मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सभ्य समाजको पहिचान सहित रामधुनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

by By: रामधुनी खबर
मंसिर ९, २०७९
698

राख संवाददाता
झुम्का, मंसिर ९ । रामधुनी नगरपालिकाले सभ्य समाजको पहिचान सहित नगरमा सुक्रवार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । २०२२ को अन्तराष्ट्रिय नारा ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा बिरुद्धको अभियान’ सफल पार्न रामधुनी नगरपालिकाले दिप प्रज्वलनगरी सुरुवात गरेको हो ।
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेमबर १० तारिख सम्म अन्तराष्ट्रिय अभियान रुपमा विभिन्न कार्यक्रमगरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउँने गरिन्छ । नेपालमा २०५४ साल देखि विभिन्न सचेतना मूलक अभियान कार्यक्रमहरु संचालनगरी लैङ्गिक हिंसा बिरुद्धको अभियान दिवस मनाउँदै आएको हो । यसै अन्तर्गत लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म रामधुनी नगरपालिकाले विभिन्न सचेतनाका कार्यक्रम गर्दै सञ्चालन गर्ने महिला, बालबालिका, जेष्ठनागरिक शाखा रामधुनीले जनाएको छ ।
अभियानको पहिलो दिन रामधुनी नगरपालिकाको मुख्य कार्यालयको नगर परिसरमा दिप प्रज्वलनगरी लैङ्गिक हिंसा बिरुद्धमा लाग्न सबैमा आव्हान गरिएको छ । दिप प्रज्वलन गर्दै अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसा र विशेषगरि महिलामाथि हुने हिंसाको अन्त्य नै रहेको नगर प्रमुख शंकरलाल चौधरीले बताउँनु भयो । अभियानमा सहभागी भएर नगरमा लैङ्गिक हिंसा न्युनिकरण गर्न नगर प्रमुख चौधरीले अनुरोध गर्नुभयो । यसैगरी लैङ्गिक हिंसा बिरुद्ध अभियान अन्तर्गत नगरको नौ वटै वडामा सचेतना मूलक कार्यक्रम गर्ने महिला बालबालिका जेष्ठनागरिक रामधुनीका शाखा प्रमुख मोनाश्री आचार्यले बताउँनु भयो ।
लैङ्गिक हिंसा कुनै पनि समाजका लागि घातक रहेको अभियान कर्मीहरुले बताएका छन् । अभियान कर्मीहरुका अनुसार यस्ता घातक बिरुद्ध प्रभावकारी न्याय हुन नसक्दा लैङ्गिक हिंसा बढ्दै गएको बताए । प्रभावकारी न्याय नहुनुका कारण कानूनी जानकारीको अभाव, पितृसत्तात्मक सोच हावी हुनु, राजनीतिक हस्तक्षेप, कानूनी सल्लाहको अभाव, स्थानीय निकायमा न्याय पाइन्छ नै भन्ने विश्वासको कमीले गर्दा लैङ्गिक हिंसा न्युनी करण हुन नसकेको १६ दिने अभियानको पहिलो दिनको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
लैङ्गिक हिंसा बिरुद्धको पहिलो दिन उद्धघाटनमा महिला अधिकार कर्मी, स्वास्थ्य स्वयम सेविका, झुम्का उद्योग बाणिज्य संघका प्रतिनिधि, थारु महिला उत्थान समाज सुनसरीका प्रतिनिधि, नगर महिला समितिका प्रतिनिधि, बालबालिका संरक्षण समितिका प्रतिनिधि, नगरपालिकाको कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सफल पार्न साँझा सवालका लागि साँझा मञ्च (कोकन),सेभ द अर्थ सुनसरी, ग्रामिण समाज उत्थान केन्द्र(आरएसडिसी) र आसमान नेपालको साझेदारी रहेको छ ।
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा हो । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

अगाडिकाे पाेस्ट

रामधुनी १, ५ र ३ नं. वडामा दिउँसो २ः३० बजे सम्म क्रमश ४१, ४३ र ४५ प्रतिशत मत खस्यो

अर्काे पाेस्ट

पशुपालक कृषकको उत्पादकत्व बृद्धि गर्न रामधुनी ९ नं. वडामा निःशुल्क पशु स्वास्थ्य शिविर

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft