मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा “गल्स टेकओभर” : बक्लौरी स्वास्थ्य चौकीको प्रमुख बनिन् खड्का

by By: रामधुनी खबर
असोज ३०, २०७९
522

राख संवाददाता
झुम्का,सुनसरी । रामधुनी वडा नं. ६ की आशिका खड्का बक्लौरी स्वास्थ्य चौकीमा आइतवार एक दिनको प्रमुख हुनुभयो । स्वास्थ्य चौकीका प्रमुख हरीदेव ठाकुरले पद हस्तान्तरण गर्दा १५ बर्षिय खड्का प्रमुख हुनुभएको हो ।
स्वास्थ्य चौकी प्रमुखको एकदिनको भूमिका निर्वाह गर्नुभएका खड्काले निवर्तमान प्रमुख ठाकुर र कर्मचारीहरुबाट स्वास्थ्य सेवा प्रवाहका आवस्था र समस्याहरुको बारेमा जानकारी लिनुभयो । स्वास्थ्य सेवा प्रवाहका समस्याका बारेमा जानकारी लिदा स्वास्थ्य चौकीमा उपचारकालागि ठाउँको अभाव, औषधिको अभाव, खानेपानिको अभाव प्रमुख समस्याहरुको बारेमा बताएका छन् । कर्मचारी बज्र कुमार झाले समस्याको बारेमा बताउँदै हालमा तत्कालै खानेपानिको व्यवस्थापन हुनु पर्ने आवश्यक्ताका बारेमा बताउँनु भयो ।
स्वास्थ्य चौकीबाट सेवा प्रवाहकै समस्याका बारेमा निवर्तमान स्वास्थ्य प्रमुख ठाकुरले १५ सय्याको अस्पताल निर्माणमा ढिलो भएको बताउँनु भएको छ । सेवाग्राहीहरुले उठाएका जिज्ञासामा जवाफ दिदै ठाकुरले प्राविधिक कारण दुई पटक आएको रकम फिर्ता भएको जानकारी दिनु भयो । पहिलो किस्तामा रु १४ करोड र दोस्रो पुनः आएको रु १८ करोड रमक फिर्ता भएर निर्माण ढिलो भएको उल्लेख गर्नु भएको हो । अस्पताल निर्माणकालागि भूमि कन्ट्रक्शनलाई परेको ठेक्कामा ठेक्केदारले पेशकी पाएपनि निर्माण नगरी छाडेको बताउँनु भयोे ।
समस्याका बारेमा बुझ्दै भावुक्ताका साथ एक दिनको स्वास्थ्य चौकी प्रमुख बनेकी खड्काले स्वास्थ्य क्षेत्र सम्बेदनशिल रहेकोले आएको समस्याको निदान, अस्पताल भवन निर्माण गर्नु सबैको हितमा रहेकोले म आफु प्रमुख, कर्मचारी, राजनीति कर्मीको समन्वयगरी पुर्णता दिने प्रतिबद्धता जनाउँनु भयो । स्वास्थ्य क्षेत्रका प्रमुख हुँदा आगामी दिनमा समाजिक कार्यहरुमा नेतृत्व लिन सक्ने क्षमता र मनोबल बढेको १५ बर्षिय खड्काले अनुभव सुनाउँनु भयो । वडा सदस्य रन्जित चौधरीको सभापतित्वमा ‘गल्स टेकओभर’कार्यक्रममा खड्का प्रमुख भएको हो ।
प्लान इन्टरनेशनल नेपाल र सिएसडिसी सुनसरीको साझेदारीमा गल्र्स टेकओभर कार्यक्रम आयोजना भएको छ । किशोरीहरुको क्षमता अभिवृद्विका लागि गल्र्स टेकओभर कार्यक्रम भएको उषा दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमबाट, बालबालिकाहरुले नेतृत्व गर्न सक्ने प्रोत्साहन पाएको उपस्थित अभिभावक बिनु श्रेष्ठले बताउँनु भयो । अहिले देखिनै बालबालिकाहरुलाई नेतृत्व गर्न प्रयासको मौका दिए पछि समाजका साकारात्मक आँखा बन्ने र समाजमा साकारात्मक परिवर्तन हुने स्वास्थ्य चौकीका प्रमुख ठाकुरले सुझाव दिनु भयो । रामधुनी बालहेल्प डेक्सका प्रमुख अमन ढुंगेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिए ।
कार्यक्रमबाट स्वास्थ्य लगायतका संस्थाहरुका कार्यक्रम योजना र नीति बनाउँदा बालबालिका, किशोरीहरुको अधिकारको बिषयमा प्राथमिक्ता दिनु पर्ने, विविधतालाई पहिचानगरी समावेशिताको आधारमा योजना बनाउँनु पर्ने, समाजमा रहेको कुरीती बिरुद्ध जागरुक हुनु पर्ने लगायत बालअधिकारका बिषय अर्थपुर्ण रुपले सुनुवाईको माग गर्दै ९ बुंदे माग समेत प्रमुख ठाकुरलाई हस्तान्तरण गरेको छ ।
यसैगरी किशोरीहरुको क्षमता अभिवृद्विका लागि गल्र्स टेकओभर कार्यक्रममा बराहक्षेत्रको स्वास्थ्य शाखा प्रमुख १८ बर्षिय गिता चौलागाई, गढी गाउँपालिकामा महिला तथा बालबालिका शाखा १९ बर्षिय आरती हरिजन, इनरुवा नगरपालिकामा उपमेयर सुमन शर्मा, धरानमा सरस्वती माबिमा प्र.अ.स्नेहा निरौला, दुहवीमा स्वास्थ्य चौकी इन्चार्ज सरिता उराउँ प्रमुखहुदै नेतृत्वको अनुभव प्राप्त गरेको भूमिका रसायलीले बताउँनु भयो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीबाट प्रशासनिक कार्य संचालन

अर्काे पाेस्ट

यूवामा सामाजिक सचेतना सहित मैत्री यूवा परिवार शिवनगरको शुभकामना तथा रक्तदान कार्यक्रम

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft