मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तीजको अवसरमा रामधुनी नगर महिला समितिको शुभकामना र दरखाने कार्यक्रमको आयोजना

by By: रामधुनी खबर
भदौ ९, २०७९
754

राख संवाददाता
झुम्का, भदौ ९ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा बिहिवार रामधुनी नगर महिला समितिको आयोजनामा शुभकामना र दरखाने कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान र निवर्तमान उपमेयर तारा थापा र सविना चौधरीको उपस्थितीमा पर्वको महत्व झल्काउँदै ‘तीज विशेष कार्यक्रम २०७९’ कार्यक्रम सम्पन्न गरेको हो ।
परापूर्वकालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजको दरखाने कार्यक्रममा मीठा मीठा परिकारका साथ दर खाने गरीन्छ ।
कार्यक्रममा अतिथी लगायतका उपस्थित महिलाहरु नाचेर उद्घाटन गरिएको थियो । तीज गीतमा मेयर संकरलाल चौधरी,उपमेयर तारा थापा,निवर्तमान उपमेयर सविना चौधरी,प्रमुख प्रशासकिय अधिकृत कमल थापा,शिक्षा शाखा प्रमुख राजन गेलाल लगायतका सहभागीहरुले नाच्नु भएको थियो । तीजको गीत बज्न बितिकै प्रमुख प्रसाशकिय अधिकृत थापाले पहिलो नृत्यगरी सहभागी सबैलाई नचाएका थिए ।
कार्यक्रममा बक्ताहरुले तीजको अवसरमा शुभकामना ब्यक्त गर्नु भयो । महिलाहरुको महान पर्व तीजको अवसरमा निवर्तमान उपमेयर चौधरीले शुभकामना ब्यक्त गर्दै मनोकांक्षा पुरा होस भन्ने कामना ब्यक्त गर्नु भयो । नगर महिला समिति अध्यक्ष डायन्द्रा ढुंगानाको सभापतित्वमा भएको सो कार्यक्रममा समाजिक परिवेस र मौलीकता र परम्पराको समेत ख्याल गर्दै सभ्यतापुर्बक तीजलाइ मनाउँनुपर्नेमा जोड दिएको थियो । कार्यक्रममा आयोजक समितिकी उपाध्यक्ष सिता थरुनीले शब्द स्वागत गर्नु भएको थियो भने कार्यक्रम कल्पना अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

अगाडिकाे पाेस्ट

नेपाल महिला संघ रामधुनीको तीज तथा जितिया बिशेष कार्यक्रम समपन्न

अर्काे पाेस्ट

रोपाइँ सम्पन्नको अवसरमा थारु समुदायमा “रैब पर्व” सुरु भएसंगै “बिषहैर पूजा”को डाली राख्दै

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft