मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारमा मापदण्ड विपरीतका संरचना तथा फुटपाथ पसल हटाउँन सूचना जारी

by By: रामधुनी खबर
पुष ८, २०७९
426

राख संवाददाता
झुम्का,पुष ८ । रामधुनी नगरपालिकाले मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन सुचना जारी गरेको छ । झुम्का बजारको मुख्य क्षेत्रमा संरचना र फुटपाथ पसलका कारण अवागमन असहजले दुर्घटनाको सम्भावना बढाएकोले १५ दिने सुचना जारी गरेको हो ।
कार्यपालिकाको बैठक २०७९ मंसिर २७ गतेको निर्णय अनुसार १५ दिने सुचना निकाल्दै पुष १५ गते सम्ममा हटाउँन भनिएको छ । झुम्का उद्योग बाणिज्य संघको समन्वयमा सडकहरु अतिक्रमण भएका राजमार्ग दायाँ वायाँ सडक नालाभित्र रहेका संरचना र फुटपाथ पसल हटाउन माइकिङ्ग सुचना सहित अनुरोध गरिएको हो ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, आवागमनमा अवरोध पुग्ने गरी सामग्री राख्ने र सडक फुटपाथमा खुद्रा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
रामधुनी नगरपालिकाको बजार क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित तथा आवागमनलाई सहज बनाउँन अभियानमा सहयोगका लागि सबै सरोकारवालाहरुमा नगरपालिकाले अनुरोध गरिएको छ । यहि पुष १५ गते भित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारवाही गरिने बताएको छ ।

अगाडिकाे पाेस्ट

पशुपालक कृषकको उत्पादकत्व बृद्धि गर्न रामधुनी ९ नं. वडामा निःशुल्क पशु स्वास्थ्य शिविर

अर्काे पाेस्ट

रामधुनी २ नं. वडाका जेष्ठनागरिकहरुलाई न्यानो कपडा,स्वास्थ्य परिक्षण र योग शिविर

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft