मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

डिहवार थान साँस्कृतिक भूमिमा “जुरशितल”२०७९ कार्यक्रम मनाउने था.म.स.सुनसरीको तयारी

by By: रामधुनी खबर
चैत्र २५, २०७८
632

सुनिल चौधरी
झुम्का,चैत्र २५ । थारु महिला सभा जिल्ला कार्यसमिति सुनसरीले इटहरीको थारु साँस्कृतिक भूमिमा जुरशितल र शिरुवा पर्व २०७९ कार्यक्रम आयोजना गर्ने भएको छ । आदिवासी भूमिपुत्र थारु समुदायले परमपरागत रुपमा मनाउदै आएको जुरशितल र शिरुवा पर्वलाई राज्यको नीतिग तह स्तरबाटै संरक्षण र प्रवद्र्धन हुनुपर्ने शन्देस दिनकालागी सभा सुनसरीले थारु साँस्कृतिक भूमिमा सो कार्यक्रमको आयोजना गर्ने जिल्ला समितिका अध्यक्ष सुशिला लेखीले जानकारी दिनु भयो ।
तेस्रो जिल्ला अधिवेशनबाट सुशिला लेखीको अध्यक्षतामा सर्वसहमत चयन भएका नव कार्य समितिले इटहरीको थारु साँस्कृतिक भूमिमा सामुहिक भेला भएर एक आपसमा पानी छर्किएर जुरशितल र शिरुवा पर्व मनाउने भएको छ । गतबर्षहरुमा पनि जुरशितल र शिरुवा पर्व मनाउदै आएको समितिले यस बर्ष पनि निरन्तरता दिदै नव बर्ष २०७९को स्वागत एवं शुभकामना आदान प्रदान समेतको कार्यक्रम रहने जिल्ला समितिले जनाएको छ ।
कार्यक्रम चैत्र २८ गते सोमवार इटहरी उपमहानगरपालिका वडा नं. ५ पचरुखी ग्रामदेव थान एवं थाकस इटहरी भवन निर्माण स्थलमा हुने समितिले जनाएको छ । जुरशितल विहानै मनाउने भएकोले समितिले जुरशितल र शिरुवा पर्व मनाउने समय सोहिदिन बिहान ९ः०० बजेको समय तय गरेको छ । समय अनुसार उपस्थितीहुन अतिथी तथा सदस्य लगायत शुभेच्छुकहरुमा समितिले अनुरोध गरिएको छ ।
सभा जिल्लाको नेतृत्वमा सर्वसहमतिले जिम्मेवारी पाउनु भएका अध्यक्ष सुशिला लेखी महिला सभालाई क्रियाशिल र बृहत बनाउनकालागि सुनसरीमा महत्वपुर्ण भुमिका खेल्दै आउनुभएको छ । पर्वको महत्व उठानका साथै सुनसरीका थारु महिलाहरुको एकजुट, जागरुक्ता, नेतृत्व विकासकालागी यो कार्यक्रम गर्न लागेको जिल्ला अध्यक्ष लेखीले जानकारी दिनुभयो ।
थारु समुदायले सुख, शान्ति प्रगती तथा लामो आयुको कामना गर्दै ग्रामथान देवता घर, कुल देवतालाई जल अर्पण गरि आफु भन्दा ठुलो मान्छेको खुट्टामा तथा आफु भन्दा सानो मान्छेको शिरमा पानी छर्कीदै जुरशितल भन्दै शिरुवा पर्व मनाउँने गरिन्छ ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघमा राजनीतिक अख्डाले ब्यापारीको हितमा काम गर्न नसकेको होः रौनियार

अर्काे पाेस्ट

रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft