मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपन्न परिवारका बिध्यार्थिहरुलाई न्यानो कपडा

by By: रामधुनी खबर
माघ १, २०७७
581

रा.ख.सम्वाददाता
झुम्का, माघ १ । पौष महिनाको अन्तिम तिर माघ महिना चढ्नै लाग्दा जाडो एक्कासी बढेको छ । सितलहर चल्न थालेको छ । शितलहर र जाडोका कारण बालबालिकाहरु बिध्यालय आउन छोड्न थालेपछि स्थानियहरु रकम संकलनगरी बिपन्न परिवारका बिध्यार्थिहरुलाई न्यानो कपडा बितरण गरेको हो ।


रामधुनी नगरपालिका वडा नं. ७ स्थित श्री पञ्चायत माध्यमिक बिध्यालयका शिशु कक्षा देखि ५ कक्षा सम्मका आर्थिक कमजोर परिवारका बिध्यार्थिहरुलाई स्वेटर, टोपी र मोजा सहयोग गरेका छन् । न्यानो कपडा सहयोगले त्याहाका बालबालिका बिध्यार्थिहरुलाई जाडोले निमत्याउन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न प्रयास गरिएको छ । सितलहरले हुन सक्ने रुघा, खोकी, निमोनिया, कठ्याग्रिने जस्ता समस्याहरुको मध्यनजर गर्दै त्याहाका स्थानियहरुले रकम संकलनगरी ३० जना बिध्यार्थिलाई न्यानो कपडा उपलब्ध गराएको छ । स्थानिय महिलाअधिकार कर्मि तथा बालबालिका अधिकार सुंरक्षित कर्ता डायन्द्रा ढुंगानाको नेतृत्वमा यथासक्य रकम जोहोगरी बितण गरेको हो ।
स्थानियहरु जागरुक भएपनि नगरपालिका तथा स्थानियतहका सरोकारवालाहरु चासो दिएको देखिदैनन् । नगरपालिकाका जनप्रतिनिधि होस वा कर्मचारी उनीहरु बजेट रकम तलमाथी गर्नेमा लागेकाले बिपन्नलाई देख्नै छाडेको छ ।


बिध्यालयमा २ सय ६५ जना बिध्यार्थिहरु अध्यनरत छन् । न्यानो कपडा बितरणले बिध्यालय सम्म आउने बिध्यार्थिहरु निरन्तरता रहने र जाडोकै कारण बञ्चित नहुने वडाअध्यक्ष केशव गौतमले बताए । वडाअध्यक्ष गौतमले बिध्यार्थिलाई स्वेटर, टोपि र मोजा बितरण गर्दै स्थानियहरुले स्वइच्छाले गरेको सामाजिक कार्य सराहनिय रहेको बताए । बिध्यालयमा वडा कार्यालयबाट बिध्यार्थि सुरक्षाकालागी चेनगेट, बिध्यालय प्राङ्गमा माटो पुर्ने लगायतका सहयोग गरेका छन् । बिध्यालयमा गत बर्ष देखिनै बिध्यार्थिहरुलाई सिसी क्यामेराद्धारा निगरानी गर्ने प्रबिधि संचालनमा छन् । पुर्ण बालमैत्रि र दण्ड रहित तवरबाट शिक्षण सिकाई क्रियाकलाप संचालनगरी बालमैत्रि बिध्यालय स्थापनामा जुटेको बिध्यालयका प्रध्यानाध्यापक संकर लुईटेलले जानकारी दिए । बिध्यालयमा बालबालिकाहरुको अधिकार संरक्षित गर्दै बालक्लव समेत गठन गरिएको छ ।


बितरण कार्यक्रममा शिक्षक, अभिभावक, स्थानिय सहयोग कर्ता, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज कट्वाल लगायत बालअधिकार कर्मिहरुको उपस्थिती रहेको थियो । वडा नं. ७ मा ३ वटा सामुदायिक बिध्यालय छन् भने सो मध्ये २ वटा माध्यमिक स्तरका छन् । ३ वटा संस्थागत बिध्यालय छन् ।

अगाडिकाे पाेस्ट

आज माघ १ तिला सङ्क्राइत पर्व...... थारु समुदायमा तिला सङ्क्राइत पर्व पृथक

अर्काे पाेस्ट

रामधुनी ६ नं.वडामा बिद्यालय स्तरमै बालमैत्री स्थानिय शासनको सुचक बारेमा अनबिज्ञ

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft