मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने लगायत महामारी रोकथामकालागी रामधुनी नगरपालिकाको विविध बिषयमा निर्णय

by By: रामधुनी खबर
बैशाख १७, २०७८
694

रा.ख.सम्वाददाता
झुम्का, बैशाख १७ । कोरोना महामारीको मध्यनजरगर्दै सुक्रवारको बैठकबाट रामधुनी नगरपालिकाले झुम्कामा लाग्ने शनिवार र बुधवार साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको छ । बिश्वभर फैलीरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारीको दोस्रो लहर नेपालमा समेत फैलिरहेको र पछिल्ला दिनहरुमा सुनसरी जिल्लामा समेत संक्रमण तिब्ररुपमा बढी रहेकोहुदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणकालागी साप्ताहिक हाटबजार बैशाख १८ गते शनिवार देखी २४ गते सुक्रवार सम्म बन्द गर्न निर्णय गरेको हो ।
अत्यआवश्यक उपभोग्य बस्तु तथा खाध्यान्नका पसल बिहान ६ बजे देखी बिहान ११ बजे सम्म मात्र खुल्ला हुने भएपनि पसल अगाडी साबुन पानी राखी सामाजिक दुरी कायम तथा मास्क र सेनिटाइजर प्रयोगगरी ब्यवसाय गर्न हुन नगरपालिकाले अपिल गरेको छ । नगर प्रमुख तथा बिपद ब्यवस्थापन नगर समिति अध्यक्ष जयप्रकाश चौधरीको सभापतित्वमा बसेको बैठकबाट आइशोलेसन, क्वारेन्टाइन स्थापनाकालागी प्रकृया अगाडी बढाउने तथा तत्काल छिमेकी नगरपालिका बराहक्षेत्रबाट समन्बय गर्ने निर्णय पारित गरेको छ । बिदेश वा जिल्ला बाहिरबाट आएकाहरुलाई निगरानिगरी १० दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ । एम्बुलेन्स तयारी अवस्था, स्वास्थ्य चौकीहरुमा अक्सिजन सिलिन्डरको ब्यवस्थापन, कोरोनाबाट सुरक्षित हुने सचेतनाका कार्यक्रम, मास्क, सेनिटाइजर बितरणका कार्यक्रम तत्कालै संचालन गर्ने नगरपालिकाले योजना सारेको जानकारी दिएका हुन् ।
नगरवासीहरुको स्वास्थ्य सुरक्षाकालागी महामारी नियन्त्रण र रोकथाममा आवश्यक सम्पुर्ण कार्यहरु आजैबाट अगाडी बढाउने नगर प्रमुख चौधरीले बताउनु भयो । सुरुमा माइकिङ्ग सहितको सुचना प्रवाह गर्दै नगरवासीहरुलाई सचेत गराउने लगतै आइशोलेसन, क्वारेन्टाइन स्थापनार्थ रकम तथा पुर्वाधारका सामानहरु जुटाउने बताउनु भयो । यस महामारीमा बालबालिका तथा जेष्ठनागरिक अत्यावश्यक काम बाहेक घर बाहिर ननिकिस्नु हुन पनि नगरप्रमुख चौधरीले अनुरोध गर्नु भएको छ । बैठकमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, स्वास्थ्य शाखा, इलाका प्रहरी पकलीका प्रहरी निरिक्षक प्रकाश श्रेष्ठ, झुम्का उद्योग बाणिज्य संघका प्रतिनिधि सुजित राय, दुर्गा फुयाल, नेपाली काग्रेशका नगर अध्यक्ष सुदिप अधिकारी लगायतका संस्थागत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

अर्काे पाेस्ट

इनरुवा ८ कंशमडान स्थित लाटीमाई ग्रामथान चर्चेको जग्गा अतिक्रमणगरी बलजफती मस्जिद भवन निर्माण गर्दै

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft