मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नौ लाख लिटर क्षमताको झुम्का सहरी खानेपानी शिलान्यास, दुई बर्ष भित्र सम्पन्न हुने

by By: रामधुनी खबर
चैत्र १३, २०७८
644

सुनिल चौधरी
झुम्का, चैत्र १३ । झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिले खानेपानी बिस्तारकालागि शनिवार झुम्का सहरी खानेपानीको शिलान्यास गरेको छ । संघीय सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरीले ९ लाख लिटर क्षमताको ओभरहेड टैंकी शिलान्यास गर्नु भएको हो ।
रामधुनी नगरवासीहरुमा समयमै स्वच्छ खानेपानी उपलब्ध गराउन समयसिमा भित्रै योजना सम्पन्न गर्न निर्दैशन दिनु भयो । खानेपानी मानव स्वथ्यमा प्रत्यक्ष भुमिका खेल्ने भएकोले पुर्ण ब्यवस्थापनमा ब्यस्थित रुपले संचालन हुनु पर्ने बताउनु भयो । ओभरहेड टैंकी निर्माणले रामधुनी नगरवासी २४ संै घण्टा स्वच्छ खानेपानी पाउने बताउनु भयो । सरकारले एक घर एक धारा रहनेगरी योजना ल्याएकोले बढ्दो जनसंख्या मध्यनजर गर्दै सन् २०३० सम्ममा प्रत्येक घरधुरीले शुद्ध, सुरक्षित, स्वच्छ खानेपानी प्राप्तहुने उठान गर्नु भयो ।
यसैगरी सरकारले अनुमोदन गरेको एमसीसी बिशुद्ध नेपाली नागरिककालागि आर्थिक सबलिकरण सहयोग रहेकोले भ्रममा नपर्न सुझाव ब्यक्त गर्नु भयो । अमेरिकाको सहयोगले जलको धनी नेपाल बिधुत उत्पादनगरी समृद्ध बन्ने र सडक बाटोमा स्तरउन्नतीले पर्यटन र कृषिमा सहयोग पुग्ने भएकोले एमसीसी नितान्त बिशुद्ध सहयोग रहेको बताउनु भयो ।
शिलान्यास कार्यक्रममा प्रदेश सभासदस्य नवोदिता चौधरी, खानेपानी मन्त्रालय सचिव सुरेश आचार्य, नगरप्रमुख जयप्रकाश चौधरी लगायतका बक्ताले खानेपानीको महत्व बारेमा बोल्नु भएको थियो । झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष केशिलाल चौधरीको सभाध्यक्षमा आयोजित शिलान्यास कार्यक्रममा झुम्का सहरी खानेपानी रामधुनी वडा नं. १, २, ३ र ५ मा सेवा क्षेत्र बिस्तार हुने खानेपानी तथा ढल ब्यवस्थापन बिभागका महानिर्दैक सुर्यराज कडेलले जानकारी दिए । लागत अनुमान रु ६१ करोड ७ लाख १२ हजार रहेको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग,नगरपालिका र उपभोक्ताहरुबाट ५ प्रतिशत लागत साझेदारीमा निर्माण हुन लागेको छ । २०७८ पुष १२ गते समझौता भएर दुई बर्षमा सम्पन्न गर्नु पर्ने छ । निर्माणकालागि शर्मा भिमेश्वर जे.भी.ले रु ३६ करोड ५३ लाख ८१ हजारमा ठेक्का पाएको छ ।
सहरी खानेपानीकालागि नयाँ पाइप लाइन बिस्तारगरी सेवा दिने जनाएको छ । ओभरहेड संचालनकालागि डिप टयुवेल ३ वटा, सर्भिस रिजर्भ टैंक १, ओभरहेड टैंक १, प्रशोधन प्रणाली ४ वटा, फायर हाड्रान्त १० वटा, संरचना निर्माण हुने छ भने पहिलो चरणमा ४ हजार ३१ वटा घरधुरीमा कनेक्शन गर्ने समितिले जनाएको छ । शिलान्यास कार्यक्रम सचिव प्रेम कुमार खड्काले संचालन गरेको थियो ।

अगाडिकाे पाेस्ट

थारु महिला उत्थान समाज रामधुनीको महिला सशक्तिकरण र उद्धघोषण तालिम समपन्न

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको ८ औँ साधारण सभामा बन्दसत्र सुरुहुनु अगावै स्थगित

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft