मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य

by By: रामधुनी खबर
चैत्र २५, २०७८
544

चन्द्रकला चौधरी
झुम्का, चैत्र २५ । टाइफाइड रोग बिरुद्धको खोप संचालनको राष्ट्रिय अभियान २०७८ चैत्र २८ गते देखी बैशाख १८ गते भित्र सम्पन्न हुदै छ । खोप संचालनको राष्ट्रिय अभियान अन्तर्गत रामधुनी नगरमा १७ हजार ५५३ बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
टाइफाइड संक्रमण सबै उमेर समुहमा हुने रोग भएपनि १५ बर्ष मुनिका बालबालिकामा बढी संक्रमण हुने रोग हुन । यस रोग बिरुद्ध खोपबाट कोही बालबालिका बञ्चित नहुन प्रचार प्रसारमा र स्वास्थ्य कर्मी तथा स्वास्थ्य स्वयम सेविकाहरु क्रियासिल रुपमा काम गर्न प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले निर्दैशन दिनु भयो ।
नेपालमा टाइफाइड रोग उच्च रहेकोले खोप अभियान संचालन गर्नु पर्ने आवश्यत्ता अनुसार १५ महिना देखि १५ बर्षसम्मका सबै बालबालिकालाई नछुटाई खोप लगाउने अभियानको लक्ष्य रहेको स्वास्थ्य शाखा रामधुनीका नगेन्द्र पौडेलले बताए ।
स्वास्थ्य शाखा रामधुनीले टाइफाइड रोग बिरुद्धको खोप बारेमा जानकारी दिदै रामधुनीको ९ स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गर्ने जनाएको छ । वडा नं. १ मा भासि स्वास्थ्य चौकीबाट ५ स्थानमा खोप केन्द्र निर्धारणगरी १ हजार ८१३ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए ।
यसैगरी वडा नं. २ सहरी स्वास्थ्य केन्द्रबाट ५ स्थानमा खोप केन्द्र राखी ८३४ जना बालबालिकालाई खोप अभियानमा समावेस गर्ने छन् । वडा नं. ३ मा सिंगिया स्वास्थ्य चौकीबाट ८ स्थानमा खोप केन्द्रराखी ३ हजार ४२७ जना बालबालिकाको लक्ष्य, वडा नं. ४ मा सहरी स्वास्थ्य केन्द्रबाट ४ स्थानमा खोप केन्द्रराखी १ हजार ५२३ जना बालबालिकाको लक्ष्य, वडा नं. ५ मा आधारभुत स्वास्थ्य केन्द्रबाट १० स्थानमा खोप केन्द्रराखी ४ हजार ४०४ जना बालबालिका खोप लगाउने लक्ष्य रहेको छ ।
वडा नं. ६ मा बक्लौरी स्वास्थ्य चौकीबाट १० स्थानमा खोप केन्द्रराखी १ हजार ८१६ जना बालबालिका लक्ष्य, वडा नं. ७ मा आधारभुत स्वास्थ्य केन्द्रबाट ५ स्थानमा खोप केन्द्रराखी १ हजार ४७९ जना बालबालिकाको लक्ष्य, वडा नं. ८ मा डुम्राहा स्वास्थ्य चौकीबाट २ स्थानमा खोप केन्द्रराखी ७१५ जना बालबालिकाको लक्ष्य, वडा नं. ९ मा आधारभुत स्वास्थ्य केन्द्रबाट ४ स्थानमा खोप केन्द्रराखी १ हजार ५२३ जना बालबालिकाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा रामधुनीले जनाएको छ ।

टाइफाइड ज्वरो कसरी सर्छ ?
यो ज्वरो संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोगका जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने गरिन्छ । यो रोग संक्रमित व्यक्तिको ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो ।
यो खोप कस्तो अवस्थाको व्यक्तिले लिनु हुँदैन
बिगतमा कुनै खोप लिदाँ गम्भीर पक्रारको प्रतिक्रिया एलर्जी देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको र एड्सको लक्षण देखिएका व्यक्तिहरुले दिनु हुँदैन ।साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त हुने गरि बिरामी भएका व्यक्तिलाई पनि यो खोप दिनु हुँदैन तर बिरामी ठीक भईसके पछि खोप लिन सकिन्छ ।
यो खोप लगाए पछि के के असरहरु देखिन सक्छ त ?
यो खोप लगाएपछि अन्य खोपहरु लगाएको समयमा जस्तै केही सामान्य सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टायको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने आदी असरहरु हुनस्क्छन् र यस्ता सामान्य लक्षणहरु आफै बिस्तारै ठीक भएर जान्छन् । यस्ता सामान्य लक्षणहरु बाहेक अन्य जटिलता देखा परेमा भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

अगाडिकाे पाेस्ट

डिहवार थान साँस्कृतिक भूमिमा “जुरशितल”२०७९ कार्यक्रम मनाउने था.म.स.सुनसरीको तयारी

अर्काे पाेस्ट

टाइफाइड रोग बिरुद्ध खोप रामधुनी नगरमा १ र ५ नं.वडाको यी स्थानमा खोपकेन्द्र संचालन हुने

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft