मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजार बजेट अनुमोदन रोकियो

by By: रामधुनी खबर
असार १०, २०७८
1143

सुनिल चौधरी
झुम्का, असार १० । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि रामधुनी नगरपालिकाको बजेट अनुमोदन हुनबाट रोकिएको छ । बजेट बारेमा पुर्ण रुपमा छलफल नभएको भन्दै सदस्यहरु असहमति जनाउदा नवौ नगरसभाबाट ल्याउन खोजेको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजारको बजेट, नीति तथा कार्यक्रम अनुमोदन हुनबाट रोकिएको हो ।
नगरप्रमुख तथा नवौ नगरसभापति जयप्रकाश चौधरीले आइतवार ११ः०० बजे सम्मकालागी नगरसभा स्थगित गर्नु भएको हो । वडामा भौतिक पुर्वाधार लगायतका आर्थिक, सामाजिक जस्ता लक्षित बजेट के कति रहेको भन्ने बिषयमा कार्यपालिकामा छलफल नभएकोले पुनर बिचार गरिनु पर्ने भन्दै नगरसभामा हुने अनुमोदनका बिषयहरुमा हस्ताक्षर नगरी जनप्रतिनिधिहरु उठेर हिड्दा बजेट ल्याउन नसकेको हो ।
वडा नं. ३ का वडा सदस्य नारायण श्रेष्ठले उदाहरण दिदै भने,‘ एकजना लाटो मान्छे बाटो हिड्दै गर्दा नरिवल भेटे छन्, नरिवल फोडेर हेर्दा भित्र पानी रहेको भेटेछन्, उन्ले बिचार गर्न थाले यो नरिवल भित्र कसरी पानी आएको हो यो सोच्दै लाटो रातभरी सुत्न सकेन । यसरी अहिले हामी वडा सदस्य पनि लाटो जस्तै भएका छौँ । छलफल बिना नगर सभामा पेश भएको बजेट बारेमा वडा सदस्य श्रेष्ठ अन्यौलतामा रहेको बिषय प्रति केन्द्रित भए । वडा नं. १ वडा अध्यक्ष महेश चौधरीले डुमैरीया सैनीमैनी बाटो अन्तर्गत रु २० लाख बिनियोजन गर्ने नगरप्रमुखको आश्वासन भएपनि रु १० लाख मात्रै बिनियोजन हुदा सो प्रति आपति जनाए । यस बिषय प्रति नगरप्रमुख र वडा अध्यक्ष महेश चौधरी बिच आरोप प्रत्यारोप गर्दै चर्काचर्किनै हुन पुग्यो । नगरप्रमुखले बजेट कम भएपनि मैले बोलेको कुरा पुरा गर्छु बिश्वस्त रहनुस भनेर सो बिषयमा आफ्नो धारणा ब्यक्त गर्नु भयो ।
बिषयगत समितिका संयोजकले राखेका बिषयहरुको बुद्धाहरुमा तालिले पास गर्न नगरप्रमुख चौधरीले अनुरोधगर्दा वडा सदस्य देवराज पोख्रेलले हतारमा ल्याएको समितिका योजनाहरु चित नबुझेको भन्दै तालिनै बजाउनु पर्ने भए बजाउछौँ भनेर पोख्रेलले आलोच्नात्म रुपले कटाक्ष समेत गरे । यसैगरी वडा सदस्य कमल कार्की, योगेन्द्र खड्काले बजेटको बारेमा बोल्दै पुनः छलफल हुनु पर्नेमा जोड दिए । उपप्रमुख सबिना चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्राथमिकीकरण जनलक्षित देखिए पनि केही बुद्धाहरुमा परिवर्तन गर्नु पर्ने धारणा आएको हो । नीति तथा कार्यक्रमको रुपरेखामा मिडिया क्षेत्रमा आबद्ध भएका कृयाशिल पत्रकारहरुलाई प्रोतसाहन गर्ने नीति तथा कार्यक्रम सहित बजेटको अभाव पनि देखिन्छ । रामधुनी नगर अन्तर्गत दर्ता भएको पत्रपत्रिका, अनलाईन, एफ एम जस्ता मिडिया हाउसमा लोककल्याणकारी बिज्ञापन ब्यवस्थापन गर्नेमा उठान भएको देखिदैनन् । तसर्थ पुनर बिचार हुन आवश्यक छ ।
तथापी पनि आगामी बजेट अहिलेको जनप्रतिनिधिहरुको अन्तिम बजेट रहेको हुदा चुनाव लक्षित गर्न खोजिएकोले पास र अनुमोदन हुन नसकेको स्रोतबाट बुझिएको छ । समग्रमा नगरको सामुहिक लक्षित योजना भएपनि बजेट मैले ल्याएको हो भन्ने जनमानसमा ल्याउन र चार बर्ष सम्म बजेट अनुसार बिकास गर्न नसक्दा अन्तिम बजेटले एकै बर्षमा जादुको छडी जस्तै गर्न सक्ने अपेक्षाले नगरसभामा बजेट पास हुन नसकेको अनुमान गर्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

धमा, ढाकी बुनाई तालिमले थारु समुदायको मौलिक तथा परमपरागत कला र पहिचान संरक्षण

अर्काे पाेस्ट

सामाजिक परिवर्तन केन्द्रको राहतले रामधुनीका अतिबिपन्न परिवारलाई सहज

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft