मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला उत्थान समाज रामधुनीको महिला सशक्तिकरण र उद्धघोषण तालिम समपन्न

by By: रामधुनी खबर
चैत्र १२, २०७८
545

चन्द्रकला चौधरी
झुम्का, चैत्र १२ । थारु महिला उत्थान समाज रामधुनीले महिला सशक्तिकरण, बैठक निर्णय (माइन्युट) र उद्धघोषण तालिम समपन्न गरेको छ । महिलाहरुमा नेतृत्व र क्षमता अभिबृद्धि गर्दै आर्थिक सबलिकरणकालागि पाँच दिवसीय तालिम समपन्न गरेको हो ।
सुनसरी क्षेत्र नं. २ क, प्रदेश सभासदस्य माननीय नवोदिता चौधरीको संसदीय विकास कोषको सहयोगबाट आयोजित तालिममा उद्धघोषण गर्न सक्ने कला र अवस्था, माइन्युट (बैठक निर्णय), अतिथी निमन्त्रणा र योजना माग निवेदन लेखन बिषयमा प्रमुख सहजकर्ता अमर खड्का र सुनिल चौधरीले तालिम दिएका थिए । तालिमले हिमत प्रदान भएको बताउदै अबका दिनहरुमा नेतृत्वगर्ने पदमा आफुले भुमिका खेल्ने छु र जिवनमा परिवर्तन आएकोे समेत महशुस गरेकी छु भन्दै सहभागी प्रशिक्षर्थी निलम खतिवडाले बताउनु भयो ।
तालिमले महिलाहरुमा बोल्ने क्षमता विकास र संस्था संचालनमा सहयोग पुग्ने भएकोले महिला नेतृत्वमा बृद्धिहुने प्रमुख अतिथी सुनसरी क्षेत्र नं. २ क, प्रदेश सभासदस्य माननीय नवोदिता चौधरीले बताउनु भयो । समाजको केही संस्कारले महिलाहरुमा परनिर्भरता बन्न बाध्य बनाएकोले यसलाई चिरदै आत्मनिर्भर तर्फ अग्रसर हुनु पर्ने सुझाव ब्यक्त गर्नु भयो । महिला जनप्रतिनिधिहरु पनि राज्यबाट उपेक्षित रहेकोले राज्यको नीतिगत तह स्तरबाट महिलाहरुको अधिकार सशक्त हुनु पर्ने सांसद चौधरीले बताउनु भयो । नीति निर्माण गर्ने तहमा महिला अधिकारलाई सुनिश्चित हुनसके महिलाहरु उद्यमी र आत्मनिर्भरतामा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
नगरमा नगरपालिकाको सहयोग तथा सरोकारवाला संघ संस्थाहरुको समन्वयमा संचालित कार्यक्रम तालिमहरुबाट महिला सशक्तिकरण भएको प्रत्यक्ष देख्न सकिने नगरप्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । घोङही बगिया थारु भिलेजकी संचालिका सिता थरुनी उद्यमी बनेको, उत्थान समाजको अध्यक्ष भएर निर्धक्क बोल्न सक्ने क्षमता रहेको उदाहरण दिदै संस्थाकै उपाध्यक्ष आशा चौधरी सामाजिक र राजनीतिक रुपमा अगाडी बढीरहेको, सचिव सनम चौधरी कार्यक्रम संचालनको क्षमता विकास भएको प्रत्यक्ष उदाहरण रहेकोले नगरमा महिला सशक्तिकरणको सुरुवात भैसकेकोले सशक्तिकरणकालागि भुमिका खेल्ने सरोकारवालाहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो ।
महिलाहरुमा सिप सम्बन्धि तालिमको आवश्यक्ता रहेको नगर उपप्रमुख सविना चौधरीले आफनो धारणा ब्यक्त गर्नु भयो । महिला सशक्तीकरणकालागि आर्थिक उपार्जन हुने खालका सिप सिकाएर स्वरोजगार बनाउन सके महिला सशक्तिकरणमा थप बल पुग्ने भन्दै उपप्रमुख चौधरीले आफनो धारणा ब्यक्त गुर्नु भएको छ । उहाँले महिलाहरुमा आर्थिक उपार्जन हुने खालका सिप तालिमकालागि संचालित मेडपा कार्यक्रम अन्तर्गत नगरपालिकाले महिलाहरुमा स्वरोजगार बनाउदै गएको समेत बताउनु भयो ।
उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभाध्यक्षमा आयोजित तालिम समापन कार्यक्रममा वडा नं. १ वडा अध्यक्ष महेश चौधरी, योजना प्रमुख हर्षलाल चौधरी, थारु महिला सभा रामधुनी नगर सभापति लिलि चौधरी, नगर महिला समितिकी श्याम कुमारी साह लगायतका बक्ताहरुले महिला अधिकार र सशक्तिकरणका बारेमा बोलेका थिए । तालिममा प्रत्येक वडाबाट ५० जना भन्दा बढी सहभागी भएको उत्थान समाजले जानकारी दिए । कार्यक्रममा सहभागी अतिथी तथा प्रशिक्षार्थिहरुलाई संस्थाकी उपाध्यक्ष आशा चौधरीले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सचिव सनम चौधरीले संचालन गर्नु भएको थियो ।

अगाडिकाे पाेस्ट

थारु ऐतिहासिक साँकृतिक भूमिमा थारु कल्याणकारिणी सभा इटहरीको भवन शिलान्यास

अर्काे पाेस्ट

नौ लाख लिटर क्षमताको झुम्का सहरी खानेपानी शिलान्यास, दुई बर्ष भित्र सम्पन्न हुने

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft