मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने लगायत महामारी रोकथामकालागी रामधुनी नगरपालिकाको विविध बिषयमा निर्णय

by By: रामधुनी खबर
बैशाख १७, २०७८
712

रा.ख.सम्वाददाता
झुम्का, बैशाख १७ । कोरोना महामारीको मध्यनजरगर्दै सुक्रवारको बैठकबाट रामधुनी नगरपालिकाले झुम्कामा लाग्ने शनिवार र बुधवार साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको छ । बिश्वभर फैलीरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारीको दोस्रो लहर नेपालमा समेत फैलिरहेको र पछिल्ला दिनहरुमा सुनसरी जिल्लामा समेत संक्रमण तिब्ररुपमा बढी रहेकोहुदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणकालागी साप्ताहिक हाटबजार बैशाख १८ गते शनिवार देखी २४ गते सुक्रवार सम्म बन्द गर्न निर्णय गरेको हो ।
अत्यआवश्यक उपभोग्य बस्तु तथा खाध्यान्नका पसल बिहान ६ बजे देखी बिहान ११ बजे सम्म मात्र खुल्ला हुने भएपनि पसल अगाडी साबुन पानी राखी सामाजिक दुरी कायम तथा मास्क र सेनिटाइजर प्रयोगगरी ब्यवसाय गर्न हुन नगरपालिकाले अपिल गरेको छ । नगर प्रमुख तथा बिपद ब्यवस्थापन नगर समिति अध्यक्ष जयप्रकाश चौधरीको सभापतित्वमा बसेको बैठकबाट आइशोलेसन, क्वारेन्टाइन स्थापनाकालागी प्रकृया अगाडी बढाउने तथा तत्काल छिमेकी नगरपालिका बराहक्षेत्रबाट समन्बय गर्ने निर्णय पारित गरेको छ । बिदेश वा जिल्ला बाहिरबाट आएकाहरुलाई निगरानिगरी १० दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ । एम्बुलेन्स तयारी अवस्था, स्वास्थ्य चौकीहरुमा अक्सिजन सिलिन्डरको ब्यवस्थापन, कोरोनाबाट सुरक्षित हुने सचेतनाका कार्यक्रम, मास्क, सेनिटाइजर बितरणका कार्यक्रम तत्कालै संचालन गर्ने नगरपालिकाले योजना सारेको जानकारी दिएका हुन् ।
नगरवासीहरुको स्वास्थ्य सुरक्षाकालागी महामारी नियन्त्रण र रोकथाममा आवश्यक सम्पुर्ण कार्यहरु आजैबाट अगाडी बढाउने नगर प्रमुख चौधरीले बताउनु भयो । सुरुमा माइकिङ्ग सहितको सुचना प्रवाह गर्दै नगरवासीहरुलाई सचेत गराउने लगतै आइशोलेसन, क्वारेन्टाइन स्थापनार्थ रकम तथा पुर्वाधारका सामानहरु जुटाउने बताउनु भयो । यस महामारीमा बालबालिका तथा जेष्ठनागरिक अत्यावश्यक काम बाहेक घर बाहिर ननिकिस्नु हुन पनि नगरप्रमुख चौधरीले अनुरोध गर्नु भएको छ । बैठकमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, स्वास्थ्य शाखा, इलाका प्रहरी पकलीका प्रहरी निरिक्षक प्रकाश श्रेष्ठ, झुम्का उद्योग बाणिज्य संघका प्रतिनिधि सुजित राय, दुर्गा फुयाल, नेपाली काग्रेशका नगर अध्यक्ष सुदिप अधिकारी लगायतका संस्थागत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

स्थानिय योजना प्रक्रिया सम्बन्धि युवाहरुलाई क्षमता अभिबृद्धि गराउदै युथ क्रिएशन सुनसरी

अर्काे पाेस्ट

इनरुवा ८ कंशमडान स्थित लाटीमाई ग्रामथान चर्चेको जग्गा अतिक्रमणगरी बलजफती मस्जिद भवन निर्माण गर्दै

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft