मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नौ लाख लिटर क्षमताको झुम्का सहरी खानेपानी शिलान्यास, दुई बर्ष भित्र सम्पन्न हुने

by By: रामधुनी खबर
चैत्र १३, २०७८
666

सुनिल चौधरी
झुम्का, चैत्र १३ । झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिले खानेपानी बिस्तारकालागि शनिवार झुम्का सहरी खानेपानीको शिलान्यास गरेको छ । संघीय सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरीले ९ लाख लिटर क्षमताको ओभरहेड टैंकी शिलान्यास गर्नु भएको हो ।
रामधुनी नगरवासीहरुमा समयमै स्वच्छ खानेपानी उपलब्ध गराउन समयसिमा भित्रै योजना सम्पन्न गर्न निर्दैशन दिनु भयो । खानेपानी मानव स्वथ्यमा प्रत्यक्ष भुमिका खेल्ने भएकोले पुर्ण ब्यवस्थापनमा ब्यस्थित रुपले संचालन हुनु पर्ने बताउनु भयो । ओभरहेड टैंकी निर्माणले रामधुनी नगरवासी २४ संै घण्टा स्वच्छ खानेपानी पाउने बताउनु भयो । सरकारले एक घर एक धारा रहनेगरी योजना ल्याएकोले बढ्दो जनसंख्या मध्यनजर गर्दै सन् २०३० सम्ममा प्रत्येक घरधुरीले शुद्ध, सुरक्षित, स्वच्छ खानेपानी प्राप्तहुने उठान गर्नु भयो ।
यसैगरी सरकारले अनुमोदन गरेको एमसीसी बिशुद्ध नेपाली नागरिककालागि आर्थिक सबलिकरण सहयोग रहेकोले भ्रममा नपर्न सुझाव ब्यक्त गर्नु भयो । अमेरिकाको सहयोगले जलको धनी नेपाल बिधुत उत्पादनगरी समृद्ध बन्ने र सडक बाटोमा स्तरउन्नतीले पर्यटन र कृषिमा सहयोग पुग्ने भएकोले एमसीसी नितान्त बिशुद्ध सहयोग रहेको बताउनु भयो ।
शिलान्यास कार्यक्रममा प्रदेश सभासदस्य नवोदिता चौधरी, खानेपानी मन्त्रालय सचिव सुरेश आचार्य, नगरप्रमुख जयप्रकाश चौधरी लगायतका बक्ताले खानेपानीको महत्व बारेमा बोल्नु भएको थियो । झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष केशिलाल चौधरीको सभाध्यक्षमा आयोजित शिलान्यास कार्यक्रममा झुम्का सहरी खानेपानी रामधुनी वडा नं. १, २, ३ र ५ मा सेवा क्षेत्र बिस्तार हुने खानेपानी तथा ढल ब्यवस्थापन बिभागका महानिर्दैक सुर्यराज कडेलले जानकारी दिए । लागत अनुमान रु ६१ करोड ७ लाख १२ हजार रहेको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग,नगरपालिका र उपभोक्ताहरुबाट ५ प्रतिशत लागत साझेदारीमा निर्माण हुन लागेको छ । २०७८ पुष १२ गते समझौता भएर दुई बर्षमा सम्पन्न गर्नु पर्ने छ । निर्माणकालागि शर्मा भिमेश्वर जे.भी.ले रु ३६ करोड ५३ लाख ८१ हजारमा ठेक्का पाएको छ ।
सहरी खानेपानीकालागि नयाँ पाइप लाइन बिस्तारगरी सेवा दिने जनाएको छ । ओभरहेड संचालनकालागि डिप टयुवेल ३ वटा, सर्भिस रिजर्भ टैंक १, ओभरहेड टैंक १, प्रशोधन प्रणाली ४ वटा, फायर हाड्रान्त १० वटा, संरचना निर्माण हुने छ भने पहिलो चरणमा ४ हजार ३१ वटा घरधुरीमा कनेक्शन गर्ने समितिले जनाएको छ । शिलान्यास कार्यक्रम सचिव प्रेम कुमार खड्काले संचालन गरेको थियो ।

अगाडिकाे पाेस्ट

थारु महिला उत्थान समाज रामधुनीको महिला सशक्तिकरण र उद्धघोषण तालिम समपन्न

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको ८ औँ साधारण सभामा बन्दसत्र सुरुहुनु अगावै स्थगित

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft