मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तीजको अवसरमा रामधुनी नगर महिला समितिको शुभकामना र दरखाने कार्यक्रमको आयोजना

by By: रामधुनी खबर
भदौ ९, २०७९
731

राख संवाददाता
झुम्का, भदौ ९ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा बिहिवार रामधुनी नगर महिला समितिको आयोजनामा शुभकामना र दरखाने कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान र निवर्तमान उपमेयर तारा थापा र सविना चौधरीको उपस्थितीमा पर्वको महत्व झल्काउँदै ‘तीज विशेष कार्यक्रम २०७९’ कार्यक्रम सम्पन्न गरेको हो ।
परापूर्वकालमा हिमालय पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजको दरखाने कार्यक्रममा मीठा मीठा परिकारका साथ दर खाने गरीन्छ ।
कार्यक्रममा अतिथी लगायतका उपस्थित महिलाहरु नाचेर उद्घाटन गरिएको थियो । तीज गीतमा मेयर संकरलाल चौधरी,उपमेयर तारा थापा,निवर्तमान उपमेयर सविना चौधरी,प्रमुख प्रशासकिय अधिकृत कमल थापा,शिक्षा शाखा प्रमुख राजन गेलाल लगायतका सहभागीहरुले नाच्नु भएको थियो । तीजको गीत बज्न बितिकै प्रमुख प्रसाशकिय अधिकृत थापाले पहिलो नृत्यगरी सहभागी सबैलाई नचाएका थिए ।
कार्यक्रममा बक्ताहरुले तीजको अवसरमा शुभकामना ब्यक्त गर्नु भयो । महिलाहरुको महान पर्व तीजको अवसरमा निवर्तमान उपमेयर चौधरीले शुभकामना ब्यक्त गर्दै मनोकांक्षा पुरा होस भन्ने कामना ब्यक्त गर्नु भयो । नगर महिला समिति अध्यक्ष डायन्द्रा ढुंगानाको सभापतित्वमा भएको सो कार्यक्रममा समाजिक परिवेस र मौलीकता र परम्पराको समेत ख्याल गर्दै सभ्यतापुर्बक तीजलाइ मनाउँनुपर्नेमा जोड दिएको थियो । कार्यक्रममा आयोजक समितिकी उपाध्यक्ष सिता थरुनीले शब्द स्वागत गर्नु भएको थियो भने कार्यक्रम कल्पना अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

अगाडिकाे पाेस्ट

नेपाल महिला संघ रामधुनीको तीज तथा जितिया बिशेष कार्यक्रम समपन्न

अर्काे पाेस्ट

रोपाइँ सम्पन्नको अवसरमा थारु समुदायमा “रैब पर्व” सुरु भएसंगै “बिषहैर पूजा”को डाली राख्दै

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft