मिति : २०८३ भदौ ९ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

by By: रामधुनी खबर
बैशाख १६, २०७८
746

रा.ख.सम्वाददाता
झुम्का, बैशाख १६ । स्थानियतहको बिकास निर्माणमा सहभागीता बृद्धि तथा प्रोत्साहनकालागी स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । स्थानियतह संचलान ऐन २०७४ को योजना तर्जुमाको प्रक्रृयाको बारेमा जानकारी दिदै दुइ दिवसीय तालिम दिएको हो ।
नगरस्तरीय योजना र वडागत योजनाहरु टोल स्तरीयमा लाग्ने प्रक्रृया तथा टोल स्तरबाट योजना छनौट गर्ने बिषयमा जानकारी दिएको छ । बिकास र योजनाको सम्बन्ध, आर्थिक, सामाजिक, स्वास्थ्य, कृषि, पुर्वाधारका योजनामा बजेट, नीति तथा कार्यक्रमहरुको संचालन गर्ने प्रक्रृयाहरुको बिषयमा पहिचान गराएको सहजकर्ता धरान नगरपालिकाका वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले जानकारी दिए । स्थानीय सेवाको व्यवस्थापन, स्थानीयस्तरका विकास आयोजना तथा परियोजना, आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण, ग्रामीण तथा कृषि सडक र सिचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमनका बारेमा समेत जानकारी दिएको वातावरण शाखाका प्रमुख घिमिरेले बताए ।
तालिमबाट स्थानियतहको योजनाहरुको बिषयमा अवगत हुन पाउदा युवा, बालबालिकाहरुको बजेट लगायत कार्यक्रमहरुको माग गर्न सक्ने र नगरपालिका तथा वडाबाट संचालनहुने बिकासका कार्यहरुमा सहभागीभई सहयोग गर्ने भुमिकामा क्षमता बिकास भएको तालिममा सहभागी इनरुवाका कृष्ण कुमार शर्माले बताए । लक्षित बर्गको योजना, क्रमागत योजना, टोलका योजना संचालन हुने प्रक्रृयाको बारेमा जानकार भएको सहभागी पुष्पा शर्माले बताइन् ।
सरकारको योजनाहरुमा सहभागीता हुदै चासो, लगायतका बिकास निर्माणका कार्यहरुमा प्रभावकारी बनाउन युवाहरु लक्षित स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि तालिमको आयोजना गरेको युथ क्रिएशन सुनसरीका अध्यक्ष अमर राईले जानकारी दिए । तालिमको सहयोग प्लान इन्टरनेशनल नेपालले गरेको परियोजना संयोजक भिम पोख्रेलले जानकारी दिएको छ । तालिममा रामधुनी, इटहरी, धरान, इनरुवा, बराहक्षेत्र, दुहबीबाट २४ जना युवाहरुको सहभागी रहेको थियो । सरकार संचालन अन्तर्गत पनि यस भन्दा पहिले संसदमा संचलान हुने गतिबिधिको बारेमा अभ्यास सहित मंगलवार र बुधबार दुइ दिन तालिम दिएको संयोजक पोख्रेलले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम

अर्काे पाेस्ट

झुम्कामा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने लगायत महामारी रोकथामकालागी रामधुनी नगरपालिकाको विविध बिषयमा निर्णय

सम्बन्धित अरु

समाचार

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

भदौ ८, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ ७ । थरुहट पहिचानको आन्दोलनको क्रममा भएको कैलाली टीकापुर घटना ११ औँ वर्ष पार गरेको छ । घटनाको ११ बर्ष भएपनि राज्यले लाल आयोग सार्वजानिक...

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft