मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा “गल्स टेकओभर” : बक्लौरी स्वास्थ्य चौकीको प्रमुख बनिन् खड्का

by By: रामधुनी खबर
असोज ३०, २०७९
545

राख संवाददाता
झुम्का,सुनसरी । रामधुनी वडा नं. ६ की आशिका खड्का बक्लौरी स्वास्थ्य चौकीमा आइतवार एक दिनको प्रमुख हुनुभयो । स्वास्थ्य चौकीका प्रमुख हरीदेव ठाकुरले पद हस्तान्तरण गर्दा १५ बर्षिय खड्का प्रमुख हुनुभएको हो ।
स्वास्थ्य चौकी प्रमुखको एकदिनको भूमिका निर्वाह गर्नुभएका खड्काले निवर्तमान प्रमुख ठाकुर र कर्मचारीहरुबाट स्वास्थ्य सेवा प्रवाहका आवस्था र समस्याहरुको बारेमा जानकारी लिनुभयो । स्वास्थ्य सेवा प्रवाहका समस्याका बारेमा जानकारी लिदा स्वास्थ्य चौकीमा उपचारकालागि ठाउँको अभाव, औषधिको अभाव, खानेपानिको अभाव प्रमुख समस्याहरुको बारेमा बताएका छन् । कर्मचारी बज्र कुमार झाले समस्याको बारेमा बताउँदै हालमा तत्कालै खानेपानिको व्यवस्थापन हुनु पर्ने आवश्यक्ताका बारेमा बताउँनु भयो ।
स्वास्थ्य चौकीबाट सेवा प्रवाहकै समस्याका बारेमा निवर्तमान स्वास्थ्य प्रमुख ठाकुरले १५ सय्याको अस्पताल निर्माणमा ढिलो भएको बताउँनु भएको छ । सेवाग्राहीहरुले उठाएका जिज्ञासामा जवाफ दिदै ठाकुरले प्राविधिक कारण दुई पटक आएको रकम फिर्ता भएको जानकारी दिनु भयो । पहिलो किस्तामा रु १४ करोड र दोस्रो पुनः आएको रु १८ करोड रमक फिर्ता भएर निर्माण ढिलो भएको उल्लेख गर्नु भएको हो । अस्पताल निर्माणकालागि भूमि कन्ट्रक्शनलाई परेको ठेक्कामा ठेक्केदारले पेशकी पाएपनि निर्माण नगरी छाडेको बताउँनु भयोे ।
समस्याका बारेमा बुझ्दै भावुक्ताका साथ एक दिनको स्वास्थ्य चौकी प्रमुख बनेकी खड्काले स्वास्थ्य क्षेत्र सम्बेदनशिल रहेकोले आएको समस्याको निदान, अस्पताल भवन निर्माण गर्नु सबैको हितमा रहेकोले म आफु प्रमुख, कर्मचारी, राजनीति कर्मीको समन्वयगरी पुर्णता दिने प्रतिबद्धता जनाउँनु भयो । स्वास्थ्य क्षेत्रका प्रमुख हुँदा आगामी दिनमा समाजिक कार्यहरुमा नेतृत्व लिन सक्ने क्षमता र मनोबल बढेको १५ बर्षिय खड्काले अनुभव सुनाउँनु भयो । वडा सदस्य रन्जित चौधरीको सभापतित्वमा ‘गल्स टेकओभर’कार्यक्रममा खड्का प्रमुख भएको हो ।
प्लान इन्टरनेशनल नेपाल र सिएसडिसी सुनसरीको साझेदारीमा गल्र्स टेकओभर कार्यक्रम आयोजना भएको छ । किशोरीहरुको क्षमता अभिवृद्विका लागि गल्र्स टेकओभर कार्यक्रम भएको उषा दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमबाट, बालबालिकाहरुले नेतृत्व गर्न सक्ने प्रोत्साहन पाएको उपस्थित अभिभावक बिनु श्रेष्ठले बताउँनु भयो । अहिले देखिनै बालबालिकाहरुलाई नेतृत्व गर्न प्रयासको मौका दिए पछि समाजका साकारात्मक आँखा बन्ने र समाजमा साकारात्मक परिवर्तन हुने स्वास्थ्य चौकीका प्रमुख ठाकुरले सुझाव दिनु भयो । रामधुनी बालहेल्प डेक्सका प्रमुख अमन ढुंगेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिए ।
कार्यक्रमबाट स्वास्थ्य लगायतका संस्थाहरुका कार्यक्रम योजना र नीति बनाउँदा बालबालिका, किशोरीहरुको अधिकारको बिषयमा प्राथमिक्ता दिनु पर्ने, विविधतालाई पहिचानगरी समावेशिताको आधारमा योजना बनाउँनु पर्ने, समाजमा रहेको कुरीती बिरुद्ध जागरुक हुनु पर्ने लगायत बालअधिकारका बिषय अर्थपुर्ण रुपले सुनुवाईको माग गर्दै ९ बुंदे माग समेत प्रमुख ठाकुरलाई हस्तान्तरण गरेको छ ।
यसैगरी किशोरीहरुको क्षमता अभिवृद्विका लागि गल्र्स टेकओभर कार्यक्रममा बराहक्षेत्रको स्वास्थ्य शाखा प्रमुख १८ बर्षिय गिता चौलागाई, गढी गाउँपालिकामा महिला तथा बालबालिका शाखा १९ बर्षिय आरती हरिजन, इनरुवा नगरपालिकामा उपमेयर सुमन शर्मा, धरानमा सरस्वती माबिमा प्र.अ.स्नेहा निरौला, दुहवीमा स्वास्थ्य चौकी इन्चार्ज सरिता उराउँ प्रमुखहुदै नेतृत्वको अनुभव प्राप्त गरेको भूमिका रसायलीले बताउँनु भयो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीबाट प्रशासनिक कार्य संचालन

अर्काे पाेस्ट

यूवामा सामाजिक सचेतना सहित मैत्री यूवा परिवार शिवनगरको शुभकामना तथा रक्तदान कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft