मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मौलिक थारु हस्तकलालाई प्रवद्र्धन र व्यवसायिक बनाउन धमा, मना बुन्ने तालिम सम्पन्न

by By: रामधुनी खबर
चैत्र २७, २०७८
730

सुनिल चौधरी
झुम्का,चैत्र २७ । पुस्ताहस्तान्तरण हुन नसक्दा लोप अवस्थामा पुगेको मौलिक थारु हस्तकला उजागर गर्न थारु महिला सभा इटहरी उपमहानगर समितिले धमा, मना, दौरा बुन्ने तालिम आयोजना गरी सम्पन्न गरेको छ । पौराणिक तथा मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको थारु हस्तकलालाई उजागरगरी व्यवसायिक बनाउन १५ दिने तालिम शनिवार समपन्न गरेको हो ।
थारु महिला सभा जिल्ला समिति अध्यक्ष सुशिला लेखीको प्रमुख आतिथ्यतामा तालिममा सक्रृयसहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । सिकी, गवहा, मोथी, खोसाबाट धमा, मना बनाइन्छ । प्रकृतिक पर्यावरण उत्पादित बस्तुबाट टोक्नी, सियो, धागोले निर्माणगरी खाध्यान्न सामानहरु राख्ने भाडा कुडाका प्रकार हुन । यसमा राखिएका सामान धार्मिक तथा स्वास्थ्यको रुपले शुद्ध मानिएकोहुदा थारु समुदाय पौराणिक अवस्था देखिनै धमा, मना, दौरा, ढकीया बनाई प्रयोग गर्दै आएका छन ।
स्थानीय स्रोत साधनले निर्माणहुने धमा, मना, दौरा बुन्ने तालिमबाट प्राप्त सिपलाई व्यवहारिक बनाई आयआर्जन गर्नुपर्ने बक्ताहरुले सुझाव दिएका छन् । समापन कार्यक्रममा प्रमुख अतिथी लेखीले थारु महिलाहरु आफनो सिप कौशलताले उद्यमी बन्नु पर्ने बताउनु भयो । धमा मना तालिमले व्यवसायिक मात्र हैन समग्र थारुको ऐतिहासिकता र पहिचान झल्किने भएकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको जिल्ला अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी लेखीले बताउनु भयो ।
पुस्ता हस्तान्तरण हुन नसक्दा हालमा थारु हस्तकलाहरु लोप हुदै गएकोले तालिमकै आयोजनागरी प्रवद्र्धन गर्न प्रयास गरिएको महिला सभा इटहरी अध्यक्ष सुनिता चौधरीले बताउनु भयो । तालिमको १५ दिन २० जना सक्रृय सहभागीताले सम्पन्न गरेको अध्यक्ष चौध्रीले जानकारी दिनु भएको हो । हालमा प्रचलित प्लाष्टिकका भाडाकुडाले मानव स्वस्थ्यमा गम्भिर समस्याहरु उत्पन्न गर्ने भएकोले अबका दिनहरुमा मानव अस्तित्व जोगाउन थारु हस्तकला प्रयोग गर्नै पर्ने अवस्था आएको उपस्थित थारु अगुवाहरुको सझाव छ । समापनमा बक्ताहरु थारु कल्याणकारिणी केन्द्रिय सदस्य उर्मिला गच्छदार, थारु कानुन ब्यवसायि सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,इटहरी १६ नं. वडा सदस्य तेजनारायण चौधरी, महिला सभा सल्लाहकार तेजनारायण चौधरी, थारु महिला उत्थान सामाजकी उपाध्यक्ष आशा चौधरी, महिला सभा पुर्व केन्द्रिय सचिव सुशिला चौधरी, महिला सभा रामधुनी नगर कोषाध्यक्ष ललिता चौधरीले प्रशिक्षार्थिहरुलाई थारु हस्तकलामा प्रोत्साहन गरेका थिए ।
मौलिक थारु हस्तकलालाई व्यवसायिक बनाउन धमा, मना बुनाई तालिम इटहरी चौधरी टोलकी चन्द्रकला चौधरी र दुर्गा देवी चौधरीले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रम संचालन नगर सचिव लक्ष्मि चौधरीले गर्नु भयो भने स्वागत मन्तब्य नगर कोषाध्यक्ष अनिता चौधरीले राख्नु भयो । तालिम ब्यवस्थापन सहसचिव जिवन चौधरीले गरेको थारु महिला सभा इटहरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

टाइफाइड रोग बिरुद्ध खोप रामधुनी नगरमा १ र ५ नं.वडाको यी स्थानमा खोपकेन्द्र संचालन हुने

अर्काे पाेस्ट

रामनवमीमा २०३९ साल देखि रामधुनी मन्दिरमा मेलाको निरन्तरता, भक्तजनहरुको अखण्ड धुनी दर्शन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft