मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

गरिबी निवारणकालागी रामधुनीको बिभिन्न वडामा उद्यम बिकास कार्यक्रम संचालन

by By: रामधुनी खबर
असार १, २०७८
970

चन्द्रकला चौधरी
झुम्का, असार १ । रामधुनी नगरको बिभिन्न वडामा उद्यम बिकास (मेडपा) कार्यक्रम संचालन भइरहेको छ । स्थानीय स्रोत र सिपको परिचालनगरी स्थानीय स्तरमानै रोजगारी सिर्जनाको माध्यमबाट गरिबि निवारण गर्ने लद्यु उद्यम बिकास रामधुनीको वडा नं. ८, ९, १, २, ३, ४ र ६ मा संचालनमा रहेको रामधुनी नगरपालिकाले जनाएको हो ।
गरिबीका रेखा मुनिरहेका परिवारहरुकालागी स्थानिय स्रोत साधन परिचालनगरी स्थानिय स्तरमानै उद्यम सिलता बिकास मार्फत रोजगारी सिर्जना गर्ने उधेश्यले तालिम दिइरहेको छ । उद्यम बिकासकालागी उद्यमीहरुको माग, बजार समभाब्यता, स्थानीय कच्चा पदार्थ र उद्यम बिकासको समभाब्यता हेरेर सिप बिकास तालिम दिइरहेको छ । रामधुनी ८ नं. वडाका वडा वासीहरुमा दालमोट भुजीया बनाउने, अगरवती बनाउने र कुखुरा पालन सम्बन्धि प्रबिधि तथा सिप तालिम संचालनमा रहेको छ । रामधुनी ९ नं. वडामा क्रिष्टल र ब्याग बनाउने तालिम, वडा नं. १ मा गुडिया बनाउने सिप, वडा नं. २ र ५ मा च्याउ खेती र डल बनाउने यसैगरी वडा नं. ३ मा दालमोट भुजिया र कुखुरा पालन र वडा नं. ६ मा वासको सामाग्री र होटल तथा कुक सम्बन्धीको तालिमहरु भईरहेको योजना शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिनु भयो ।
सोमवार नगर उपप्रमुख सबिना चौधरीको नेतृत्वमा रामधुनी वडा नं. ८ र ९ मा संचालित कार्यक्रम अनुगमन समेत गरेको छ । संचालित उद्यम बिकास कार्यक्रममा एक सय पचास जना सहभागी भइ लाभान्वित भएका छन् । कार्यक्रममा सहभागी बिपन्न परिवारका सदस्यहरु स्वरोजगार हुदै आर्थिक लाभ लिन सकिने छन् । कार्यक्रमबाट आर्जन भएको सिपले सहज जिवन यापनमा सहयोग पुग्ने भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (मेडेप) सफलता पश्चात नेपाल सरकारले आर्थिक बर्ष २०६६÷६७ देखिनै मेडेप मोलेललाई आन्तरिकिकरण गरि गरिबि निवारणकालागी लघु उद्यम विकास कार्यक्रम(मेडेपा) को रुपमा कार्यन्व्यन गरिरहेको छ । यसलाई थप प्रभावकारी र दिगो बनाउनकालागी नेपाल सरकारबाट गरिबि निवारणकालागी पाँचबर्षे रणनीतिक योजना, २०७० र मेडपा संचालन निर्दैशिका २०७० स्विकृत भई ७७ वटै जिल्लामा संचालित रहेको छ ।

अगाडिकाे पाेस्ट

युथक्रिएशन सुनसरीको आयोजनामा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि भर्चुअल अभिमुखिकरण

अर्काे पाेस्ट

धमा, ढाकी बुनाई तालिमले थारु समुदायको मौलिक तथा परमपरागत कला र पहिचान संरक्षण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft