मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा सामुदायिक बिद्यालयको एसईई परिक्षाको नतिजामा समिक्षा

by By: रामधुनी खबर
असार ३२, २०८१
343

रामधुनी खबर संवाददाता
झुम्का,असार ३१ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) नतिजामा रामधुनी नगरका सामुदायिक बिद्यालयको कमजोर नतिजामा समिक्षा गरेका छन् । नगरप्रमुख शंकरलाल चौधरीको सभापतित्वमा शिक्षा शाखाले बुधवार प्रद्यानाध्यापक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सरोकारवाहरु संग समिक्षा गरेका हुन् ।
नगरका १० वटा सामुदायिक बिद्यालयबाट एसईईमा ४ सय ३७ जना सहभागी बिद्यार्थी मध्ये १ सय ३६ जना मात्र उत्तीर्ण भए भने ३ सय १ जना बिद्यार्थी अनुत्तीर्ण भएका छन् । बिशेषगरी अनिवार्य गणित त्यसपछीको बिज्ञान, नेपाली र अग्रेजीमा ननग्रेड (एनजी) पाएर अनुत्तिर्ण भएका छन् । अर्थशास्त्र, स्वास्थ्य बिषयमा समेत बिद्यार्थीहरु ननग्रेड (एनजी) अनुत्तिर्ण भएको समिक्षामा प्रद्यानाध्याकहरुले तथ्याङ्क प्रस्तुत गरेका छन् ।
एसईईमा नतिजा कमजोर र उत्तिर्ण गर्न नसकेको अवस्थालाई छलफल गर्दै समिक्षामा उपस्थित सहभागीहरुले प्रद्यानाध्यापक, शिक्षक, बिद्यार्थी, ब्यवस्थापक, नीति, कार्यविधिको कमिकमजोरी र अभिभावकहरुले पनि ध्यान र चासो नदिदा चुनौती रहेको बताएका छन् । यै अवस्था रहे आगामी नतिजामा पनि निरास हुनु पर्ने जनाएको छ ।


समिक्षामा भा.सि.माध्यमिक बिद्यालयका प्रद्यानाध्यापक दसरथ दासले सल्लाह दिने धेरै छन् तर सहयोग गर्ने कम छन्, दरबन्दीमा धनी भएपनि मानसिक्तामा हामी गरिब छौँ, संख्यात्मकबाट गुणत्मक खोजिरहेका छौँ । संख्याबाट गुणात्मक खोजिरहेकोले मानसिक्तामा कमजोर रहेको उहाँले औल्याउनु भयो । गुणात्मकबाट संख्यात्मक खोज्नु पर्नेमा म, समर्थन गर्छु । पढ्न नचाहेका बिद्यार्थी र सचेत समेत हुन नमानेका अभिभावकहरुको बिद्यार्थीहरुलाई पनि सामुदायिक बिद्यालयमा सहभागी गराउनु पर्ने बाध्यताले संख्यात्मक बढी हुने गरेको कारण गुणात्मक उत्तिर्ण परिणाम कम हुने गरेको उहाँले दावी गर्नुभयो ।
पंचायन मा.बि.चौसट्ठी बिगहाका एसईई परिक्षामा २१ जना सहभागी सबै बिद्यार्थी फेल भएका छन् । बिद्यालयमा हुने शैक्षिक गतिबिधिको छलफलमा अभिभावक उपस्थित नहुने, बिद्यार्थीलाई पढ्न पठाउन सम्म ध्यान नदिने, सुझाव लिन नचाहने जस्ता अभिभावकहरुको बिद्यार्थीहरुलाई नीतिगत सहभागी गराउनु पर्ने भएकोले बिशेषगरी त्यसतै अभिभावकहरुको बिद्यार्थी फेल भएको वडा नं. ७ को पंचायन मा.बि.चौसट्ठीबिगहाका प्रद्यानाध्यापक भिष्मराज महतले बताउनु भयो ।
प्रस्तावित मा.बि.का कारण बिषयगत शिक्षकको दरबन्दी अभाव, प्रा.बि.र नि.मा.बि.को शिक्षकले मा.बि. तह चलेकोले पनि सिकाई उपलब्धिमा कजोर भएको प्रद्यानाध्यापक महतले स्विकार गर्नु भयो ।


वडा नं. ९ चन्द्रकमल मा.बि.मर्चैयाबाट ३८ जनामा ३३ जना बिद्यार्थीले एसईई पास गरेका छन् । नगरको सामुदायिक बिद्यालय मध्ये सब भन्दा बढी ८६ दशमलव ८४ प्रतिशत पास गरेका हुन् । यस प्रतिशतले पास गरेपनि अध्ययापनमा सुध्रिएको भन्न नमिल्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढोरण चौधरीले बताउनु भयो । बिद्यालयलाई थप सुधार गर्न व्यवस्थापन समितिमा बैठक राख्दा केही सदस्यहरुले बिषयान्तरमा केन्द्रित हुने र चियापसलमा छलफल गफ चलाउने, दोषारोपन मात्र गर्ने व्यवहारले थप सुधारमा समस्या हुने गरेको अध्यक्ष चौधरीले जिकिर गर्नु भएको छ ।
समिक्षाबाट कक्षाकोठाको सिकाइ पनि रचनात्मक हुन सकेको छैन । शिक्षकले पनि परीक्षा कसरी लिइन्छ भनेर पढाउन सकेको छैन् । परीक्षा, विद्यार्थीको वास्तविक प्रतिभाको जाँच गर्ने रचनात्मक तरिका प्रयोग गरेको छैन् । अहिले च्याट, जीपीटी, एआईको समयमा जुन प्रकारको प्रश्न सोधिएको र प्रश्न सोधिन्छ, यो एकदमै पुरातन छ । यसले पनि विद्यार्थीको सही मूल्यांकन गर्न सकेको छैन । यो पुरातन मोडलको परीक्षा अझै लिने हो भने विद्यार्थी अझै फेल हुने समिक्षामा सुझात्मक चुनौतीहरु उठान भएको छ ।
समिक्षामा आएका सुझावहरुबाट आगामी एसईई नतिजा सुधार गर्न कार्ययोजना बनाई तल्लो कक्षा देखिनै पठनपाठनलाई प्रोत्साहन गर्ने लगायतका निर्णयहरु गरेको छ । नतिजा अभिबृद्धि गर्न बिद्यार्थीको संख्याको आधाारमा बिद्यालयको तह मिलाउने र बिषयगत शिक्षक दरवन्दी मिलान गर्न नीति अगाडि बढाउने भएको छ ।
कक्षा ८, ९ र १० मा अतिरिक्त कक्षा संचालनको व्यवस्था मिलाउने, कक्षा ५ र ८ को नगर स्तरीय परिक्षालाई थप व्यवस्थापन गर्ने, नगरपालिकाबाट शिक्षक तथा बिद्यार्थी कोष खडा गर्ने, स्थानीय बिषयमा शिक्षण गर्ने शिक्षकहरुलाई तालिमको ब्यवस्था गर्ने शिक्षा शाखा रामधुनीले जनाएको छ ।
समिक्षामा उपस्थित जनसरोकार नागरिक उपभोक्ता मञ्च रामधुनीका प्रतिनिधिहरुबाट शैक्षिक तथ्याङ्क माग गरिएको छ । सो तथ्याङ्क उपलब्ध अनुसार नगरको समग्र शैक्षिक विकासको लागि कार्ययोजना बनाई अगाडि बढ्ने निर्णयहरु गरेको शिक्षा शाखा प्रमुख राजन गेलालले जानकारी दिनुभयो ।
समिक्षामा आदर्श मा.बि.बक्लौरीका प्र.अ. रविन्द्र पौडेल, रामधुनी मा.बि.लालपुरका प्र.अ.ठमेन्द्र प्रसाद वास्तोला, चन्द्रकमल मा.बि.मर्चैयाका प्र.अ.मायाराम चौधरी, शनिचरे मा.बि. डुम्राहाका प्र.अ.शंकर कुमार चौधरी, जनता मा.बि. सिंगियाका प्र.अ.धनिकलाल मेहता, पंचायन मा.बि. पिप्राहाका प्र.अ. दीपनारायण चौधरी, शिवनगर मा.बि.का प्र.अ.सुधिर चौधरीले नतिजा कमजोर प्रतिको समस्या र शैक्षिक सुधारका लागि धारणा राखेका थिए ।
बिद्यालय ब्यवस्थापनका अध्यक्ष शैलेन्द्र राजधामी, देवनारायण चौधरी, बलबहादुर राईले शैक्षिक व्यवस्थापनका लागि परामर्श राखेका छन् भने जनसरोकार नागरिक उपभोक्ता मञ्च रामधुनीका अध्यक्ष इश्वर प्रसाद न्यौपाने, घनश्याम रिजालले सुझाव र सल्लाह ब्यक्त गरेका छन् ।
यसै सन्दर्भमा २०३८ साल देखि भा.सि.माध्यमिक बिद्यालयमा शिक्षण पेशा गर्दै आउनुभएका शिक्षक भगतलाल चौधरी संग कुराकानी गरेका छौँ । उहाँले शिक्षा सुधारका लागि तिन खम्बे नीति सकृय हुन आवश्यक रहेको बताउनु भयो । बिद्यालय, बिद्यार्थी र अभिभावकको नीति सकृय र अपनत्व हुन आवश्य रहेको भन्दै सुझाव ब्यक्त गर्नुभएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको १६ औँ नगर सभाबाट लगत विवरणमा आएका सम्पूर्ण ग्रामथान सूचीकृत गर्न नीति पारित

अर्काे पाेस्ट

ग्रामथानमा अखारी पूजा मनाइँदै, अन्नबाली गाउँटोल शान्तीको कामनागर्दै खिर चढाउने पूजाविधि

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft