मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

अब्यवस्थित रुपले भएको खोला उत्खनन् रोक्न खोज्दा अध्यक्ष घलेलाई सिध्याउने धम्की

by By: रामधुनी खबर
मंसिर १६, २०७७
544

झुम्का, बराह क्षेत्र वडा नं. ४ र ५ मा रहेको अमाह वनलाई जैविक विविधताको रुपमा योजना अगाडी सारेको छ । २ सय ३ हेक्टर क्षेत्रफलमा रहेको वन जैविक विविधताकालागी सिमसार निर्माण तथा रुख, जडिबुटीका बिरुवाहरु संरक्षणमा अमाह सामुदायिक वन उपभोक्ता समितिले दिनोरात प्रयासरत रहेका छन् । समितिको योजना र प्रयासरत रहदा रहदै पनि बिगार्ने र भत्काउने अर्को समुह देखा परेको छ । नगरपालिका संगको तिन बर्ष अगाडी ठेक्का पारेका सुनसरी क्रसर उधोगले अब्यवस्थित रुपमा सर्दु खोला उत्खनन गर्दा अमाह वनलाई जैविक विविधताको योजनामा रोक लगाउने प्रयास गरिरहेका छन् । अब्यवस्थित रुपले मेसिनबाट गिट्टी बालुवा निकास गर्दा नदी कट्टान बढेको, कट्टानले रुख बिरुवा ढल्ने, नष्टहुने जस्ता बिनासका कार्यहरु देखिदै गएको हुदा यस्ता बिनासका गतिबिधि नगरपालिकाले देख्न सकेको छैनन् तथापी पनि संरक्षणको दायित्वमा रहेको वन उपभोक्ता समितिको अध्यक्ष भोजराज घलेका समिति र स्थानियहरुले रोक्नु पर्ने भन्दै नगरपालिकाकै सुचनामा सुझाव राय पेस गर्दा सिध्याउने धम्की खेप्नु परेको छ । नदि जन्य गिट्टी बालुवा ठेक्का लगाउनु पुर्व नगरपालिकाले मागेको राय र सुझावको प्रतिउत्तरमा सर्दु खोलाले प्रत्यक्ष असर पार्ने भएकोले यसमा स्थलगत अनुगमनगरी मात्र ठेक्का लगाउनु राय सुझाव पेश गर्दा मंगलवार राति १० बजेको समयमा उपभोक्ता समितिका अध्यक्ष घलेलाई क्रसर तथा उत्खनन गर्ने ब्यक्तिहरुले मोबाइल मार्फत “दिन गन, औला भाच, तिमि मलाई सिध्याउ की अब तिमिनै सिधिन्छौ” भनेर अपशब्द सममेत प्रयोगगरी धम्की पुर्ण ब्यवहार गरेको छ । मोबाईलमा बोलेका कुरा रेकर्ड सुनाउदा चुडामनी पौडेलले धम्कि दिएको देखिन्छ । धम्की पुर्ण भाषामा बोल्दै “म चुडामणी पौडेल हु, गिट्टी बालुवा निकाल्न रोक्ने तिमि को हौ, दिन गन्दै जा” भनेर ज्यान मार्ने धम्कि दिएको प्रष्ट सुनिन्छ । पौडेललेको धम्कि पश्चात सोही मोबाइलबाट अर्को ब्यक्ति पनि बोलेको सुनिन्छ सो ब्यक्ति मणी राई रहेको अध्यक्ष घलेले बताए । पौडेल मिलिजुली अधारभुत बिद्ययालयको शिक्षक रहेको छ भने राई क्रसरको पार्टनर रहेको बताएको छ । यस प्रतिको ब्यवहारले सो ब्यक्तिहरुलाई कार्वाहीको दायरामा उभ्याउनु पर्ने भन्दै उपभोक्ता समितिका अध्यक्ष घलेले प्रशासन संग सुरक्षाको माग गरेको छ । घटना प्रति सम्बन्धित वनकार्यालय, जिल्ला प्रशासन कार्यालय, मानवअधिकार संस्थामा जानकारी दिएको घलेले बताए । ठेक्का लगाएको नगरपालिकाको समझौतामा उत्खनन गर्नु पर्ने मापदण्ड पनि उल्लेख नरहेको अध्यक्ष घलेको भनाईरहेको छ । यसैगरी राष्ट्रिपति चुरे संरक्षण योजनामा बराहक्षेत्र वडा नं. ३ र ५ कोलागी आएको बजेट नगरपालिकाले संसोधनगरी एकलौटी रुपमा वडा नं. ४ मा लगेको प्रति पनि आपत्ति जनाएको छ । सो योजनाको बजेट पहिलेको सम्बन्धित वडामै हुनु पर्ने माग समेत गरेको छ । नदि जन्य बस्तु मेसिनले उठाउदै गर्दा कट्टान तिब्र रुपमा बढेको भन्दै वन र जैविक विविधता, सिमसार योजनामा क्षति पुगेकोले नगरपालिकाबाट बिचार गर्नु पर्ने स्थानियहरुको पनि भनाईरहेको छ । स्थानिय युवराज कोइराला र लिलामणि पौडेलले अध्यक्ष घले प्रति भएको धम्कि पुर्ण ब्यवहार निन्दनिय रहेको बताए ।

अगाडिकाे पाेस्ट

रामधुनी मन्दिरको सिद्ध प्राप्ती शुरसैर स्नान घाट संकटमा

अर्काे पाेस्ट

इटहरीको बिच्छु धामी डिहवार (ग्रामथान) संरक्षणमा जुटे चौधरीटोलका स्थानीय

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft