मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघमा राजनीतिक अख्डाले ब्यापारीको हितमा काम गर्न नसकेको होः रौनियार

by By: रामधुनी खबर
चैत्र २०, २०७८
736

राख संवाददाता
झुम्का, चैत्र २० । झुम्का उद्योग बाणिज्य संघ बिशुद्ध उद्योगी ब्यापारीहरुको संगठन हुनु पर्नेमा राजनीतिक अख्डा बन्दै गएको आरोप लगाएका छन् । संघमा राजनीतिक हस्तक्षेप ग्रस्त र ब्यक्तिवादी हावीका कारण उद्योगी ब्यापारीहरुको हितमा काम गर्न नसकेको मिथिला एकता समाजका भोला रौनियारले आरोप लगाएका हुन ।
बाणिज्य संघको ८ औँ साधारण सभामा बोल्दै संघको १४ बर्ष भयो जति पनि समिति आएपनि बार्षिक साधारण सभा बार्षिक रुपमा गर्न नसकेको रौनियारले बताए । संस्थाको गतिविधिलाई पार्दशिता गर्न नसक्दा संस्थाको बिश्वास प्रतिको आस्था गुम्दै गएको उन्को भनाई रहेको छ । संघको समितिको काम गर्ने असक्षमताले ब्यापारीहरुको हितमा काम हुन नसक्दा झुम्काबाट ब्यपारीहरु बिस्थापित हुन बाध्य परेको बताए । समितिमा निर्वाचित भैरहदा गरेको घोषणा प्रतिबद्धता समेतमा काम गर्न नसक्दा ब्यापारिक केन्द्र बन्दै गरेकोमा झुम्कालाई ध्वस्त बनाएको समेत रौनियारको आरोप रहेको छ ।
अबका दिनमा रामधुनी नगर क्षेत्र औधोगिक क्षेत्र र कृषि क्षेत्र बर्गिकरण हुनु पर्ने समेत रौनियारले ध्यान आकर्षण गराएका छन् । नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सभामा औधोगिक क्षेत्र र कृषि क्षेत्र बर्गिकरणगरी विकास गर्नु पर्ने समेत मिथिला एकता समाजका रौनियारले आफनो धारणा राखेका हुन ।
यसैगरी पुर्व अध्यक्ष सगेन चौधरीले पनि आफु अध्यक्ष रहदा आफुलाई राजनीतिक दवाव आएको बताए । तथापी पनि सो दवावलाई पन्छाउदै स्वतन्त्र रुपले काम गरेको अनुभव सुनाए । ब्यपारीहरु राजनीतिककालागि पार्टी खोज्दै आउने गरेकोले राजनीतिक हुनु स्वाभाविक रहेको नेपाली कागे्रश अध्यक्ष सुदिप अधिकारले बताए । राजनीतिक सबै क्षेत्रमा हुने गरेपनि कति हद सम्म गर्नु पर्नेमा धेयय राख्नु पर्ने समेत सुझाव नेपाली कागे्रश अध्यक्ष अधिकारीको रहेको छ ।

झुम्का उद्योग बाणिज्य संघ समितिको ८ औँ साधारण सभा उद्धघाटन समारोह सम्पन्न भएपनि बन्द सत्र प्रभावित भएको छ । कार्य समितिको अथक प्रयास रहेपनि सदस्यहरुको गणक पुरक संख्या नपुग्दा बन्द सत्रहुनु अगावै अध्यक्ष धमेन्द्र साहले बन्दसत्र स्थगित भएको घोषणा गरेका हुन् । संस्थामा नविकरण गरेका र नयाँ दर्ता अनुसार झुम्का उद्योग बाणिज्य संघमा ९ सय ८७ सदस्यहरु आबद्ध छन् । संघको बिधान अनुसार सदस्यको उपस्थिती हुनुपर्नेमा सो अनुसार सदस्य उपस्थित नहुदा अध्यक्ष साहले बन्दसत्र सुरुहुनु अगावै स्थागितको घोषणा गर्नु परेको हो ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको ८ औँ साधारण सभामा बन्दसत्र सुरुहुनु अगावै स्थगित

अर्काे पाेस्ट

डिहवार थान साँस्कृतिक भूमिमा “जुरशितल”२०७९ कार्यक्रम मनाउने था.म.स.सुनसरीको तयारी

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft