मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजार बजेट अनुमोदन रोकियो

by By: रामधुनी खबर
असार १०, २०७८
1120

सुनिल चौधरी
झुम्का, असार १० । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि रामधुनी नगरपालिकाको बजेट अनुमोदन हुनबाट रोकिएको छ । बजेट बारेमा पुर्ण रुपमा छलफल नभएको भन्दै सदस्यहरु असहमति जनाउदा नवौ नगरसभाबाट ल्याउन खोजेको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजारको बजेट, नीति तथा कार्यक्रम अनुमोदन हुनबाट रोकिएको हो ।
नगरप्रमुख तथा नवौ नगरसभापति जयप्रकाश चौधरीले आइतवार ११ः०० बजे सम्मकालागी नगरसभा स्थगित गर्नु भएको हो । वडामा भौतिक पुर्वाधार लगायतका आर्थिक, सामाजिक जस्ता लक्षित बजेट के कति रहेको भन्ने बिषयमा कार्यपालिकामा छलफल नभएकोले पुनर बिचार गरिनु पर्ने भन्दै नगरसभामा हुने अनुमोदनका बिषयहरुमा हस्ताक्षर नगरी जनप्रतिनिधिहरु उठेर हिड्दा बजेट ल्याउन नसकेको हो ।
वडा नं. ३ का वडा सदस्य नारायण श्रेष्ठले उदाहरण दिदै भने,‘ एकजना लाटो मान्छे बाटो हिड्दै गर्दा नरिवल भेटे छन्, नरिवल फोडेर हेर्दा भित्र पानी रहेको भेटेछन्, उन्ले बिचार गर्न थाले यो नरिवल भित्र कसरी पानी आएको हो यो सोच्दै लाटो रातभरी सुत्न सकेन । यसरी अहिले हामी वडा सदस्य पनि लाटो जस्तै भएका छौँ । छलफल बिना नगर सभामा पेश भएको बजेट बारेमा वडा सदस्य श्रेष्ठ अन्यौलतामा रहेको बिषय प्रति केन्द्रित भए । वडा नं. १ वडा अध्यक्ष महेश चौधरीले डुमैरीया सैनीमैनी बाटो अन्तर्गत रु २० लाख बिनियोजन गर्ने नगरप्रमुखको आश्वासन भएपनि रु १० लाख मात्रै बिनियोजन हुदा सो प्रति आपति जनाए । यस बिषय प्रति नगरप्रमुख र वडा अध्यक्ष महेश चौधरी बिच आरोप प्रत्यारोप गर्दै चर्काचर्किनै हुन पुग्यो । नगरप्रमुखले बजेट कम भएपनि मैले बोलेको कुरा पुरा गर्छु बिश्वस्त रहनुस भनेर सो बिषयमा आफ्नो धारणा ब्यक्त गर्नु भयो ।
बिषयगत समितिका संयोजकले राखेका बिषयहरुको बुद्धाहरुमा तालिले पास गर्न नगरप्रमुख चौधरीले अनुरोधगर्दा वडा सदस्य देवराज पोख्रेलले हतारमा ल्याएको समितिका योजनाहरु चित नबुझेको भन्दै तालिनै बजाउनु पर्ने भए बजाउछौँ भनेर पोख्रेलले आलोच्नात्म रुपले कटाक्ष समेत गरे । यसैगरी वडा सदस्य कमल कार्की, योगेन्द्र खड्काले बजेटको बारेमा बोल्दै पुनः छलफल हुनु पर्नेमा जोड दिए । उपप्रमुख सबिना चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्राथमिकीकरण जनलक्षित देखिए पनि केही बुद्धाहरुमा परिवर्तन गर्नु पर्ने धारणा आएको हो । नीति तथा कार्यक्रमको रुपरेखामा मिडिया क्षेत्रमा आबद्ध भएका कृयाशिल पत्रकारहरुलाई प्रोतसाहन गर्ने नीति तथा कार्यक्रम सहित बजेटको अभाव पनि देखिन्छ । रामधुनी नगर अन्तर्गत दर्ता भएको पत्रपत्रिका, अनलाईन, एफ एम जस्ता मिडिया हाउसमा लोककल्याणकारी बिज्ञापन ब्यवस्थापन गर्नेमा उठान भएको देखिदैनन् । तसर्थ पुनर बिचार हुन आवश्यक छ ।
तथापी पनि आगामी बजेट अहिलेको जनप्रतिनिधिहरुको अन्तिम बजेट रहेको हुदा चुनाव लक्षित गर्न खोजिएकोले पास र अनुमोदन हुन नसकेको स्रोतबाट बुझिएको छ । समग्रमा नगरको सामुहिक लक्षित योजना भएपनि बजेट मैले ल्याएको हो भन्ने जनमानसमा ल्याउन र चार बर्ष सम्म बजेट अनुसार बिकास गर्न नसक्दा अन्तिम बजेटले एकै बर्षमा जादुको छडी जस्तै गर्न सक्ने अपेक्षाले नगरसभामा बजेट पास हुन नसकेको अनुमान गर्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

धमा, ढाकी बुनाई तालिमले थारु समुदायको मौलिक तथा परमपरागत कला र पहिचान संरक्षण

अर्काे पाेस्ट

सामाजिक परिवर्तन केन्द्रको राहतले रामधुनीका अतिबिपन्न परिवारलाई सहज

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft