राख संवाददाता
झुम्का,पुष ८ । रामधुनी नगरपालिकाले मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन सुचना जारी गरेको छ । झुम्का बजारको मुख्य क्षेत्रमा संरचना र फुटपाथ पसलका कारण अवागमन असहजले दुर्घटनाको सम्भावना बढाएकोले १५ दिने सुचना जारी गरेको हो ।
कार्यपालिकाको बैठक २०७९ मंसिर २७ गतेको निर्णय अनुसार १५ दिने सुचना निकाल्दै पुष १५ गते सम्ममा हटाउँन भनिएको छ । झुम्का उद्योग बाणिज्य संघको समन्वयमा सडकहरु अतिक्रमण भएका राजमार्ग दायाँ वायाँ सडक नालाभित्र रहेका संरचना र फुटपाथ पसल हटाउन माइकिङ्ग सुचना सहित अनुरोध गरिएको हो ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, आवागमनमा अवरोध पुग्ने गरी सामग्री राख्ने र सडक फुटपाथमा खुद्रा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
रामधुनी नगरपालिकाको बजार क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित तथा आवागमनलाई सहज बनाउँन अभियानमा सहयोगका लागि सबै सरोकारवालाहरुमा नगरपालिकाले अनुरोध गरिएको छ । यहि पुष १५ गते भित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारवाही गरिने बताएको छ ।
सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम
रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...