मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सुनसरीका पत्रकारहरु सँग जिल्ला निर्वाचन कार्यालयको अभिमुखिकरण

by By: रामधुनी खबर
कार्तिक १९, २०७९
366

राख संवाददाता
झुम्का, कार्तिक १९ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले राष्ट्रिय समाचार समितिको सहकार्यमा सुनसरीका विभिन्न मिडियाहरुमा आबद्ध पत्रकारहरुसँग अभिमुखिकरण गरेको छ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष, भयरहित, स्वतन्त्र रुपले सम्पन्न गर्न शनिवार इनरुवामा पत्रकारहरु सँग छलफल गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पत्रकार र मिडियाहरुबाट निरन्तर खबरदारी र सहयोगले निर्वाचन निष्पक्ष हुने बताउँनु भयो । निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपुर्ण अभिब्यक्तिले प्रभावित बनाउँन सक्ने भएकोले पत्रकार र मिडियाहरुले यसबारेमा खबरदारी सामाचार सम्प्रेशन गर्नु पर्ने आग्रह गर्नुभयो ।
पत्रकारहरुलाई निर्वाचनको रिर्पोटिङ्गमा सहज बनाउँने उहाँले उल्लेख गर्नु भयो । सम्पन्न स्थानीयतहको निर्वाचनमा रिर्पोटिङ्गको क्रममा सुरक्षा कर्मीहरुबाट असहजता भएको पत्रकारहरुको प्रश्नको जवाफ दिदै मुख्य निर्वाचन अधिकृत अधिकारीले मतदान स्थल र मतगणनाको क्रममा रिर्पोटिङ्गका लागि सहज बनाउँने जानकारी दिनु भयो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडकाले निर्वाचनमा स्वतन्त्र र निष्पक्ष मिडियाको बारेमा सहजिकरण गर्नु भयो । निर्वाचनका बेला निर्वाचन प्रक्रृया,उम्मेदवारको पृष्ठभूमि, दलहरुको प्रतिवद्धता जस्ता विषयमा मतदातालाई जानकारी दिन स्वतन्त्र र निष्पक्ष मिडियाको भूमिका महत्वपुर्ण हुने उठान गर्नु भयो । निर्वाचनको बिषयसँग जोडिएका समाचरका स्रोतहरु लगायत पत्रपत्रिका र अनलाइनहरुले राजनीतिकदलको पृष्ठपोषण गरेका समाचारहरुको बारेमा जानकारी दिदै यसबारे मिडियाहरु सचेत हुनु पर्ने र आक्षेप लाग्न नदिन सजग हुनुपर्ने सुझाव दिनुभयो ।
निर्वाचनको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय सुनसरीले पत्रकारहरुबाट जिल्ला निर्वाचन कार्यालय सुनसरीको आधिकारिक सूचना र समाचार सम्प्रेषणको अपेक्षा गरिएको छ । आचारसंहिताको उल्लघंनमा निगरानि राख्ने, मिथ्या सूचना, दुष्प्रचार र द्धेषपुर्ण अभिब्यक्तिको रोकथाम, निष्पक्ष र तटष्थ रिर्पोटिङ्ग, आयोगका सूचना सम्प्रेषण संयन्त्रहरुको उपयोगगरी निर्वाचनको तथ्यपरक रिर्पोटिङ्गका लागि अपेक्षा गरिएको जनाएको छ । अभिमुखिकरणमा चार निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत क्षेत्र नं. १ का रुद्र आर्याल, क्षेत्र नं. २ का एकराज अधिकारी, क्षेत्र नं. ३ का उमाकान्त पौडेल, र क्षेत्र नं. ४ का समेत अधिकृत अर्जुन अधिकारीको उपस्थिती रहेको थियो ।

्

अगाडिकाे पाेस्ट

इटहरीको जितिया घाटमा व्रतालुहरूको दण्ड प्रणाम र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन

अर्काे पाेस्ट

सामा–चकेवा पर्व प्रवद्र्धन गर्दै इटहरी–८ ट्ंयाग्रा टोलवासी

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft