मिति : २०८३ कार्तिक १० गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाले १० महिने निःशुल्क पेशागत बिल्डिङ्ग ईलेक्ट्रिसियन सिप विकास तालिम दिदै

by By: रामधुनी खबर
साउन १७, २०८०
448

राख संवाददाता
झुम्का, श्रावण १७ । रामधुनी नगरपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि पेशागत बिल्डिङ्ग ईलेक्ट्रिसियन सिप विकास तालिम सुरु गरेको छ । हेल्भेटासको प्राविधिक सहयोगमा रामधुनी नगरपालिकाको रोजगार शाखाको समन्वयमा १० महिने निःशुल्क सिप विकास तालिम संचालनमा ल्याएको हो ।


तालिममा रामधुनी नगरका ४० जना युवाहरु सहभागी छन् । सहभागीहरुलाई बिहान र दिउँसो तालिम दिईने जनाएको छ । तालिम प्रभावकारीताका लागि सात महिना पढाई तथा तिन महिना अभ्यासगत गराउँने रोजगार शाखा प्रमुख खगेन्द्र सुुब्बाले जानकारी दिए ।
तालिमको सहजिकरण जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.ली.बुटबल रुपन्देहीले लिएको छ । तालिम पिछडा वर्गको भवन रामधुनी वडा नं. १ भादगाउँमा संचालन भैरहेको छ ।
सिप विकास गरी स्वरोजगार बनाउँन मेसन सम्बन्धि ६ दिने तालिम अयोजना गर्ने जनाएको छ । यसैगरी मन्टेश्वरी, ब्युटिसियन लगायतका स्वरोजगार हुुने खालका तालिम आयोजना गर्ने रामधुनी रोजगार शाखाले जनाएको छ ।


दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले नेपाली कामदारहरू विशेषतः विपन्न समुदायका कामदारहरूको निरन्तर रोजगारीका लागि सीप अभिवृद्धि गर्ने तथा व्यापारिक र व्यावसायिक संस्थाहरूका लागि दक्ष कामदारको विकासमा सहयोग पुग्ने लक्ष्य लिएको छ ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना, नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । यो दोस्रो चरणमा प्रदेश सरकारद्वारा औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) तालिम कार्यक्रम सञ्चालन भएको तथा, व्यावसायिक तालिम (१६९६ घण्टाको कार्यगत अभ्यास सहितको तालिम) स्थानीय सरकारद्वारा सञ्चालन भइरहेको छ ।

अगाडिकाे पाेस्ट

डेंगीबाट बच्न झुम्का बजार क्षेत्र र समुदायमा पुगेर सचेतना

अर्काे पाेस्ट

दादुरा–रुवेला प्रकोप नियन्त्रण गर्न रामधुनी १ नं. वडामा बिद्यालय सहित पाँच खोप केन्द्र संचालन हुने

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft