मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु ऐतिहासिक साँकृतिक भूमिमा थारु कल्याणकारिणी सभा इटहरीको भवन शिलान्यास

by By: रामधुनी खबर
चैत्र ४, २०७८
897

सुनिल चौधरी
झुम्का, चैत्र ४ । सुनसरी इटहरी उपमहानगर क्षेत्रको भूभाग थारु समुदायको साँस्कृतिक भूमि हो । थारु समुदायले इटहरीको भूमिमा जन्म देखि मृत्यु सम्मको संस्कार गर्दै आएको पहिचान हाल सम्म पनि धरोहरहरु अवस्थितनै रहेको छ । इटहरीको मुख्य चोक धरान सडक खण्डमा बिच्छुधामी डिहवार ग्रामथान छन् भने इटहरीको बिभिन्न वडामा थारु डिहवार ग्रामथान रहेको छ ।
इटहरी नगरपालिका कार्यालय अवस्थित ठाउँ पनि थारु समुदायबाट रामजी चैधरी(लेखी) र मानपुर चौधरी(लेखी)ले अनुदानमा सहयोगगरी अहिले उपमहानगर स्थापित भएको सर्वविधितै छ । यि पहिचानले पनि इटहरी उपमहानगर क्षेत्र थारु समुदायको साँस्कृतिक भूमि मान्निछ । इटहरीको थारु साँकृतिक भूमिमा विभिनन जातजातिको पहिचानका भौतिक संरचना बनिसके पनि बल्ल थारु कल्याणकारिणी सभा(थाकस) इटहरी नगर समितिको भवन शिलान्यास भएको छ । उपमहानगरपालिकाको रु १० लाख रकम बिनियोजितले भवन निमाणनार्थ इटहरी वडा नं. ५ पचरुखी जनता बहुमुखि क्याम्पसको दक्षिण पुर्व थारु साँस्कृतिक भूमिमा बिहिवार भवन शिलान्यास भएको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारीकलाल चौधरीले भवन शिलान्यास गर्दै बहुबर्षिय योजनामा रु १ करोड लगानीमा संग्राहलय सहितको थाकस भवन निर्माण हुने बताउनु भयो । मेयर चौधरीले भवनको माथिल्लो तल्लामा एक कोठा निर्माणकालागी स्वर्गिय नाथुराम चौधरीको स्मृतिमा रु १ लाखको चेक हस्तान्तरण गर्नु भयो । त्यसैगरी पुष्पलाल स्मृति कक्ष निर्माणकालागि समेत रु १ लाख दिने मेयर चौधरीले घोषणा गर्नु भयो ।
थाकस इटहरीको भवन तिन कठ्ठामा निर्माण गर्ने तयारी रहेको छ । सो ठाउँमा बर्षौ देखि पचरुखि डिहवार ग्रामथान अवस्थित छ । बैशाख १५ गते प्रत्येक साल शिरुवा मेला लाग्ने गरेको छ । नजिकै दक्षिण तर्फ सुकमारी नदि रहेको छ । नदिमा थारु समुदायले समाचखेवा, जितिया पर्व, बिषहैर पुजाँ लगायतका धार्मिक तथा साँस्कृतिक कार्यहरु गर्दै आएको संरक्षक श्याम चौधरीले बताउनु भयो ।
त्याहा थारु साँस्कृति भूमिको जग्गा ब्यक्तिहरुले चारै तिरबाट मिच्दै जादा हालमा १५ कठ्ठा मात्र रहेको छ । थाकस भवन निर्माणले थारु समुदायको साँस्कृतिक भूमि संरक्षण हुने र पहिचान ऐतिहासिक बन्ने बक्ताहरुले बताए । थारु मेयर भएकै कारण र थाकस इटहरीको बर्तमान समितिको चासोले भवन बन्ने सम्भव भएको बक्ताहरुले उठान गरेका छन ।
थाकस इटहरी उपमहानगर सभापति रामरोहन चौधरीको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रमा थारु महिला सभा जिल्ला सभापति शुसिला लेखी, थाकस पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकमार चौधरी, वडा नं. ५ का वडा अध्यक्ष कल्याण बहादुर कार्की, स्थानीय ग्रामथान संरक्षक बन्हुलाल चौधरी, दुखिलाल चौधरीले भवन निमार्ण सफलताको कामना गर्दै सहयोग जुटाउन अहोरात्र खट्ने समेत प्रतिबद्धता गर्नु भयो ।

अगाडिकाे पाेस्ट

फागु पूर्णिमाको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनीको होरी कार्यक्रम

अर्काे पाेस्ट

थारु महिला उत्थान समाज रामधुनीको महिला सशक्तिकरण र उद्धघोषण तालिम समपन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft