मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा स्क्रिनटच डिजिटल वडापत्र संचालन,सेवाग्राही छिटोछरितो सुसूचित हुनपाउँने

by By: रामधुनी खबर
कार्तिक १२, २०७९
395

राख संवाददाता
झुम्का, कार्तिक १२ । रामधुनी नगरपालिकाले नागरिकलाई सूचना तथा प्रविधिसँग जोड्दै स्क्रिनटच डिजिटल वडापत्र संचालनमा ल्याएको छ । कार्यालयको गतिविधि छिटोछरितो सेवाग्राहीसामु सुसूचित गराउँन नगरपालिकाले स्क्रिनटच डिजिटल सूचना पाटी तथा नागरिक वडापत्र संचालनमा ल्याएको हो ।
आम नागरिकलाई सेवा प्रवाहको बारेमा जानकारी गराउन शुरु गरेको डिजिटल वडापत्रले सङ्घीयताको भावनाअनुरूप सुशासनको प्रत्याभूत गर्न सहज हुने कार्यालयले जनाएको छ । वडापत्रमा रामधुनी नगरपालिकाकोे प्रशासन सेवा, पदाधिकारी कर्मचारी विवरण लगायतका नगरपालिकाले प्रवाह गरेका विविध पक्षमा आम सेवाग्राहीलाई डिजिटल प्रणालीबाट नागरिक वडापत्रमार्फत पारदर्शी गराइएको कार्यालयका सूचना अधिकारी वसन्त मोतेले बताए ।
उनका अनुासर विद्युतीय प्रणालीको नागरिक वडापत्रबाट आफैले स्क्रिनटचगरी सेवाहरुबारेमा जानकारी लिन सकिने जनाए । नगरपालिकाको गतिविधिको साथसाथै नगर तथा वडाका योजना, नीति, बजेटको बारेमा समेत जानकारी लिन सकिने सूचना अधिकारी मोतेले बताएका हुन् ।
नागरिकलाई सूचना तथा प्रविधिसँग परिचित गराउनु स्थानिय सरकारको कर्तव्य र दायित्व हो । यस क्रममा डिजिटल नागरिक वडापत्रलाई पहिलो खुड्किलोको रुपमा हेर्न सकिन्छ । डिजिटल नागरिक वडापत्र जारीगरी रामधुनी नगरपालिकालाई स्मार्टपालिका बनाउँने प्रयासको अभ्यास रहेको सूचना अधिकारी मोतेको भनाइछ ।
सूचना अधिकारी मोतेका अनुसार डिजिटल नागरिक वडापत्रको बिशेषतामा स्क्रिनटच, स्मार्ट टिभी र नर्मल स्क्रिनले सजिलै प्रयोग गर्न सकिने बताए । वडापत्रलाई सम्पादन गर्न तथा नयाँ जानकारी सजिलै थप्न सकिन्छ । परम्परागत नागरिक वडापत्रमा रङ खुइलिने, मेटिने जस्ता भौतिक समस्याको समाधान भएको छ । प्रयोगकर्तालाई प्रयोग गर्न र बुझ्न सजिलो र सामान्यतया सलाइड शो गर्न सकिने अथवा स्क्रिनटचबाट आफुलाई चाहिएको जानकारी लिन सकिन्छ ।

अगाडिकाे पाेस्ट

यूवामा सामाजिक सचेतना सहित मैत्री यूवा परिवार शिवनगरको शुभकामना तथा रक्तदान कार्यक्रम

अर्काे पाेस्ट

रामधुनी १ नं. वडामा चुनाव प्रचार प्रसारका लागि गठबन्धनको सशक्त तयारी

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft