मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा स्क्रिनटच डिजिटल वडापत्र संचालन,सेवाग्राही छिटोछरितो सुसूचित हुनपाउँने

by By: रामधुनी खबर
कार्तिक १२, २०७९
360

राख संवाददाता
झुम्का, कार्तिक १२ । रामधुनी नगरपालिकाले नागरिकलाई सूचना तथा प्रविधिसँग जोड्दै स्क्रिनटच डिजिटल वडापत्र संचालनमा ल्याएको छ । कार्यालयको गतिविधि छिटोछरितो सेवाग्राहीसामु सुसूचित गराउँन नगरपालिकाले स्क्रिनटच डिजिटल सूचना पाटी तथा नागरिक वडापत्र संचालनमा ल्याएको हो ।
आम नागरिकलाई सेवा प्रवाहको बारेमा जानकारी गराउन शुरु गरेको डिजिटल वडापत्रले सङ्घीयताको भावनाअनुरूप सुशासनको प्रत्याभूत गर्न सहज हुने कार्यालयले जनाएको छ । वडापत्रमा रामधुनी नगरपालिकाकोे प्रशासन सेवा, पदाधिकारी कर्मचारी विवरण लगायतका नगरपालिकाले प्रवाह गरेका विविध पक्षमा आम सेवाग्राहीलाई डिजिटल प्रणालीबाट नागरिक वडापत्रमार्फत पारदर्शी गराइएको कार्यालयका सूचना अधिकारी वसन्त मोतेले बताए ।
उनका अनुासर विद्युतीय प्रणालीको नागरिक वडापत्रबाट आफैले स्क्रिनटचगरी सेवाहरुबारेमा जानकारी लिन सकिने जनाए । नगरपालिकाको गतिविधिको साथसाथै नगर तथा वडाका योजना, नीति, बजेटको बारेमा समेत जानकारी लिन सकिने सूचना अधिकारी मोतेले बताएका हुन् ।
नागरिकलाई सूचना तथा प्रविधिसँग परिचित गराउनु स्थानिय सरकारको कर्तव्य र दायित्व हो । यस क्रममा डिजिटल नागरिक वडापत्रलाई पहिलो खुड्किलोको रुपमा हेर्न सकिन्छ । डिजिटल नागरिक वडापत्र जारीगरी रामधुनी नगरपालिकालाई स्मार्टपालिका बनाउँने प्रयासको अभ्यास रहेको सूचना अधिकारी मोतेको भनाइछ ।
सूचना अधिकारी मोतेका अनुसार डिजिटल नागरिक वडापत्रको बिशेषतामा स्क्रिनटच, स्मार्ट टिभी र नर्मल स्क्रिनले सजिलै प्रयोग गर्न सकिने बताए । वडापत्रलाई सम्पादन गर्न तथा नयाँ जानकारी सजिलै थप्न सकिन्छ । परम्परागत नागरिक वडापत्रमा रङ खुइलिने, मेटिने जस्ता भौतिक समस्याको समाधान भएको छ । प्रयोगकर्तालाई प्रयोग गर्न र बुझ्न सजिलो र सामान्यतया सलाइड शो गर्न सकिने अथवा स्क्रिनटचबाट आफुलाई चाहिएको जानकारी लिन सकिन्छ ।

अगाडिकाे पाेस्ट

यूवामा सामाजिक सचेतना सहित मैत्री यूवा परिवार शिवनगरको शुभकामना तथा रक्तदान कार्यक्रम

अर्काे पाेस्ट

रामधुनी १ नं. वडामा चुनाव प्रचार प्रसारका लागि गठबन्धनको सशक्त तयारी

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft