मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सभ्य समाजको पहिचान सहित रामधुनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

by By: रामधुनी खबर
मंसिर ९, २०७९
675

राख संवाददाता
झुम्का, मंसिर ९ । रामधुनी नगरपालिकाले सभ्य समाजको पहिचान सहित नगरमा सुक्रवार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । २०२२ को अन्तराष्ट्रिय नारा ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा बिरुद्धको अभियान’ सफल पार्न रामधुनी नगरपालिकाले दिप प्रज्वलनगरी सुरुवात गरेको हो ।
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेमबर १० तारिख सम्म अन्तराष्ट्रिय अभियान रुपमा विभिन्न कार्यक्रमगरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउँने गरिन्छ । नेपालमा २०५४ साल देखि विभिन्न सचेतना मूलक अभियान कार्यक्रमहरु संचालनगरी लैङ्गिक हिंसा बिरुद्धको अभियान दिवस मनाउँदै आएको हो । यसै अन्तर्गत लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म रामधुनी नगरपालिकाले विभिन्न सचेतनाका कार्यक्रम गर्दै सञ्चालन गर्ने महिला, बालबालिका, जेष्ठनागरिक शाखा रामधुनीले जनाएको छ ।
अभियानको पहिलो दिन रामधुनी नगरपालिकाको मुख्य कार्यालयको नगर परिसरमा दिप प्रज्वलनगरी लैङ्गिक हिंसा बिरुद्धमा लाग्न सबैमा आव्हान गरिएको छ । दिप प्रज्वलन गर्दै अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसा र विशेषगरि महिलामाथि हुने हिंसाको अन्त्य नै रहेको नगर प्रमुख शंकरलाल चौधरीले बताउँनु भयो । अभियानमा सहभागी भएर नगरमा लैङ्गिक हिंसा न्युनिकरण गर्न नगर प्रमुख चौधरीले अनुरोध गर्नुभयो । यसैगरी लैङ्गिक हिंसा बिरुद्ध अभियान अन्तर्गत नगरको नौ वटै वडामा सचेतना मूलक कार्यक्रम गर्ने महिला बालबालिका जेष्ठनागरिक रामधुनीका शाखा प्रमुख मोनाश्री आचार्यले बताउँनु भयो ।
लैङ्गिक हिंसा कुनै पनि समाजका लागि घातक रहेको अभियान कर्मीहरुले बताएका छन् । अभियान कर्मीहरुका अनुसार यस्ता घातक बिरुद्ध प्रभावकारी न्याय हुन नसक्दा लैङ्गिक हिंसा बढ्दै गएको बताए । प्रभावकारी न्याय नहुनुका कारण कानूनी जानकारीको अभाव, पितृसत्तात्मक सोच हावी हुनु, राजनीतिक हस्तक्षेप, कानूनी सल्लाहको अभाव, स्थानीय निकायमा न्याय पाइन्छ नै भन्ने विश्वासको कमीले गर्दा लैङ्गिक हिंसा न्युनी करण हुन नसकेको १६ दिने अभियानको पहिलो दिनको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
लैङ्गिक हिंसा बिरुद्धको पहिलो दिन उद्धघाटनमा महिला अधिकार कर्मी, स्वास्थ्य स्वयम सेविका, झुम्का उद्योग बाणिज्य संघका प्रतिनिधि, थारु महिला उत्थान समाज सुनसरीका प्रतिनिधि, नगर महिला समितिका प्रतिनिधि, बालबालिका संरक्षण समितिका प्रतिनिधि, नगरपालिकाको कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सफल पार्न साँझा सवालका लागि साँझा मञ्च (कोकन),सेभ द अर्थ सुनसरी, ग्रामिण समाज उत्थान केन्द्र(आरएसडिसी) र आसमान नेपालको साझेदारी रहेको छ ।
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा हो । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

अगाडिकाे पाेस्ट

रामधुनी १, ५ र ३ नं. वडामा दिउँसो २ः३० बजे सम्म क्रमश ४१, ४३ र ४५ प्रतिशत मत खस्यो

अर्काे पाेस्ट

पशुपालक कृषकको उत्पादकत्व बृद्धि गर्न रामधुनी ९ नं. वडामा निःशुल्क पशु स्वास्थ्य शिविर

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft