मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम

by By: रामधुनी खबर
बैशाख १६, २०७८
1112

रा.ख.समवाददाता
झुम्का, बैशाख १६ । प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट व्यक्तिको जीवन तथा सम्पत्ति, स्वास्थ्य, जीविकोपार्जन, उत्पादनका साधनहरु र सास्कृतिक तथा वातावरणीय सम्पदाको रक्षा गर्न युवाहरुलाई बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम दिएको छ । बिपद सम्बन्धमा पुर्वअनुमान, रोकथाम र असर न्युनीकरण गर्न पहिलेनै तयार भएर बस्नु पर्ने बिधिको बारेमा बैशाख १० गते देखि ३ दिवसिय तालिम आयोजनागरी युवाहरुमा अभ्यास सहितको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम दिएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा युथ क्रिएशन सुनसरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहजिकरणमा बिपत जोखिम न्युनीकरणको पुर्व तयारीको बिबिध पक्षबारेमा सिकाई उपलब्धि पाएको सहभागी युवाहरुले बताएका छन् । बिपदको आकस्मिक पहिचान, जोखिम ब्यवस्थापन योजना निर्माण, सुचना र सञ्चार सामाग्रीको तयारी, तालिम, समय समयमा जनचेतना गराइरहनु पर्ने भन्दै पुर्व तयारीको अवस्था बारेमा जानकारी पाएको बारहक्षेत्र नगरपालिका वडा नं. ९ बाट तालिममा सहभागी भएका प्रशिक्षार्थि सितारा चन्द्रवंशीले बताए । बिपद परिरहदा र परिसकेपछि यसबाट उत्पन्न परिस्थितीको सामना गर्नकालागी पहिलेनै तयार भएर बस्नुको अवस्थालाई पुर्वतायरी हो भनेर अर्का सहभागी समिर शर्माले बताए । बिपद ब्यवस्थापन गर्ने सहयोगी संस्था स्थानियतह, वडाकार्यालय, प्रहरी कार्यालय तथा प्रहरी प्रशासन,स्वसेवक, नेपाल रेडक्रश सोसाइटी, शस्त्र प्रहरी, एम्बुलेन्स संचालन गर्ने संस्था, दमकल ब्यवस्थापन संस्था, स्वास्थ्य चौकी रहेको सहभागी रिजन बस्नेतले बताए ।
तालिममा बिपद हुने अवस्थामा अतिबृष्टि, अनबृष्टि, खडेरी जस्ता घटनाको कारण बिषम जलवायुजन्य हुने अवस्थाको बारेमा जानकारी दिएको सहजकर्ता रेडक्रशका अशोक वाग्लेले बताए । बाढी, पहिरोको कारण अत्याधिक बर्ष र कमजोर भु–बनोट, भुकम्पको कारण बिशिष्ट भौगर्भिक बनोट, महामारीको कारण सरसफाई र शुद्ध खानेपानिको अभाव, फोहोर मैला बृद्धि र सुरक्षित संस्कृतिको अभावले सिर्जना हुने कारणहरुको बारेमा जानकारी दिदै उनीहरु आफैतयारी हुने र अरुलाई पनि सहयोग गर्ने अभ्यासहरुको बारेमा जानकारी दिएको वाग्लेले जनाए । तालिममले युवा तथा किशोर किशोरीहरु बिपद परेको अवस्थामा प्रभावकारी रुपमा सहयोग गर्न सक्ने भएकोले तालिमको आयोजना गरेको परियोजना संयोजक भिम पोख्रेलले जानकारी दिएको छ । तालिममा रामधुनी, बाराहक्षेत्र, दुहवी, गढी, इनरुवा र धरानका २५ जना युवाहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft