मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तिनवटा मतक्षेत्र जोडिएको रामधुनी नगरका आम मतदाता परिवर्तनको पक्षमा

by By: रामधुनी खबर
कार्तिक ३०, २०७९
457

सुनिल चौधरी झुम्का,कार्तिक ३०:
सुनसरीको तिन मतक्षेत्रमा जोडिएको रामधुनी नगरलाई राजनीतिक दल तथा उम्मेदवारहरुको बिशेष राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ मा हुने प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचन नजिकीदै गर्दा उमेदवार देखि कार्यकर्ताहरु झनै केन्द्रित हुन थालेको छ ।
सुनसरी क्षेत्र नं. १, २ र ४ मा वडाहरु जोडिएको हुँदा तिनवटै क्षेत्रका उम्मेदवारहरुले मतपक्ष लिन गतिविधि बढाएको छ । क्षेत्र नं. १ मा रामधुनी नगरको वडा नं. ६ र ७ पर्छन् । क्षेत्र नं. २ मा रामधुनी नगरको वडा नं. १,२,३,५,८ र ९ छन् भने क्षेत्र नं. ४ मा वडा नं. ४ रहेको छ । ११ वटा मतदानस्थल र ३९ मतदान केन्द्र रहेको रामधुनीमा ४१ हजार ४५७ मतदाताले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।


मतदातालाई पक्ष बिपक्षमा ल्याउन राजनीतिक चहलपहल बढीरहदा रामधुनी नगरका आम मतदाता परिवर्तनको पक्षमा छन् । परम्परागत रुपले बिगत देखिनै दलहरुका उमेदार बिजय भएर जाने तर चुनावताका क्रममा मत स्वार्थका लागि घरदैलो गरेपनि विकासको घरदैलो विर्सिने परम्परा रहेको छ । परमपरागत रुपमा रहेको सो परम्परा तोड्न रामधुनीका आम मतदाताहरु परिवर्तनको पक्षमा उभिएको छ ।


जेष्ठनागरिक सरोकार समुह सुनसरीका अध्यक्ष रामधुनी वडा नं. ५ निवासी फौदसिंह थापाले युवा उम्मेदवारको पक्षमा धारणा ब्यक्त गर्नु भएको छ । रामधुनी नगर तिन मतक्षेत्र जोडिए पनि जितेर गएकाहरुले रामधुनी नगरको स्थानीय समृद्धतामा ध्यान नदिएको गुनासो गर्नुभयो । ‘उमेदवारहरुबाट आश्वासन त आयो तर यहाँका नागरिकका लागि आयस्रोत, रोजगार बृद्धिका काम पटकै भएको छैन्’ । त्यसैले फेरी पनि उही उमेदवारले काम गर्छन्की गर्दैनन् आशंका ब्यक्त गर्दै परम्परागत उमेदवार रोज्नु भन्दा युवा तथा नयाँ उमेदावार जितेर गए परिवर्त हुुने अपेक्षा सहितको धाराणा राख्नु भयो ।


यस पटकको चुनावमा स्वतन्त्र अभियानताहरु पनि छन् । हाम्रै पक्षमा मतदान हुन्छन् की भनेर उनीहरु पनि ढुकी रहेका छन् । यसले मतपक्षमा प्रभाव पार्ने सम्भावना देखिन्छ । झुम्का जेसिजका अध्यक्ष द्धारिका घिमिरे भन्छन्, स्वतन्त्र अभियान भन्नेहरु छन्, यसले मतदाताहरुमा अन्यौल छ’ तथापी पनि दलगत रुपलेनै आएका उमेदवार आवश्यकता रहेको भन्दै अन्यौलमा नरहेर अग्रगामी विकासको विश्वास दिलाएको उम्मेदवार रोजनु पर्ने र काम गरेर देखाउँने उम्मेदवारलाई मतदान गर्नु पर्ने उठान गर्नु भयो । संघिय, लोकतन्त्र, गणतन्त्र व्यवस्थापन र कार्यान्वयन गर्ने पक्ष दिर्घकालिनता रहने भएकोले सो पक्षका उमेदावारलाई जिताउँनु राज्य र नागरिकका लागि उपयुक्त रहेको झुम्का जेसिजका अध्यक्ष घिमिरेले धारणा ब्यक्त गर्नुभयो ।
यतिबेला उम्मेदवार चुनावी एजेण्डासहित मत माग्न कहिल्यै नपुगेको जनताको घर÷घरमा उनीहरू पुगिरहेका छन् । कहिल्यै नचिनेका व्यक्तिलाई सधैँ चिनिरहे जस्तो व्यवहार समेत उम्मेदवारले देखाएका छन् । उम्मेदवारहरु आफ्नो पोल्टोमा मत लिनका लागि अनेकौ सपना बाँढ्दै मतदाताको घरघरमा पुग्ने गरेका छन् । प्राय सबै उम्मेदवारले समृद्धिका लागि आफूलाई जिताउँन हरेक मतदातासँग आग्रह गरिरहेका छन् । उम्मेदवारले दिने आश्वसन र मतदाताको चाहाना पनि उस्तै छ ।
रामधुनी वडा नं. ८ का निवासी नमुना नगर बाल संजालकी अध्यक्ष सुजाता मेहताले आश्वासन मात्रै भन्दा पनि परिवर्तन गर्ने उम्मेदवारलाई मतदान गर्नु पर्ने बताउँनु भयो । मतदात गर्ने उमेर नभएपनि संस्थागत रुपले शिक्षा क्षेत्रको बारेमा बताउँदै सानो घटना भए पनि बिद्यालय बन्द हुने, गुणस्तरिय शिक्षाको अभाव, आर्थिक कमजोर परिवारका बालबालिका बिद्यालय पहुचबाट बञ्चित हुनुपर्ने जस्ता समस्याहरु यथावतनै रहेकोले यसमा परिवर्तनको आवश्यक्ता खोज्दै दिर्घकालिन योजना रहेको उमेदवारलाई बिचारगरी मतदान गर्नहुन अनुरोध गर्नुभयो ।
रामधुनी नगरलाई धार्मिक पर्यटक क्षेत्र निर्माणको खाँचो रहेको रामधुनी मन्दिर संरक्षक तथा ग्रामथान संरक्षक अभियान्ता महिनारायण दासले धारणा राख्नुभयो । ऐतिहासिक रामधुनी मन्दिर शक्ति पिठ रहेकोले रामधुनी मन्दिर संगै यस क्षेत्रमा ८१ वटा थारु समुदायको धार्मिक स्थल पौराणिक धरोहर ग्रामथान छन्, सो धरोहर संरक्षणमा ल्याई धार्मिक पर्यटक क्षेत्र निर्माण गर्न प्राथमिक्ता राख्ने उमेदवारलाई मत दिने सोच रहेको दासले बताउँनु भयो ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले जनताको मन जित्न विभिन्न आश्वासन दिइरहेका छन् । यहाँका मतदाताको आरोप छ, २०४८ साल देखिनै भएको निर्वाचित उम्मेदवारले दिएको आश्वासन विश्वासिला भएनन् । त्यसैले इमान्दार वाचा पुरा गर्ने तथा लोकप्रिय कार्यक्रम र एजेण्डा भएका प्रतिनिधि छान्ने जेष्ठनागरिक रामधुनी वडा नं. ४ का वसन्त चौधरीको धारणा छ ।

अगाडिकाे पाेस्ट

थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी–२ धमौरा टोलमा ३७ डाला समाचकेवा विसर्जन

अर्काे पाेस्ट

रामधुनी १, ५ र ३ नं. वडामा दिउँसो २ः३० बजे सम्म क्रमश ४१, ४३ र ४५ प्रतिशत मत खस्यो

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft