मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लायन्स क्लव अफ झुम्का सहित बराहक्षेत्र, सप्तकोशी र लियो क्लवको संयुक्त पदस्थापन

by By: रामधुनी खबर
साउन २३, २०८१
379

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण २३ । लायन्स क्लब मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था हो । आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुनु नै लायन्स हो । “हामी सेवा गर्छौ” भन्ने मुल नारा लिएर विश्वका अधिकांश मुलुकमा लायन्सले काम गर्छन् । यसै मुल नारालाई आत्मसाथ गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सी नेपाल अन्तर्गत चार क्लवको पदस्थापन भएको छ । डिष्ट्रिक्ट गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यतामा बर्ष सन् २०२४,२५ का लागि शनिवार पदस्थापन गरेको हो ।
कार्यक्रममा लायन्स क्लव अफ झुम्काका अध्यक्ष पुष्प दाहाल, लायन्स क्लव अफ बराहक्षेत्रका अध्यक्ष कल्याण बिष्ट, लायन्स क्लव अफ सप्तकोशी डाइनामिकका अध्यक्ष सुजित कुमार राय र लियो क्लव बराहक्षेत्रका अध्यक्ष शिवशंकर मण्डल सहितका पदाधिकारीहरुलाई पदस्थापन गरेको छ । डिष्ट्रिक्ट गभर्नर अधिकारीले ग्याबल, लयन्स चेनहार, पिन क्लिपगरी पदस्थापन गरेको छ । निवर्तमान अध्यक्षहरुले पुनरगठित अध्यक्षहरुलाई चेनहार हस्तान्तरणगरी अध्यक्षको आसन गराएका छन् । लायन्स क्लव अफ झुम्काका निवर्तमान अध्यक्ष दुर्गा फुयाल, बराहक्षेत्रका अधिकालाल चौधरी, सप्तकोशी डाइनामिकका दुर्गा नन्द दासले चेनहार हस्तान्तरणगरी अध्यक्षको आसन गराएका हुन् ।


आगामि बर्षका लागि चयन भएका अध्यक्षले सामाजिक कार्यमा अग्रसर भएर काम गर्ने प्रतिबद्धता गरेका छन् । लायन्स कल्व अफ झुम्काका अध्यक्ष दाहालले लायन्स क्लव अफ रामधुनीबाट लायन्सको कार्य सुरुवात गरेको अहिले लायन्स क्लव अफ झुम्कामा अध्यक्ष हुँदा अत्यन्तै खुशि भएको ब्यक्त गर्नुभयो । फरक कार्यगरी समाजको नेतृत्व गर्ने चाहनामा अग्रस भएको भन्दै क्लवलाई समाजमा ब्रान्डिङ्ग छाप लगाउने र पहिचान गराउने प्रतिबद्धता गर्नुभएको छ ।
लायन्सको जिम्मेवारीबाट समाजमा सेवाका कार्यगरी सबैको साथ र समर्थले काम गर्ने लायन्स क्लव अफ बराहक्षेत्रका अध्यक्ष कल्याण बिष्टले प्रतिबद्धता गर्नु भयो ।
लायन्स क्लव अफ सप्तकोशी डाइनामिकका अध्यक्ष सुजित कुमार रायले मानविय सेवाका कार्यमा निरन्तरता दिदै अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा बक्ताहरुले समाज तथा समुदायमा परेको समस्या प्रति लायन्स क्लवले महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएका छन् । समाजमा सेवाका कार्यमा थप भूमिका खेल्दै एक बर्षको कार्यकाल उत्कृष्ट बनाउन सक्रिय भएर लाग्नु पर्ने बक्ताहरुले सुझाव दिएका छन् ।
बक्ता लायन रमेश खत्र्री, उदयनारायण बराल, रेवत बहादुर कार्की, धिरज गुरुङ्ग, लिलाप्रसाद चिमरिया, बाबरजंग थापा, लिला कुमार ढुंगेल, इन्द्र खत्री राजन र देवेन्द्र बिष्टले अध्यक्षहरुले आफ्नो बर्ष उत्कृष्ट बनाउन सुझाव राख्दै कार्यकालको शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रम बराहक्षेत्रको कालावन्जरमा संयुक्त पदस्थापन सम्पन्न भएको वर्तमान बराहक्षेत्रका सेके्रटरी प्रदिप चौधरीले जानकारी दिनुभयो ।
७ जुन १९१७ का दिन अमेरीकाको शिकागो इलियोनसमा एक सामान्य जीवन वीमा ब्यवसायी स्वर्गिय मालविन जोन्सको पहलमा स्थापित एसोसिएसन अफ लायन्स क्लब्स नै आजको अन्तरराष्ट्रिय लायन्स क्लब्स इन्टरनेशनल हो । उनि १३ जनवरी, १८७९ का दिन अमेरिकाको थोमस आरिजोनामा जन्मेका थिए । दोश्रो विश्वयुद्धले निम्त्याएका प्रभाव र यसबाट पिडीत नागरिकहरुका उद्धारका लागि सामूहिक र निस्वार्थ सेवा प्रदान गर्न स्थापित “हामी सेवा गर्छौ” गर्ने मुल मन्त्रले एक सय ६ बर्ष पार गरिसकेको छ ।
नेपालमा भने लायन्स क्लबको प्रवेश सन १९७१ मा विराटनगरबाट पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब बाट भएको हो । काठमाण्डौमा १९७२ मा लायन्स क्लब काठमाण्डौको स्थापना बाट शुरु भएको हो ।अहिले नेपालका विभिन्न क्षेत्रमा लायन्स क्लबले सेवा दिँदै आएको छ । नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासका लागि लायन्स क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अगाडिकाे पाेस्ट

नेपाल–भारत भूपू सैनिकहरुको पेन्सन सुविधाका लागि झुम्कामा दस्तावेज प्रयोजन क्याम्प सम्पन्न

अर्काे पाेस्ट

झुम्कामा आदिवासी समुदायहरुको एकता, पहिचान र अधिकार सुनिश्चितताको झाँकी ¥याली

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft