मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

यूवामा सामाजिक सचेतना सहित मैत्री यूवा परिवार शिवनगरको शुभकामना तथा रक्तदान कार्यक्रम

by By: रामधुनी खबर
कार्तिक ५, २०७९
372

राख संवाददाता
झुम्का, कार्तिक ५ । रामधुनी वडा नं. २ को मैत्री यूवा परिवार शिवनगरटोलको आयोजनामा शनिवार शुभकामना आदान प्रदान, अन्तरक्रिया तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सुखराइत (तिहार) पर्वको अवसरमा नगर प्रमुख शंकरलाल चौधरी र रामधुनी २ नं. वडाको वडाअध्यक्ष रामनारायण चौधरी लगायत बुद्धिजीवीहरुको उपस्थितीमा अन्तरक्रिया समेत गरी यूवामा सामाजिक सचेतना गरेको हो ।
शुभकामना आदान प्रदान गर्दै यूवाहरुमा बढ्दो दुव्र्यसनीको लतले अकालमै ज्यान गुमाउँनु परेको अवस्था, जस्ले उनीहरुको शिक्षामा बाधा, सामाजिक रुपमा अपहेलित, घरपरिवार संगको व्यवहारले असहजता सिर्जना भैरहदा न्यूनिकरण र यूवा विकासका लागी नगरपालिका र वडाकार्यालयको भूमिका बारेमा उपस्थित यूवाहरुले जिज्ञासा राखेका थिए ।
अन्तरक्रियामा नगरप्रमु चौधरीले यूवा विकासमा सहयोग हुनेखालका कार्यक्रमहरु केही संचालनमा रहेको र अझै संचालनहुन बाँकी रहेको बताउँनु भयो । यूवाहरुको जिज्ञासामा खेलकुद विकासका लागी बक्लौरी र लालपुरमा भर्खरै फुटवल प्रतियोगिता आयोजना भएको र यूवामा स्वरोजगार बनाउँने बजेट र कार्यक्रम समेत रहेकोले आगामी दिनहरुमा नगरपालिकाको योजनाहरु यूवा विकासमा प्रतिबद्ध रहेको मेयर चौधरीले जवाफ दिनुभएको हो ।
वडाअध्यक्ष चौधरीले वडाकार्यालयबाट समग्र रुपले बजेट तथा कार्यक्रम विनियोजन भएको हुँदा सबै पक्षलाई विकासको पाटोलाई अगाडि बढाउँन खोजेको उल्लेख गर्नुभयो । तथापी पनि यूवा तथा बालबालिकाहरुका लागी बिशेष कार्यक्रम रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा पर्वको अवसरमा शुभकामना दिदै नगरपालिकाका पूर्व कर्मचारी हर्षलाल चौधरीले बालमैत्री स्थानीय शासनबाट बालबालिकाहरुमा चौतर्फी विकासका लागि सहयोग पुग्ने बताउँनु भयो । यसैगरी शिक्षक जितेन्द्र साह (नायक) ले रक्तदानगरे मानव स्वस्थ्य र जिवन दानकालागि अपरिहार्य सेवा रहेको धारणा ब्यक्त गर्नु भयो ।
शिक्षित बेरोजगारका बारे तथा सामाधानका बारेमा उल्लेख गर्दै टोल विकासका अध्यक्ष तथा खानेपानि सरसफाई शाखा रामधुनीका टिकाराम चौधरी, राजनीतिक चेतनाका बारेमा राप्रसाद चौधरी, यूवा चिन्ता र साकारात्मक चासोका बारेमा यूवा धिरेन्द्र चौधरी, शिक्षित वर्गहरुको अवसर र चुनौतीका बारेमा कमल चौधरीले सो कार्यक्रमबाट उठान गरेका छन् ।
यसैगरी गैरसरकारी संस्थाहरुको भूमिका र योगदानका बारेमा सेभ द अर्थका गोविन्द चौधरी, महिला शसक्तिकरणको आवश्यक्ताका बारेमा महिला संजालकी रामकुमारी चौधरीले आफनो धारणा ब्यक्त गरेका हुन् ।
यूवाहरुमा सामाजिक रुपले अगाडि बढ्न प्रेरित गर्ने शन्देस मूलक कार्यक्रम मैत्री युवा परिवारका अध्यक्ष साजन चौधरीको सभापतित्वमा भएको हो । स्वागत मन्तव्य सचिव श्रवण चौधरीले गरेका थिए । सो कार्यक्रममाबाट ३४ पिण्ट रगत संकलन गरेको आयोजकले जानकारी दिए । पर्वको अवसरमा शुभकामना आदान प्रदान र अन्तरक्रिया संगै गरेको रक्तदान कार्यक्रमबाट सो बराबर रगत संकलन गरेको आयोजक मैत्री यूवा परिवारका सचिव चौधरीले जानकारी दिएको हो । रगत संकलनका लागि प्राविधिक रुपले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुनसरीले सहयोग गरेको छ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा “गल्स टेकओभर” : बक्लौरी स्वास्थ्य चौकीको प्रमुख बनिन् खड्का

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा स्क्रिनटच डिजिटल वडापत्र संचालन,सेवाग्राही छिटोछरितो सुसूचित हुनपाउँने

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft