मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु ऐतिहासिक साँकृतिक भूमिमा थारु कल्याणकारिणी सभा इटहरीको भवन शिलान्यास

by By: रामधुनी खबर
चैत्र ४, २०७८
874

सुनिल चौधरी
झुम्का, चैत्र ४ । सुनसरी इटहरी उपमहानगर क्षेत्रको भूभाग थारु समुदायको साँस्कृतिक भूमि हो । थारु समुदायले इटहरीको भूमिमा जन्म देखि मृत्यु सम्मको संस्कार गर्दै आएको पहिचान हाल सम्म पनि धरोहरहरु अवस्थितनै रहेको छ । इटहरीको मुख्य चोक धरान सडक खण्डमा बिच्छुधामी डिहवार ग्रामथान छन् भने इटहरीको बिभिन्न वडामा थारु डिहवार ग्रामथान रहेको छ ।
इटहरी नगरपालिका कार्यालय अवस्थित ठाउँ पनि थारु समुदायबाट रामजी चैधरी(लेखी) र मानपुर चौधरी(लेखी)ले अनुदानमा सहयोगगरी अहिले उपमहानगर स्थापित भएको सर्वविधितै छ । यि पहिचानले पनि इटहरी उपमहानगर क्षेत्र थारु समुदायको साँस्कृतिक भूमि मान्निछ । इटहरीको थारु साँकृतिक भूमिमा विभिनन जातजातिको पहिचानका भौतिक संरचना बनिसके पनि बल्ल थारु कल्याणकारिणी सभा(थाकस) इटहरी नगर समितिको भवन शिलान्यास भएको छ । उपमहानगरपालिकाको रु १० लाख रकम बिनियोजितले भवन निमाणनार्थ इटहरी वडा नं. ५ पचरुखी जनता बहुमुखि क्याम्पसको दक्षिण पुर्व थारु साँस्कृतिक भूमिमा बिहिवार भवन शिलान्यास भएको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारीकलाल चौधरीले भवन शिलान्यास गर्दै बहुबर्षिय योजनामा रु १ करोड लगानीमा संग्राहलय सहितको थाकस भवन निर्माण हुने बताउनु भयो । मेयर चौधरीले भवनको माथिल्लो तल्लामा एक कोठा निर्माणकालागी स्वर्गिय नाथुराम चौधरीको स्मृतिमा रु १ लाखको चेक हस्तान्तरण गर्नु भयो । त्यसैगरी पुष्पलाल स्मृति कक्ष निर्माणकालागि समेत रु १ लाख दिने मेयर चौधरीले घोषणा गर्नु भयो ।
थाकस इटहरीको भवन तिन कठ्ठामा निर्माण गर्ने तयारी रहेको छ । सो ठाउँमा बर्षौ देखि पचरुखि डिहवार ग्रामथान अवस्थित छ । बैशाख १५ गते प्रत्येक साल शिरुवा मेला लाग्ने गरेको छ । नजिकै दक्षिण तर्फ सुकमारी नदि रहेको छ । नदिमा थारु समुदायले समाचखेवा, जितिया पर्व, बिषहैर पुजाँ लगायतका धार्मिक तथा साँस्कृतिक कार्यहरु गर्दै आएको संरक्षक श्याम चौधरीले बताउनु भयो ।
त्याहा थारु साँस्कृति भूमिको जग्गा ब्यक्तिहरुले चारै तिरबाट मिच्दै जादा हालमा १५ कठ्ठा मात्र रहेको छ । थाकस भवन निर्माणले थारु समुदायको साँस्कृतिक भूमि संरक्षण हुने र पहिचान ऐतिहासिक बन्ने बक्ताहरुले बताए । थारु मेयर भएकै कारण र थाकस इटहरीको बर्तमान समितिको चासोले भवन बन्ने सम्भव भएको बक्ताहरुले उठान गरेका छन ।
थाकस इटहरी उपमहानगर सभापति रामरोहन चौधरीको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रमा थारु महिला सभा जिल्ला सभापति शुसिला लेखी, थाकस पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकमार चौधरी, वडा नं. ५ का वडा अध्यक्ष कल्याण बहादुर कार्की, स्थानीय ग्रामथान संरक्षक बन्हुलाल चौधरी, दुखिलाल चौधरीले भवन निमार्ण सफलताको कामना गर्दै सहयोग जुटाउन अहोरात्र खट्ने समेत प्रतिबद्धता गर्नु भयो ।

अगाडिकाे पाेस्ट

फागु पूर्णिमाको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनीको होरी कार्यक्रम

अर्काे पाेस्ट

थारु महिला उत्थान समाज रामधुनीको महिला सशक्तिकरण र उद्धघोषण तालिम समपन्न

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft