मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडामा चुनाव प्रचार प्रसारका लागि गठबन्धनको सशक्त तयारी

by By: रामधुनी खबर
कार्तिक १२, २०७९
545

राख संवाददाता
झुम्का, कार्तिक १२ । गठबन्धनका उमेदावारहरुलाई जिताउँन सक्ता गठबन्धनले रामधुनी नगरपालिका वडा नं. १ मा चुनावमा प्रचार प्रसारका लागि सशक्त तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनाव लक्षित वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुको संयुक्त छलफलबाट सशक्त रुपले प्रचार प्रसार गर्ने तयारीमा जुटेका हुन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी) र नेकपा (एस) को नगर तथा वडाका क्रृयाशिल तथा जागरुक यूवा राजनीतिक कर्मीहरुको छलफलले गाउँ, टोल तथा घर–घरमा गएर चुनावी अभियान संचालन गर्ने भएको छ । अभियानका लागि नेपाली काँग्रेस वडा सभापति रन्जित चौधरीको संयोजक तथा नेकपा (माओवादी) र नेकपा (एस) को सह संयोजक रहनेगरी प्रचार प्रसार वडा मूल समिति निर्माण गर्ने जनाएको छ ।
रामधुनी वडा नं. १ सुनसरी क्षेत्र नं. २ तथा २ (ख) मा पर्छ । क्षेत्र नं. २ मा सक्ता गठबन्धनबाट प्रतिनिधि सभाका लागि नेपालीका काँग्रेसबाट सिताराम मेहता र २ (ख) मा प्रदेश सभा तर्फ राजिव कोइराला उमेदवार हुन् । क्षेत्र नं. २ (क) प्रदेश सभा तर्फ नेकपा (माओवादी)का द्धारीकलाल चौधरी उमेदार हुन् ।
क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा रामधुनी नगरपालिका वडा नं. १,२,८,९, इनरुवा नगरपालिकाको वडा नं. १,२,५६,९,१०, हरिनगरा नगरगाउँ पालिकाको वडा नं. ३ र देवानगञ्ज गाउपालिका रहेका छन् । जसमा ६१,९१३ मतदाता संख्या रहको छ । पुरुष मतदाताको संख्या ३२,०४० र महिला मतदाता संख्या २९,८७३ रहेका छन् भने २४ मदात स्थलमा ६९ केन्द्र रहेका छन् ।
नेपाली काँग्रेस नगर सचिव महेश चौधरीले हाम्रा उमेदवारहरुलाई जिताउँन प्रचार प्रसार समितिको अहम भूमिका रहने भएकोले समिति निर्माणगरी प्रचार प्रसारमा लाग्नु पर्ने बताए । पहिलो वडागत रुपमा प्रचार प्रसारका लागि मूल समिति गठन हुने र सो समितिलाई सफल सहयोग गर्न विभिन्न उप समितिहरु समेत गठन गर्ने नगर सचिव चौधरीले जनाएको छ ।
छलफलमा नेपाली काँग्रेस जिल्ला सदस्य केशीलाल चौधरी, इश्वर आचार्य, इश्वर घिमिरे, नेकपा (एस) का रोशन खड्का, सिता थरुनी, नेकपा (माओवादी) का विपतलाल चौधरीले प्रचार प्रसार सशक्त गर्न नीतिहरुकोे बारेमा बताउँदै गठबन्धनका सबै कार्यकर्ताहरु सयुक्त रुपले चुनाव अभियानमा लाग्नु पर्ने धारणाहरु ब्यक्त गरेका छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा स्क्रिनटच डिजिटल वडापत्र संचालन,सेवाग्राही छिटोछरितो सुसूचित हुनपाउँने

अर्काे पाेस्ट

इटहरीको जितिया घाटमा व्रतालुहरूको दण्ड प्रणाम र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft