मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम

by By: रामधुनी खबर
बैशाख १६, २०७८
1129

रा.ख.समवाददाता
झुम्का, बैशाख १६ । प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट व्यक्तिको जीवन तथा सम्पत्ति, स्वास्थ्य, जीविकोपार्जन, उत्पादनका साधनहरु र सास्कृतिक तथा वातावरणीय सम्पदाको रक्षा गर्न युवाहरुलाई बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम दिएको छ । बिपद सम्बन्धमा पुर्वअनुमान, रोकथाम र असर न्युनीकरण गर्न पहिलेनै तयार भएर बस्नु पर्ने बिधिको बारेमा बैशाख १० गते देखि ३ दिवसिय तालिम आयोजनागरी युवाहरुमा अभ्यास सहितको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम दिएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा युथ क्रिएशन सुनसरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहजिकरणमा बिपत जोखिम न्युनीकरणको पुर्व तयारीको बिबिध पक्षबारेमा सिकाई उपलब्धि पाएको सहभागी युवाहरुले बताएका छन् । बिपदको आकस्मिक पहिचान, जोखिम ब्यवस्थापन योजना निर्माण, सुचना र सञ्चार सामाग्रीको तयारी, तालिम, समय समयमा जनचेतना गराइरहनु पर्ने भन्दै पुर्व तयारीको अवस्था बारेमा जानकारी पाएको बारहक्षेत्र नगरपालिका वडा नं. ९ बाट तालिममा सहभागी भएका प्रशिक्षार्थि सितारा चन्द्रवंशीले बताए । बिपद परिरहदा र परिसकेपछि यसबाट उत्पन्न परिस्थितीको सामना गर्नकालागी पहिलेनै तयार भएर बस्नुको अवस्थालाई पुर्वतायरी हो भनेर अर्का सहभागी समिर शर्माले बताए । बिपद ब्यवस्थापन गर्ने सहयोगी संस्था स्थानियतह, वडाकार्यालय, प्रहरी कार्यालय तथा प्रहरी प्रशासन,स्वसेवक, नेपाल रेडक्रश सोसाइटी, शस्त्र प्रहरी, एम्बुलेन्स संचालन गर्ने संस्था, दमकल ब्यवस्थापन संस्था, स्वास्थ्य चौकी रहेको सहभागी रिजन बस्नेतले बताए ।
तालिममा बिपद हुने अवस्थामा अतिबृष्टि, अनबृष्टि, खडेरी जस्ता घटनाको कारण बिषम जलवायुजन्य हुने अवस्थाको बारेमा जानकारी दिएको सहजकर्ता रेडक्रशका अशोक वाग्लेले बताए । बाढी, पहिरोको कारण अत्याधिक बर्ष र कमजोर भु–बनोट, भुकम्पको कारण बिशिष्ट भौगर्भिक बनोट, महामारीको कारण सरसफाई र शुद्ध खानेपानिको अभाव, फोहोर मैला बृद्धि र सुरक्षित संस्कृतिको अभावले सिर्जना हुने कारणहरुको बारेमा जानकारी दिदै उनीहरु आफैतयारी हुने र अरुलाई पनि सहयोग गर्ने अभ्यासहरुको बारेमा जानकारी दिएको वाग्लेले जनाए । तालिममले युवा तथा किशोर किशोरीहरु बिपद परेको अवस्थामा प्रभावकारी रुपमा सहयोग गर्न सक्ने भएकोले तालिमको आयोजना गरेको परियोजना संयोजक भिम पोख्रेलले जानकारी दिएको छ । तालिममा रामधुनी, बाराहक्षेत्र, दुहवी, गढी, इनरुवा र धरानका २५ जना युवाहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft