मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडामा चुनाव प्रचार प्रसारका लागि गठबन्धनको सशक्त तयारी

by By: रामधुनी खबर
कार्तिक १२, २०७९
555

राख संवाददाता
झुम्का, कार्तिक १२ । गठबन्धनका उमेदावारहरुलाई जिताउँन सक्ता गठबन्धनले रामधुनी नगरपालिका वडा नं. १ मा चुनावमा प्रचार प्रसारका लागि सशक्त तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनाव लक्षित वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुको संयुक्त छलफलबाट सशक्त रुपले प्रचार प्रसार गर्ने तयारीमा जुटेका हुन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी) र नेकपा (एस) को नगर तथा वडाका क्रृयाशिल तथा जागरुक यूवा राजनीतिक कर्मीहरुको छलफलले गाउँ, टोल तथा घर–घरमा गएर चुनावी अभियान संचालन गर्ने भएको छ । अभियानका लागि नेपाली काँग्रेस वडा सभापति रन्जित चौधरीको संयोजक तथा नेकपा (माओवादी) र नेकपा (एस) को सह संयोजक रहनेगरी प्रचार प्रसार वडा मूल समिति निर्माण गर्ने जनाएको छ ।
रामधुनी वडा नं. १ सुनसरी क्षेत्र नं. २ तथा २ (ख) मा पर्छ । क्षेत्र नं. २ मा सक्ता गठबन्धनबाट प्रतिनिधि सभाका लागि नेपालीका काँग्रेसबाट सिताराम मेहता र २ (ख) मा प्रदेश सभा तर्फ राजिव कोइराला उमेदवार हुन् । क्षेत्र नं. २ (क) प्रदेश सभा तर्फ नेकपा (माओवादी)का द्धारीकलाल चौधरी उमेदार हुन् ।
क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा रामधुनी नगरपालिका वडा नं. १,२,८,९, इनरुवा नगरपालिकाको वडा नं. १,२,५६,९,१०, हरिनगरा नगरगाउँ पालिकाको वडा नं. ३ र देवानगञ्ज गाउपालिका रहेका छन् । जसमा ६१,९१३ मतदाता संख्या रहको छ । पुरुष मतदाताको संख्या ३२,०४० र महिला मतदाता संख्या २९,८७३ रहेका छन् भने २४ मदात स्थलमा ६९ केन्द्र रहेका छन् ।
नेपाली काँग्रेस नगर सचिव महेश चौधरीले हाम्रा उमेदवारहरुलाई जिताउँन प्रचार प्रसार समितिको अहम भूमिका रहने भएकोले समिति निर्माणगरी प्रचार प्रसारमा लाग्नु पर्ने बताए । पहिलो वडागत रुपमा प्रचार प्रसारका लागि मूल समिति गठन हुने र सो समितिलाई सफल सहयोग गर्न विभिन्न उप समितिहरु समेत गठन गर्ने नगर सचिव चौधरीले जनाएको छ ।
छलफलमा नेपाली काँग्रेस जिल्ला सदस्य केशीलाल चौधरी, इश्वर आचार्य, इश्वर घिमिरे, नेकपा (एस) का रोशन खड्का, सिता थरुनी, नेकपा (माओवादी) का विपतलाल चौधरीले प्रचार प्रसार सशक्त गर्न नीतिहरुकोे बारेमा बताउँदै गठबन्धनका सबै कार्यकर्ताहरु सयुक्त रुपले चुनाव अभियानमा लाग्नु पर्ने धारणाहरु ब्यक्त गरेका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा स्क्रिनटच डिजिटल वडापत्र संचालन,सेवाग्राही छिटोछरितो सुसूचित हुनपाउँने

अर्काे पाेस्ट

इटहरीको जितिया घाटमा व्रतालुहरूको दण्ड प्रणाम र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft