मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सामाजिक परिवर्तन केन्द्रको राहतले रामधुनीका अतिबिपन्न परिवारलाई सहज

by By: रामधुनी खबर
असार १२, २०७८
879

सुनिल चौधरी
झुम्का, असार १३ । कोरोना महामारीको दोस्रो लहरले निमत्याएको तिन महिनाको लकडाउनबाट स्वास्थ्य तथा दैनिक जिवनयापनमा प्रभावित बनाउदा खाध्यान्न तथा स्वास्थ्य सामाग्री राहत बितरणले अतिबिपन्न परिवारका सदस्यहरु सहज महशुस गरेका छन् । सामाजिक परिवर्तन केन्द्र काठमाण्डौँको खाध्यान्न तथा स्वास्थ्य सामाग्री राहतले रामधुनीका अतिबिपन्न परिवारलाई दैनिक जिवनयापनमा केही रुपमै भएपनि सहजता महशुस भएको बताए ।
रामधुनी वडा नं. १ भादगाउँ नयाँ टोलका ६२ बर्षिय कुलाई चौधरीमा रोग र भोकले बाच्न सम्मको आश थिएन । एकल रुपमा बस्दै आएको चौधरीले गाईको दुध बेचेर गुजारा गर्दै आएका थिए । बन्दाबन्दीले चिया पसल बन्दहुदा दुधबाट पनि आम्दानी लिन नसक्दा तनावमा थिए चौधरी, ‘उन्ले भने कोरोना भएर थलिनछु कि त्रासले घरमै बसे, घरमै बस्दाको अवस्थामा तिन महिनाको लकडाउनले खाध्यान्न अभाव लगायत तनाव र असज महशुस गरेको थिए’ । तनाव र असज महशुसको अवस्थामा सामाजिक परिवर्तन केन्द्रको खाध्यान्न र स्वास्थ्य सामाग्री राहतले स्वस्थ्य जिवन जिउन मनोबल बढेको बताउनु भयो ।
सोही टोलका ५२ बर्षिय शुभनारायण चौधरीले रिक्सा चलाउदै गुजारा गर्दै आएका थिए । लकडाउनमा रिक्सा चलाउन बन्दहुदा आवश्यक्ता अनुसार पौष्टिक खाना जोड्न नसक्दा मृत्युवरण गर्नु परेको परिवारजनले बताएको छ । छिमेकीको घरमा भाडा लिएर दुइ छोरी संगै बस्दै आएका चौधरीको दश दिन अगाडी निधन भएको हो । क्रियाक्रमकै नवौ दिनमा स्वर्गीय चौधरीको कान्छी छोरी अन्जना चौधरीले परिवर्तन केन्द्रको राहत प्राप्त गरिन् । राहत सहयोगले राम्रै संगले काजक्रिया गरेको भन्दै बुबाको स्वर्गमा वासहुने बिश्वास ब्यक्त गरिन् ।
रामधुनी १ नं. वडा झुम्काको जितबहादुर मगराती दुवै श्रीमान श्रीमति थलिएका छन् । उमेरले शरिर साथ नदिदा बिरामी छन् । जेनतेन खाना पकाएर बाच्नकालागी कोशिस गर्दै आएका छन् । कुनै दिन छिमेकीले खाना पकाएर ल्याई दिने गरेको अवस्था छ । लकडाउनले झनै अवस्था कमजोर बनाउदाको अवस्थामा बुधवार परिवर्तन केन्द्रबाट राहत उपलब्ध गरायो । राहतले थलिएका मगरातीमा बाच्ने आश पलाउदै अहिले लठ्ठीको साहारामा घर वरीपरि हिड्डुल गर्न थालेका छन् । मगरातीले सानो मलिन स्वरमा बोल्दै ‘हामीलाई कोही सहयोग गर्ने पनि छन् यसैले रोग संग पनि लड्ने मनोबल उच्च भएको छ’, ‘घरवरीपरी बिहान बेलुका हिड्डुल गर्छु’ भनेर बताए ।
यसैगरी कोशी गाउँपालिकामा समेत बिपन्नलाई बितरण गरेको राहतले परिवारका सदस्यहरु सहज महशुस गरेका छन् । राहत बितरण गर्दै गर्दाको अवस्थामा अमना खातुन सोही दिनको छाक जोहो गर्न राहत लिन आएकी थिइन् । घरमा हातमुख जोड्न कुनै बिकल्प नहुदाको अवस्थामा राहतले छाकटार्न सहयोग मिलेको उन्ले बताइन् । उन्को घरमा २ बालबालिका सहित ४ जना सदस्यहरु छन् ।
संघीयाशासन प्रणाली सुदृढीकरणकालागी दिर्घकालिन लक्ष्य सहित नागरीक संलग्नता तथा सर्तकता क्षमता अभिबृद्धिको अभियान सहित कार्यक्रमहरु गर्दै आएका सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले रामधुनी नगरपालिका र कोशी गाउँपालिकाका २५–२५ जना अतिबिपन्न परिवारलाई कोभिड राहत बितरण गरेको छ । बुधवार रु ३ हजार १ सय १० रुपैया बराबरको खाध्यान्न सामाग्री राहत बितरण गरेको हो । राहतमा सोनाजिरा मन्सुली चामल २५ केजी, मसुरी दाल ३ केजी, नुन २ प्याकेट, सुर्यमुखि सेलो तेल २ लिटर, चिउरा ३ केजी, हाथधुने डिटोल साबुन ३, भुजा ३ केजी, चना २ केजी, सर्जिकल मास्क १० वटागरी खाध्यान्न तथा स्वास्थ्य राहत सामाग्री बितरण गरेको थियो । संस्थाका संयोजक रमेश भट्टराईको अगुवाईमा राहत बितरणमा नागरिक समाजका प्रतिनिधि, बालबालिका अधिकार कर्मि, सामाजिक अगुवा सरस्वती चौधरी, सिता चौधरी, अमन ढुंगेलले सहयोग गरेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजार बजेट अनुमोदन रोकियो

अर्काे पाेस्ट

रामधुनी ६ नं.वडाका सदस्य लक्ष्मी चौधरीले अनियमित्ताको आरोप माथी दिइन् प्रतिउत्तर, स्थानियको चित्त नबुझ्दा छानबिन समिति गठन

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft