मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

राजनीतिक प्रतिशोध साध्न मलाई बदनाम गर्न खोजियो ः वडा सदस्य लक्ष्मी चौधरी

by By: रामधुनी खबर
असार १९, २०७८
738

सुनिल चौधरी
झुम्का, असार १९ । राजनीतिक प्रतिशोध साध्न मलाई बदनाम गर्न खोजेको भन्दै रामधुनी ६ नं. वडाका वडा सदस्य लक्ष्मि चौधरीले बिज्ञप्ती जारी गरेकी छन् । नगरपालिकाको नियम, कानुन र नगर सभाबाट पास भएको कार्यक्रम, योजना र बजेटलाई अर्थिक नियमावली समेतलाई ध्यानमा राखी पारदर्शिता रुपमा गरेको कार्यन्व्यन प्रष्ट हुदाहुदै पनि राजनीतिक प्रतिशोधले तथ्यहिन आरोप लगाएको भन्दै बिज्ञप्ती जारी गरेकी हुन् ।
अनियमित्ता गरेको आरोप निराधार, तथ्यहिन, कपोकल्पित रहेको वडा सदस्यले दावि गरेकी छिन् । वडाकार्यालयकै निर्णय अनुसार बिकास निर्माण भएकोले म प्रति लगाएको निराधार आरोप प्रतिशोध लिनकालागी एक पक्षिय रुपले लगाएको वडासदस्य चौधरीले गुनासो गरेकी छन् । आरोप प्रतिको छानबिन समितिमा पराजित ब्यक्ति तथा आरोप लगाएको ब्यक्ति स्वयम रहेकोले यसप्रतिको ब्यवहारले छानबिन समिति निष्पक्ष नहुने वडा सदस्य चौधरीको भनाई रहेको छ । छानबिन माथिल्लो निकायले गर्नु पर्ने माग समेत गरेकी छन् । लिलिया सदाको संयोजकत्वमा पुष्प प्याकुरेल, दिनेश कुमार श्रेष्ठ, मिना शेर्पा, चन्द्र बहादुर, रेवतराम गुरुङ्ग, ललिता देउजा र सदस्य सचिवमा नन्द कुमार श्रेष्ठ रहेको छ । शनिवार समिति गठन गर्दै ट्रस पुल मैनी, बिउ बोका, धानको बिउ, राहत बितरण र ह्युमपाइपको बिषयमा छानबिन गर्ने बताएको छ ।
वडा सदस्य चौधरीले मैनिटोलमा लगाएको फलामेपुल २०७६÷७७ कै आर्थिक बर्षमा प्राबिधिक मुल्याङ्कन भैसकेर फरफारक समेत भएकोले अहिले आएर बजेट तथा योजनामा आरोप लगाउनु राजनीतिक प्रतिशोध रहेको उठान गरिन् । पुलकै लागी पटक पटक रुपमा रकम लगिएको भनेर आरोपमा निराधार रहेको भन्दै नगरपालिकाबाट कुन आर्थिक बर्षमा कहाँ छुट्याएको देखाउन सक्नु पर्ने बताइन् । तिन बर्ष अगाडी वडाले बिनियोजन गरेको बजेटले वडाकार्यालयकै निर्णयबाट मापदण्ड पुगेको समुह र फार्मका किसानलाई बिउ बोका बितरण गरेकोले बोका आफन्तलाई बितरण तथा वडा सदस्यले काटेर खाएको भन्ने आरोप निराधार रहेको दावि गरिन् ।
धानको बिउ बितरण वडाबाट थोरै रहेको थियो तथापी पनि धेरै किसान लाभान्वित हुने उधेश्यले रु ८० रुपैया केजीले लयाएको बिउ ५० प्रशित छुटमा किसानलाई रु ४० रुपैया बितरण गरेकोहुदा यसमा आरोप लगाउने ठाउँनै नरहेको जानकारी दिइन् । राष्ट्रिय सडक बिभागमा निवेदन सहित दुइ ह्युमपाइप डुबान क्षेत्र अन्तर्गतनै लगाएकी छु । उन्ले भनिन् यहा निकास नभएर डुबान हुने गरेको थियो । मेरो नमरीमा छैनन् सार्वजानिक जग्गामा सार्वजानिक हितकैलागी लगाएकोले अनियमित्ताको आरोप उचित नदेखिएको बताइन् । आरोप मात्र ब्यक्तिगत चरित्र हत्या गर्न उद्धत रहेकोले यसमा घोर भर्तसना गर्दछु वडा सदस्य चौधरीले बिज्ञप्तीमा उल्लेख गरेकी छन् ।
राहत सामाग्रीमा आफन्तलाई मनोमानी रुपमा दिएको भनेर आरोप लगायो यसस्मा कहा र कसरी दिए पुष्टि गर्नु पर्ने लगायत वडा कार्यालयमा राखेको राहत मुचुल्का नउठाई अर्को कोठामा सिफ्ट हुदा मलाई जानकारी समेत दिएनन् भनेर मनोमानी गरेको आरोप गलत रहेको बताइन् । गलत आरोप लगाउनु मानवता बर्खिलाप रहेकोले न्याय माग गर्दै मेरो घर परिवारमा कुनै प्रकारको धनजन क्षति भए तिनै ब्यक्तिहरुले जिम्मेवार हुनु पर्ने बताएकी छन ।

    अगाडिकाे पाेस्ट

    रामधुनी ६ नं.वडाका सदस्य लक्ष्मी चौधरीले अनियमित्ताको आरोप माथी दिइन् प्रतिउत्तर, स्थानियको चित्त नबुझ्दा छानबिन समिति गठन

    अर्काे पाेस्ट

    रामधुनीको कोभिड अस्पताल र चार स्वास्थ्य चौकीमा दाता संस्थाबाट स्वास्थ्य सामाग्री सहयोग

    सम्बन्धित अरु

    समाचार

    बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    भदौ ५, २०८३

    चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

    समाचार

    मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    साउन ३१, २०८३

    रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

    अरू हेर्नुहाेस्

    बढी पढिएकाे (३० दिनमा)

    • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

      0 shares
      Share 0 Tweet 0
    • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

      0 shares
      Share 0 Tweet 0
    • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

      0 shares
      Share 0 Tweet 0
    • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

      0 shares
      Share 0 Tweet 0
    • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

      0 shares
      Share 0 Tweet 0

    © रामधुनी खबर
    Developed By: BarahaSoft

    • दर्ता नं. : २०६/२०७६
    • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
    • इमेल : ramdhunikhabarpatrika@gmail.com
    • सम्पर्क : ९८४२४२९१२८
    • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

    No Result
    View All Result
    • गृह
    • समाचार
    • राजनीति
    • स्वस्थ/शिक्षा
    • कृषि
    • खेलकुद
    • विचार/अन्तर्वार्ता/साहित्य
    • बिज्ञान/ प्रबिधि

    © रामधुनी खबर
    Developed By: BarahaSoft