मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

by By: रामधुनी खबर
भदौ २२, २०८३
192

रामधुनी खबर संवाददाता
झुम्का,भदौ २२ । भदौ १० गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परेर ज्यान गुमाएका प्रति झुम्कामा सोमवार शोक सभा गरेका छन् । झुम्केश्व मन्दिर अगाडि श्रदान्जली अर्पण सहित दिप प्रज्वलन गर्दै सम्पर्क विहिन तथा घाइतेहरुमा शकुसलको कामना गरेका हुन् ।
रामधुनी नगरपालिकाको आयोजनामा झुम्केश्वर र शनिमन्दिर अगाडि चित्राङ्कीत नेपालको नक्सामा दिप प्रज्वलन गरेका छन् । नगर उपप्रमुख तारा थापाको उपस्थितीमा बाढीमा मृत्युवरण गरेका ब्यक्तिहरुमा आत्माको चिर शान्तिको लागि १ मिने मौनधारणगरी शोक सभालाई पूर्णता दिएका छन् ।
उपप्रमुख थापाले मैन बत्ति तथा दिप प्रज्वलन गर्दै विनासकारी बाढीले गर्दा देशमा अत्यन्तै ठुलो पिडा रहेको बताउनु भयो । धनजनको क्षतिले यस विपतको घडीमा पार्टी, स्वर्थ तथा अन्य विभाजन भन्दा माथी उठेर सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

बाढी पिडित तथा प्रभावित परिवारहरुलाई नेपाल सरकारले पुनरस्र्थापना गर्न आवश्यक रहेको पनि धारणा ब्यक्त गर्नु भयो । यसैगरी रामधुनी नगरपालिकाको कार्यालयमा पनि बाढीमा मृत्युवरण भएकाका प्रति शोक सभा गरेका छन् । नगरपालिकामा नेपालको झण्डालाई आधि झुकाएर जनप्रतिनिधि तथा कर्मचारीहरुले मौनधारण सहितको शोक सभा गरेको उपप्रमुख थापाले जानकारी दिनु भयो ।
शोकसभामा रामधुनी सुनचाँदी व्यवसायी संघका प्रतिनिधि, स्थानीय व्यवसायी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । बाढीमा ज्यान गुमाएका परिवारको दुःखमा साथ र सहयोग आवश्यक रहेको बताउँदै रामधुनीका सुनचाँदी व्यवसायीहरूले समेत सहयोगको हात अगाडि बढाइरहेको पूर्वअध्यक्ष पूर्णबहादुर श्रेष्ठले बताउनुभयो ।

यसैबीच, भोटेकोशी बाढीको १३ औँ दिनसम्म आइपुग्दा विपदमा परी १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने करिब ४ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक विवरणमा जनाइएको छ । त्यस्तै, १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको छ । सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई प्राथमिकतामा राखिएको छ । यसअघि समेत जलविद्युत् आयोजनाका सुरुङबाट केही व्यक्तिलाई जीवितै उद्धार गरिएको थियो । विपद्पछि उद्धारसँगै प्रभावित परिवारको पुनस्र्थापना, राहत तथा दीर्घकालीन पुनर्निर्माणको आवश्यकता थप बढेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

अर्काे पाेस्ट

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft