मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

डिहवार थान साँस्कृतिक भूमिमा “जुरशितल”२०७९ कार्यक्रम मनाउने था.म.स.सुनसरीको तयारी

by By: रामधुनी खबर
चैत्र २५, २०७८
597

सुनिल चौधरी
झुम्का,चैत्र २५ । थारु महिला सभा जिल्ला कार्यसमिति सुनसरीले इटहरीको थारु साँस्कृतिक भूमिमा जुरशितल र शिरुवा पर्व २०७९ कार्यक्रम आयोजना गर्ने भएको छ । आदिवासी भूमिपुत्र थारु समुदायले परमपरागत रुपमा मनाउदै आएको जुरशितल र शिरुवा पर्वलाई राज्यको नीतिग तह स्तरबाटै संरक्षण र प्रवद्र्धन हुनुपर्ने शन्देस दिनकालागी सभा सुनसरीले थारु साँस्कृतिक भूमिमा सो कार्यक्रमको आयोजना गर्ने जिल्ला समितिका अध्यक्ष सुशिला लेखीले जानकारी दिनु भयो ।
तेस्रो जिल्ला अधिवेशनबाट सुशिला लेखीको अध्यक्षतामा सर्वसहमत चयन भएका नव कार्य समितिले इटहरीको थारु साँस्कृतिक भूमिमा सामुहिक भेला भएर एक आपसमा पानी छर्किएर जुरशितल र शिरुवा पर्व मनाउने भएको छ । गतबर्षहरुमा पनि जुरशितल र शिरुवा पर्व मनाउदै आएको समितिले यस बर्ष पनि निरन्तरता दिदै नव बर्ष २०७९को स्वागत एवं शुभकामना आदान प्रदान समेतको कार्यक्रम रहने जिल्ला समितिले जनाएको छ ।
कार्यक्रम चैत्र २८ गते सोमवार इटहरी उपमहानगरपालिका वडा नं. ५ पचरुखी ग्रामदेव थान एवं थाकस इटहरी भवन निर्माण स्थलमा हुने समितिले जनाएको छ । जुरशितल विहानै मनाउने भएकोले समितिले जुरशितल र शिरुवा पर्व मनाउने समय सोहिदिन बिहान ९ः०० बजेको समय तय गरेको छ । समय अनुसार उपस्थितीहुन अतिथी तथा सदस्य लगायत शुभेच्छुकहरुमा समितिले अनुरोध गरिएको छ ।
सभा जिल्लाको नेतृत्वमा सर्वसहमतिले जिम्मेवारी पाउनु भएका अध्यक्ष सुशिला लेखी महिला सभालाई क्रियाशिल र बृहत बनाउनकालागि सुनसरीमा महत्वपुर्ण भुमिका खेल्दै आउनुभएको छ । पर्वको महत्व उठानका साथै सुनसरीका थारु महिलाहरुको एकजुट, जागरुक्ता, नेतृत्व विकासकालागी यो कार्यक्रम गर्न लागेको जिल्ला अध्यक्ष लेखीले जानकारी दिनुभयो ।
थारु समुदायले सुख, शान्ति प्रगती तथा लामो आयुको कामना गर्दै ग्रामथान देवता घर, कुल देवतालाई जल अर्पण गरि आफु भन्दा ठुलो मान्छेको खुट्टामा तथा आफु भन्दा सानो मान्छेको शिरमा पानी छर्कीदै जुरशितल भन्दै शिरुवा पर्व मनाउँने गरिन्छ ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघमा राजनीतिक अख्डाले ब्यापारीको हितमा काम गर्न नसकेको होः रौनियार

अर्काे पाेस्ट

रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft