मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी २ नं. वडाका जेष्ठनागरिकहरुलाई न्यानो कपडा,स्वास्थ्य परिक्षण र योग शिविर

by By: रामधुनी खबर
पुष ११, २०७९
431

चन्द्रकला चौधरी
झुम्का,पौष ११ । चिसो बढेसँगै जेष्ठनागरिकहरुमा हुने स्वास्थ्य समस्याको ध्यान राख्दै रामधुनी वडा नं. २ का जेष्ठनागरिक समितिले न्यानो कपडा वितरण गरेको छ । जाडोमा चिसोबाट बच्न र स्वस्थ्य सुरक्षाका लागि समितिले वडा अन्तर्गतका २२ जना जेष्ठनागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
नगर प्रमुख शंकरलाल चौधरीले न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले जेष्ठनागरिकहरुको लागि नौ वटै वडामा कार्यक्रम रहेको जानकारी दिनुभयो । वडाहरुमा कार्यक्रमहरु फरकफरक गरेपनि जेष्ठनागरिकहरुका लागि नै रकम खर्च तथा कार्यक्रमहरु संचालन गरिरहेको बताउँनु भयो । राज्य सरकारले जेष्ठनागरिकहरुमा लिएको नीतिले परिवार र समाजवाट हुने अपहेलित र तिरस्कार जस्ता घटना कम भएको भन्दै रामधुनी नगरपालिकाले यस प्रति ध्यान र चासो निरन्तर दिइरहने मेयर चौधरीले धारणा ब्यक्त गर्नु भयो ।
जेष्ठनागरिक वडा समितिको आयोजनामा मंगलवारबाट जेष्ठनागरिक लक्षित निशुल्क एक हप्ते योग शिविर र स्वास्थ्य शिविर समेत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सामाजिक अभियान्ता पुष्प भट्टराईले जेष्ठनागरिकहरुमा हौसला प्रदान गर्दै सम्मानजनक रुपमा बाच्न प्रेरित गर्नु भयो । जेष्ठनागरिकहरुको लामो आन्दोलन र मागलाई राज्यले उपेक्षित गर्न नहुने धारणा राख्नु भयो । राज्य सरकारले जेष्ठनागरिकहरुलाई सम्मान, स्वाभिमान, सहभागीता, मनोरंजन, स्वास्थ्य सुरक्षाको नीतिगत सम्बोधन हुनुपर्ने भन्दै तिनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यक्ताका बारेमा सामाजिक अभियान्ता भट्टराईले बताउँनु भयो ।
कार्यक्रममा रामधुनी वडा नं. २ का वडा सदस्य शसिला ढुंगाना,कमलि मोची, जेष्ठनागरिक नगर समिति सदस्य मानिकचन चौधरी,बिद्यालय व्यवस्थापन समितिका फागुलाल चौधरी,योग प्रशिक्षक देवनारायण साहले जेष्ठनागरिकहरुको अधिकार र सहयोगको बारेमा धारणा ब्यक्त गर्नु भयो ।
जेष्ठनागरिक वडा समितिका कोषाध्यक्ष तुलसा कट्टेलको सभापतित्वमा न्यानो कपडा वितरण कार्यक्रम शिवनगरको थारु संग्राहलयको सभाहलमा भएको आयोजकले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा मापदण्ड विपरीतका संरचना तथा फुटपाथ पसल हटाउँन सूचना जारी

अर्काे पाेस्ट

भासि स्वास्थ्य चौकीमा प्रत्येक दिन थप निशुल्क आँखा, कान जाँच तथा उपचार सेवा विस्तार

सम्बन्धित अरु

बिकास

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरी झुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै...

बिकास

पहिचानको महत्व र संस्कृति झल्काउँदै थारु चलचित्र तथा साँस्कृतिक संघको जितिया पावैन कार्यक्रम

असोज १६, २०८०

राख संवाददाताझुम्का,असोज १६ । थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीले जितिया पावैन बिशेष साँस्कृति कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको छ । कार्यक्रममा थारु पौराणिक महत्व तथा पहिचानका लोप संस्कृति झल्काउँदै प्रमुख...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft