मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको बाख्रा पकेट क्षेत्रमा किसानलाई उन्नत जातका बिउ बोयर बोका र बोयर क्रस पाठी बितरण

by By: रामधुनी खबर
असार २१, २०७८
1062

चन्द्रकला चौधरी
झुम्का, असार २१ । किसानलाई आर्थिक बिकास बृद्धिमा सहयोगकालागी रामधुनी नगरपालिकाले आइतवार बाख्रा पकेट क्षेत्रमा किसानलाई उन्नत जातका बोयर बोका बोयर क्रस पाठी बितरण गरेको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मंत्रालय प्रधानमन्त्रि कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले तिन बोका र पचासवटा बोयर क्रस पाठी तिरण गरेको हो ।
रामधुनी ४ नं.वडालाई बाख्रा पकेट क्षेत्र मानिएको छ । सो क्षेत्रमा रहेको साना व्यवसायिक कृषि फर्म तथा समुहलाई उत्पादन बृद्धि संगै किसानमा आय बृद्धि हुने उधेश्य सहितको घाँसको बिउ समेत बितरण गरेको छ । उन्नत जातको २० के.जी. भन्दा माथीको जातिय गुण भएको बोयर क्रस बोका तथा पाठी प्राप्तले किसान उत्साहित भएको छ । जनजागरण कृषि तथा पशुपालन समुहका कृषक रंजित चौधरीले १ बोयर बोका र बोयर क्रस पाठी २५ वटा प्राप्तगर्दै बाख्रा पालनले ब्यवसाय बढ्ने र यसबाट आर्थिक लाभ लिन सकिने अपेक्षा सहित उन्ले भने नगरपालिकाको सहयोगले उत्साहित छु ।
बाख्रा पालनकालागी ५० प्रतिशत अनुदानमा वडाका रामधुनी बोयर बाख्रा फर्मलाई ५ बोयर क्रसपाठी, रितु बाख्रा पालन फर्मलाई ५, सृजन कृषि फर्मलाई १ बोका र ५ पाठी, आरम्भ कृषि फर्मलाई ५, सप्तकोशी कृषि फर्मलाई १ बोका र ५ बोयर क्रस पाठी बितरण गरिएको छ । बोका तथा पाठीलाई बिमा समेत गरिएको छ । बोयर जातका बाख्रा बितरणले बाख्रा पालक किसानहरुमा उत्पादन बृद्धि तथा आर्थिक क्षमता बृद्धिमा सहयोग पुगी स्वरोजगार लगायत गरिबी निवारणमा सहयोग पुग्ने नगरउपप्रमुख सबिना चौधरीले धारणा ब्यक्त गर्नु भयो । बाख्रा बितरण कार्यक्रममा नगरउपप्रमुखले किसानहरुलाई सचेत समेत गराएको छ । बाख्रलाई खानपान र स्वस्थ्य प्रतिको हेरबिचारमा ध्यान दिनु पर्ने र बिरामी परे वडाकार्यालय, पशु शाखामा खबरगरी स्याहारमा लाग्नु पर्ने सचेत गराउनु भयो ।
बाख्रा बितरण रामधुनी वडा नं. ४ का वडा अध्यक्ष मनेष चौधरीको सभापतित्वमा प्रमुख प्रशासकिय अधिकृत ओकार न्यौपाने, पशु शाखाका दुर्गा प्रसाद पराजुलीले बितरण गर्नु भएको हो । वितरण गरिएका बोकाबाट उत्पादन भएका पाठापाठीको औषत तौल दैनिक १ सय ७० ग्राम बृद्धि हुने र ४– ५ महिनामै बिक्रि योग्य हुने भएकोले बाख्रा पालक किसानले छिटो आर्थिक लाभ लिन सकिने पशु शाखाका दुर्गा प्रसाद पराजुली बताउनु भयो । बोयर बोका र लोकल बाख्राबाट क्रस भएर उत्पादन भएका खसि बोका स्थानीय जातको भन्दा महंगो, पालन गर्न सजिलो र चाँडै बढी तौलका हुने भएकोले बोयर बोकाको माग बढिरहेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको कोभिड अस्पताल र चार स्वास्थ्य चौकीमा दाता संस्थाबाट स्वास्थ्य सामाग्री सहयोग

अर्काे पाेस्ट

कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न रामधुनीको मकै ब्लक क्षेत्रका किसानलाई आधुनिक कृषि उपकरण वितरण

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft