूर्वकाल देखिनै स्थापनागरी पूजापाठ गर्दै आएको ग्रामथान छन् । असार पूर्णिमामा अखारी, मंसिर पूर्णिमामा नेमानी, बहर जात्रा, बैशाखमा जुरशितल, सिरुवा पर्व मनाउने नगरको सम्पूर्ण धार्मिक अस्था केन्द्रित ग्रामथान साँस्कृतिक भूमिमा रहेपनि चर्चेको भूमि अतिक्रमण हुँदै आएको छ । अतिक्रमणका कारण ग्रामथानहरु ब्यक्तिको नम्बरी जग्गा र बाटोमा पारिएको छ । प्राचीन समयमा स्थापना गरेका ग्रामथानलाई ब्यक्तिको नम्बरी जग्गा र बाटो सडकमा पारेर अस्तिवविहीन बनाउन मुख्य कारण राज्य शासनको भेदभाव रहेको ग्रामथान अगुवाहरुको धारणा छ ।


ऐतिहासिक महत्वको ग्रामथान पछिल्लो समयमा अतिक्रमणले विस्थापित र संकटको अवस्थामा पु¥याउँदा रामधुनी नगरपालिकाले संरक्षणको नीति लिएको थियो । नगरको १४ औँ नगर सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ग्रामथान सूचीकृत गरी संरक्षण गर्ने नीति लिएको थियो । सो नीति कार्यन्वयनका लागि नगरपालिकाको सहकार्यमा ग्रामथान संरक्षण समिति रामधुनीले नगरको ९ वटै वडाको ग्रामथानको विस्तृत लगत विवरण संकलनगरी नगरपालिकालाई दस्तावेज हस्तान्तरण गरेको छ ।
२०८१ असार ४ गते आदिवासी मानव अधिकार प्रतिरक्षक सुनिल चौधरी, सावित्री चौधरी, थारु कल्याणकारिणी सभा, सुनसरी र नगर समितिको सभापति, थारु महिला सभा नगर समिति तथा थानपति, गहदार, जेवारहरुको भेलाबाट नगर उपप्रमुख तारा थापा र प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकाललाई दस्तावेज र ग्रामथान संरक्षण, सम्वद्र्धन र विकास ऐन २०८१ को मस्यौदा समेत हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरेको दस्तावेजमा नगरको ९ वटै वडामा १२५ ग्रामथान रहेको र ग्रामथानको ऐतिहासिक धार्मिक महत्व, पूजा विधि, लोप भएको ग्रामथान संस्कार, गहदार, जेवार, प्रथाजनित कानुनको जानकारी सहितको दस्तावेज ग्रामथान संरक्षण समितिले हस्तानतरण गरेको हो ।


समितिले बुझाएको रामधुनी नगर ग्रामथान दस्तावेजमा आएको सबै ग्रामथान २०८१ असार १० गते नगरको १६ औँ नगर सभाबाट सूचीकृत गर्दै ग्रामथानलाई संरक्षणका लागि संरक्षणको नीति लिने पारित गरेको छ । नगर प्रमुख शंकरलाल चौधरीले सामाजिक विकास तर्फको नीतिमा ‘रामधुनी नगर भित्र रहेका सम्पूर्ण सूचीकृत ग्रामथानहरु संरक्षण गरिने नीति लिइनेछ’ उल्लेख गर्दै प्रस्तुत गर्नु भएको छ ।
ग्रामथानको विस्तृत लगत, दस्तावेज, ऐन मस्यौदा हस्तान्तरण र नगरप्रमुख चौधरीले प्रस्तुत गरेको नीतिबाट ग्रामथान सूचीकृत तथा अभिलेखगरी संरक्षण गर्ने लिएको उधेश्यमा सहयोग हुने र धार्मिक तथा सांस्कृतिक महत्वको ग्रामथान संरक्षणमा नगरको आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्र, पहिचानसँग प्रत्यक्ष जोडिएको हुनाले मानव सभ्यता कालदेखि नै स्थापना भएका थारु ग्रामथान पर्यटनको पाटोमा जोड्दै आर्थिक लाभको उपलब्धि हुनेछ ।
ग्रामथान संरक्षणका लागि वडा र नगरस्तरबाट ऐन, कार्यबिधि, योजना, नीति, निर्माणमा सहयोग हुने र जनप्रतिनिधिमा जो आए पनि ग्रामथान संरक्षण र प्रवद्र्धनमा निरन्तरता हुनेछ । ग्रामथान सँग जोडिएको साँस्कृतिक भूमि अतिक्रमण हुनबाट जोगिने छ । यस्ले राज्यको सम्पदा विस्थापित र संकट पर्नबाट जोगिने संरक्षण समितिको दस्तावेजमा उल्लेख रहेको छ ।
दस्तावेज अनुसार रामधुनी नगरभरी ग्रामथानमा बिच्छु धामी, कनकसिंह धामी, सौन धामी, जुराई धामी, बौकाई धामी, वासु धामी, चम्पा दगरीन धमियाइन, इनरवती चनरवती धामी, जितन धामी, दलसिंह धामी, सलहेश, मुरताहा बाबा, डाकीन, चनरमैन धामी त्यसैगरी गंगाराम धामी, दिनाराम भद्री, फरदलही दगरीन, फुलिया धमियाइन, लाटु धामी, झुविया धमियाइन, सन्दासी बाबा, लगत विवरणमा रहेको छ । लगत विवरणमा ग्रामथान संरक्षणका लागि लक्षित वर्ग आदिवासी थारु समुदायको ग्रामथान, ऋषिदेव ग्रामथान, सरदार ग्रामथान, उराँव ग्रामथान, माझी ग्रामथानको लक्षित गरेको संरक्षण समितिले जानकारी दिए ।
रामधुनी नगरको ग्रामथानमा संरक्षणमा थप कार्यक्रम गर्न आवश्क रहेको संरक्षण समितिले जनाएको छ । आगामी योजनामा संरचनाको स्वरुप एकरुपता गर्नु पर्ने, चर्चेको भूमि नापी, फिल्ड बुकमा चारकिल्ला सहितको देवस्थल नामाकरण, विस्थापित गर्न मुद्धा लगाइएका ग्रामथानमा कानूनी उपचार सहयोग, गहदार, जेवार, थानपति पूजहैरहरुमा सचेतना, ग्रामथानमा गाउने पौराणिक धामी गीतको दस्तावेजी करण र लोप भएको बजाउने वाद्यवादन झाइल मृदंग प्रशिक्षण तथा वितरण गर्ने योजना रहेको जानकारी दिए ।
नगर प्रमुख चौधरीले ग्रामथान संरक्षणको नीति अगाडी बढाउँदा थानपति गहदारहरु खुसी व्यक्त गरेका छन् । रामधुनी वडा नं. ४ मा रहेको बिच्छुधामी ग्रामथानका थानपती पूजहैर खडगनारायण चौधरीले खुसी ब्यक्त गर्दै ‘बाबाबराजुबाट मान्दै आएको हाम्रो ग्रामथानलाई विस्थापित गर्न भू–माफियाले मुद्धा चलाएको छ, तथापी पनि नगरको नीतिबाट संरक्षणको अपेक्षा गरेका छौँ’ भन्दै नगरपालिकालाई धन्यवाद ब्यक्त गरेका छन् ।
ग्रामथान संरक्षणको नीति र सूचीकृतले ऐतिहासिक मत्वको धार्मिक धरोहर ग्रामथानले चर्चेको जग्गा नीतिगत तथा दिर्घकालिन संरक्षण हुने रामधुनी वडा नं. ९ बिच्छुधामी ग्रामथानका थानपति गहदार मायाराम चौधरीले बताउनु भयो । ग्रामथान थारु समुदायको पहिचान र अस्तित्व रहेकोले ग्रामथान संरक्षक पलट चौधरीले ग्रामथान तथा सो संग जोडिएको साँस्कृतिक भूमि अतिक्रमणबाट जोगिने भन्दै संरक्षणमा स्थानीय सरकारबाट कार्यक्रम र बजेट विनियोजन गर्नु पर्ने माग राख्नु भयो ।
नगरमा साँस्कृति भूमि, सार्वजानिक भूमि, गौचरण लगायतका समुदायहरुले आफनो संस्कार गर्दै आएको पोखरी, पानीघटाहरु खोजी गरी संरक्षण गर्नु पर्ने ग्रामथान संरक्षक तथा ग्रामथान संरक्षण समिति रामधुनीकी अध्यक्ष सिता थरुनीले नगरपालिका लगायत सम्पूर्ण सरोकारवालाहरु संग अनुरोध गर्नु भएको छ ।

अगाडिकाे पाेस्ट

‘राज्यको उदासीनताले नेपाली चलचित्र प्रवद्र्धन हुन सकेन’ ः अभिनेता भुवन केसी

अर्काे पाेस्ट

रामधुनीमा सामुदायिक बिद्यालयको एसईई परिक्षाको नतिजामा समिक्षा

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft