मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघको ८ औँ साधारण सभामा बन्दसत्र सुरुहुनु अगावै स्थगित

by By: रामधुनी खबर
चैत्र २०, २०७८
674

राख संवाददाता
झुम्का, चैत्र २० । झुम्का उद्योग बाणिज्य संघ समितिको ८ औँ साधारण सभा उद्धघाटन समारोह सम्पन्न भएपनि बन्द सत्र प्रभावित भएको छ । कार्य समितिको अथक प्रयास रहेपनि सदस्यहरुको गणक पुरक संख्या नपुग्दा बन्द सत्रहुनु अगावै अध्यक्ष धमेन्द्र साहले बन्दसत्र स्थगित भएको घोषणा गरेका हुन् ।
संस्थामा नविकरण गरेका र नयाँ दर्ता अनुसार झुम्का उद्योग बाणिज्य संघमा ९ सय ८७ सदस्यहरु आबद्ध छन् । संघको बिधान अनुसार सदस्यको उपस्थिती हुनुपर्नेमा सो अनुसार सदस्य उपस्थित नहुदा अध्यक्ष साहले बन्दसत्र सुरुहुनु अगावै स्थागितको घोषणा गर्नु परेको हो । कार्यसमिति २०७३ फागुन २० गते कार्यभार लिएपनि हाल सम्म साधारण सभा हुन सकेको छैन । ८ औ साधारण सभाले सम्पुर्ण बर्षको एकै पटक आय ब्यय विवरण प्रस्तुत गर्न तयारी गरेपनि सफल हुन नसक्दा स्थनीय तहको चुनाव अगाडी पुन साधारण सभा गर्न सम्भव नहुने अध्यक्ष साहले जानकारी दिए । बार्षिक साधारण सभा गर्नु पर्ने प्रावधान भएपनि बिश्व महामारी, राजनीतिक अस्थिरताले बार्षिक साधारण सभा गर्न नसकेको समितिले जनाएको छ ।
रामधुनी नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्धघाटन समारोह भएको हो । नगर प्रमुख चौधरीले सभालाई सम्बोधन गर्नुहुदै व्यापारीहरु उपस्थित हुन नसक्नुको कारण बाणिज्य संघको कमिकमजोरी सुधार गर्नु पर्ने बताउनु भयो । झुम्का उद्योग बाणिज्य संघ केन्द्रिय समितिमा आबद्ध भएर संचलनहुन सके प्रभावकारीता बढ्ने सुझाव दिनु भयो । यसैगरी उद्योगी ब्यापारीको हितमा संघले नगरपालिका संघ समन्वय गर्न ध्यान र चासो नदिदा व्यवसायीहरुमा संस्था संगको अपनत्व गुमेको नगरप्रमुख चौधरीले बताउनु भएको हो ।
बाणिज्य संघको अध्यक्ष साहको सभाध्यक्षमा आयोजित साधारण सभामा बक्ताहरुले बोल्दै बाणिज्य संघमा राजनीतिक हस्तक्षेप हुदै आएकोले बिशुद्ध रुपमा काम गर्न नसकेको उठान गरेका छन् । राजनीतिक हस्तक्षेपले राजनीतिक अख्डानै बनेको बक्ताहरुले बताएका हुन । सभामा पुर्व अध्यक्ष सगेन चौधरी, वडाअध्यक्ष महेश चौधरी, नेपाली काग्रेशका नगर अध्यक्ष सुदिप अधिकारी, नेकपा एसका नगर अध्यक्ष युवराज कट्वाल, मिथिला एकता समाज रामधुनीका भोला रौनियार, झुम्का जेसिजका सुबोध घिमिरेले संस्थाको कमिकमजोरी र सुझावहरुको बारेमा बोलेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष सुजित रायले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन बाणिज्य सचिव दुर्गा फुयालले गरेका थिए । कार्यक्रम संयोजक सदस्य सिता थरुनीले गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

नौ लाख लिटर क्षमताको झुम्का सहरी खानेपानी शिलान्यास, दुई बर्ष भित्र सम्पन्न हुने

अर्काे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघमा राजनीतिक अख्डाले ब्यापारीको हितमा काम गर्न नसकेको होः रौनियार

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft