सुनिल चौधरी
झुम्का, असार १४ । रामधुनी ६ नं. वडाका वडा सदस्य लक्ष्मी चौधरीले अनियमित्ता आरोप माथी प्रतिउत्तर दिएकी छन् । शनिवार वडा कार्यलयमा बसेको छलफलमा नगरप्रमुख जयप्रकाश चौधरीको संयोजकत्व, वडाअध्यक्ष हेमनारायण राजधामी, समाज सेवी नन्द बस्नेत, श्याम राजधामी तथा वडावासीहरुको उपस्थितीमा छलफल गर्दै आरोपमाथी वडा सदस्य चौधरीले प्रष्ट पारेकी हुन् ।
मैनीटोलको फलामेपुलमा रंगरोगन नगरी रकम जोगाएको र ग्लोब्लाइज फलामे पाईप लगाउने भनेर लगेको बजेटमा सो अनुसार काम नभएको आरोपमा वडा सदस्यले भनिन् रंगरोगको इस्टिमेट नरहेकोले लगाउन सकेनौ पुग्ने बजेटमा पुर्ण कार्य भएको बताइन् । आरोपमै बिउ बोका बितरणमा परिवारका सदस्यलाई दिएको र सो बोका काटेर खाएको आरोपमा जवाफ दिदै भनिन् बोका बितरण पछि बिरामी भयो बिरामी हुदा वडालाई जानकारी दिनु पर्नेमा काटेर खानु कमि कमजोरी रह्यो भनेर उन्ले बताइन् ।
पहिलो लहरको कोभिड महामारीमा दोस्रो चरणको राहत वडा सदस्य चौधरीको संयोजकत्वमा बितरण भएको र केही राहतका सामाग्री उग्रिएकोमा रेकर्ड अनुसार नरहेको तथा खान योग्य समेत नरहेको आरोप्रतिको प्रतिउत्तर दिदै भनिन् ६ सय ७० केजी चामल उग्रिएकोमा स्टक रहेको छ । स्टक राहत सामाग्री वडाकै भवनमा रहेको जानकारी दिइन् । उग्रिएको राहत बिपन्न परिवारका मरिमराउमा समेत बितरण भएको जानकारी दिईन् । वडा सदस्य आफनै घर अगाडी ह््युम पाईप लगाएको समेत आरोप खेप्दा वडा सदस्य चौधरीले सो बराबरको रकम तिर्ने प्रतिबद्धता गरीन् ।
श्रीमानलाई उपभोक्ता समितिमा राख्दा नातावादको आरोप लाग्दा उन्ले भनिन् उपभोसमितिमा एक ब्यक्तिले राखेर हुदैन् भेलाबाट सर्वसहमतिले समितिको अध्यक्ष चयन भएको स्पष्ट पारेकी छन्् । वडा सदस्य चौधरीलाई आरोप माथीको आरोमा धानको बिउ ५० प्रतिशत छुटको अनुदानमा समेत अनियमित्ता गरेको आरोप झेल्नु पर्दा छानबिन समिति गठन गरी एक हप्ता भित्र प्रतिवेदन बुझाउनु पर्ने निर्णय गरेको छ । लिलिया सदाको संयोजकत्वमा ७ सदस्य रहनेगरी छानबिन समिति गठन गरेको हो ।
छलफपछि वडा कार्यालयले ध्यान आकर्ष पत्र समेत सार्वजानिक गरेको छ । वडा सदस्यलाई लागेको आरोपमा कुनै अनियमित्तता नगरेको टिक्का टिप्पनीका आधारमा अफवाह फैलिएको भन्दै दुःख ब्यक्त गरेको छ । वडा अध्यक्ष हेमनारायण राजधामीको हस्ताक्षरित पत्रमा टिक्का टिप्पनीको पछाडी नलागी वडा कार्यालयले सम्पन्न तथा सम्पादन गरेका कार्यप्रति जानकारीलिन चाहने ब्यक्ति तथा संगठनलाई वडा कार्यालयबाट यथार्थ जानकारी दिने अनुरोध गरिएको छ । तथापी पनि छानबिन समिति गठन भएको छ । समितिले ल्याएको प्रतिवेदन सत्य तथ्य र यथार्थ हेर्नु पर्ने बाँकीनै छ ।

