मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा नयाँ भेरियन्ट कोभिड संक्रमितको संख्या बढ्दै.....सोमवार सम्म संक्रमितको संख्या १११ जना पुग्यो

by By: रामधुनी खबर
जेठ १०, २०७८
1214

सुनिल चौधरी
झुम्का, जेठ १० । रामधुनी नगरमा नयाँ भेरियन्टको कोभिड संक्रमित हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या सुक्रवार सम्म ८७ जना रहेकोमा तिन दिन पछि २४ जना थप हुदै सोमवार १ सय ११ जना पुगेको हो ।
रामधुनी नगर क्षेत्र हाल सम्म संक्रमितको अवस्था
नयाँ भेरियन्टको कोभिड संक्रमित रामधुनीमा महिला ३५ जना र पुरुष ७६ जना छन् । सक्रिय संक्रमित भने ७४ जना रहेको छ । संक्रमित भएका हरुको अवस्था गम्भिर प्रकृतिका ५ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेको छ । संक्रमित मध्येमा २ जनाको मृत्यु भैसकेको छ । वडा नं. ५ र ३ को १–१ जनाको मृत्यु भएको स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए । नयाँ भेरियन्टको कोभिड भाइरसको असरबाट जितेर ३७ जना आइसकेको छ । संक्रमितहरुको लक्षण ज्वरो आएको, खोकी तथा स्वास लिन सक्ने अवस्थाको कठिनाई हुने देखिएको बताए ।
वडागत रुपमा थप संक्रमितको अवस्था
संक्रमितको संख्या बढ्दै गर्दा रामधुनी ५ नं. वडामा १० जना थप हुदै ४१ जना पुगको छ । सुक्रवार सम्म सो वडामा ३१ जना संक्रमित रहेको थियो । वडा नं. १ मा १ जना थप हुदै जम्मा १९ जना पुगेको छ । वडा नं. २ मा २ जना थप हुदै जम्मा ६ जना संक्रमित भएको छ । वडा नं. ३ मा ५ जना थप संक्रमित देखिदै जम्मा १६ पुगको छ । वडा नं. ४ मा ७ जना, वडा नं. ६ मा २ जनाको थपहुदा ८ जना संक्रमित हुन पुगेको छ । वडा नं. ७ मा २ जना, वडा नं. ८ मा १ जना थप हुदै ३ जनामा नयाँ भेरियन्टको कोभिड देखिएको छ । वडा नं. ९ मा पनि २ जना संक्रमित थप हुदै ६ जना पुगेको छ ।
संक्रमितको संख्या बढिरहदा नगरको स्वास्थ्य क्षेत्रमा चुनौती र ब्यवस्थापन
संक्रमितको संख्या बढिरहदा नगरको स्वास्थ्य क्षेत्रमा चुनौती थपिदै गएको छ । यस अवस्थामा आइसोलेशनकालागी नगरपालिकाले कृषि फर्ममा ४० र वडा नं. ५ कोभिड १९ अस्पतालमा १० शय्याको ब्यवस्थापन गरेको छ । वडा नं. ५ कोभिड अस्पतालमा अक्सिजन सिलिन्डर सहितको शय्या रहेको स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा डक्टर सहित ११ जना कर्मचारीले सेवा दिइरहेको वडा नं. ५ का वडा अध्यक्ष डेगराज फुयालले बताए । समय परिस्थती अनुसार स्थापना गरेको वडा नं. ५ को कोभिड अस्पताल नगरवासीहरुमा बिकल्पमा वा आर्थिक बिपन्नहरुको सेवाकालागी तत्काल उद्धार हुने देखिन्छ । वडा अध्यक्ष फुयालका अनुसार रामधुनी नगरका आर्थिक बिपन्न परिवारका संक्रमितहरु आइसोलेशनकालागी ठुला अस्पताल सम्म जान नसकेका र बेड नपाउदाको अवस्थामा कोभिड १९ अस्पताल बिकल्पको रुपमा रहने बताए ।
संक्रमित रोकथामकालागी पिसिआर तथा ऐन्टिजेन परिक्षणलाई निरन्तरता दिदै आएको छ । रामधुनी स्वास्थ्य शाखाले रामधुनी नगर पालिका भित्र कोभिड सम्बन्धि स्वास्थ्य सल्लाहका लागि पनि ब्यवस्थापन गरेको छ । उपचार र परामर्सकालागी कोभिड अस्पतालका डाक्टर जितेन्द्र ठाकुर मोबाइल नं. ९८२०७०६७७६ मा सम्पर्क गर्न सक्नुहुने छ । लक्षण देखिएमा तत्कालै ९८५२०३५४९५ समपर्कगरी ऐन्टिजेन पिसिआर गर्न सकिने ब्यवस्थापन गरेको छ । आफनो नाम, ठेगाना मोबाइल न.लेखर मेसेज गर्न सकिने छ । बिरामी तथा संक्रमितलाई आवश्यक पर्ने एम्बुलेन्सकालागी ९८५२०४१२०२ मा सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ । यस्का साथै आफ्नो वडाको स्वास्थ्य कर्मिहरु मार्फत थप जानकारी लिन पनि सकिने छ । यसैगरी सवारीको अभाव र आवश्यक्ता महशुस भए नगरपालिकाको सम्पुर्ण सवारी साधनहरु परिचालन गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले थप कार्य अगाडी बढाउनु पर्ने
नगरमा संक्रमितको संख्या बृद्धि हुने अवस्था देखिरहदा कृषि फर्ममा ब्यवस्थापन गरेको ४० शय्याको आइशोलेसन थप ब्यस्थापन गर्नु पर्ने प्रमुख आवश्यक्ता देखिन्छ । अक्सिजन सहितको आइशोलेसन ब्यवस्थापन गर्न सके संक्रमितले तत्कालै सहज रुपमा राहत महसुश गर्ने अवस्था सिर्जना हुन्थ्यो । भिडभाडले संक्रमितहुने चेन प्रकृया तोडिन बजार पसल बन्द गर्नु उचित देखिन्छ । तथापी पनि दैनिक उपभोग्यका खाद्ययान्नहरुमा अनुगमन र उपलब्धतालाई सहज गर्नेमा ध्यान जान आवश्यक छ । हालको अवस्थामा पनि कोभिड सम्बन्धि सचेतनाको अभाव छ । कोभिड सर्ने अवस्था सुरक्षीत हुने सचेतनाको अभावले गाउँ क्षेत्रहरुमा मास्क, सेनिटाइ र दुरी कायम उचित तवरले प्रयोग गरेको देखिदैन र ग्रामिण क्षेत्रका वासीहरुलाई परिक्षण हुन सकेको छैन । मास्क र सेनिटाइजर बितरण गर्नेमा कन्जुस्याई देखिन्छ ।
कोभिडले आर्थिक उपार्जनको पाटो ठप्पहुदा आर्थिक बिपन्न परिवारहरुमा हाथमुख जोड्न समस्या देखिन थालेको छ । यस समस्यालाई सम्बोधन गर्न नगरपालिका तयार हुन सकेको छैन । हुन त केन्द्रिय सरकारलेनै चासो देखाएको अवस्था छैन तथापी पनि स्थानिय सरकार आफनो अधिकार प्रयोग गर्न चाहेको छैन । परिस्थीतले संक्रमित संख्यामा बृद्धि भैरहदा चुनौती थपिएको नगरवासीहरुमा जिवनयापनकालागी जनप्रतिनिधिहरु बेलाको परिस्थीमा जागर लाउने र स्वास्थ्य सुरक्षाकालागी सहजता ल्याउन ध्यान दिने हो की ?

अगाडिकाे पाेस्ट

इनरुवा ८ कंशमडान स्थित लाटीमाई ग्रामथान चर्चेको जग्गा अतिक्रमणगरी बलजफती मस्जिद भवन निर्माण गर्दै

अर्काे पाेस्ट

थारु पत्रकार संघ केन्द्रियद्धारा कोभिड प्रभावित पत्रकार आर्थिक सहायता कोष स्थापना

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft