राख संवाददाता
झुम्का, श्रावण २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवस सम्पन्न भएको छ । ‘कोशी’ प्रदेश नामाकरण खारेज को माग गर्दै फोनिजको २४ औं स्थापना दिवस सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसरमा श्रावण २७ र २८ गते विराटानगरमा आदिवासीहरुको हक अधिकारमा कलम चलाएका आदिवासी पत्रकारहरुलाई सम्मान, स्मारिका विमोचान, कोशी प्रदेश नामाकरण छलफल, अन्तरक्रृयागरी घोषणा पत्रजारी गरिएको छ ।
प्रदेश नं. १ को नामाकरण पहिचान, सभ्यता, ऐतिहासिक पृष्ठभूूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रति पूर्ण असहमति जनाएको फोनिज संघिय समितिले घोषणा पत्र मार्फत सार्वजानिक गरेको छ । कोशी प्रदेश नाम खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका अधारमा ‘लिम्बुवान किरात’ नामाकरण गर्न माग गरिएको हो ।
प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनमा ऐक्यबद्धता ब्यक्त गरिएको छ । प्रदेशको कोशी नाम खारेजीका लागि जारी आन्दोलनका क्रममा सहदात प्राप्त गर्नु हुने सहिद पदम लिम्बु लाजेहाङ प्रति श्रदाञ्जली अपर्ण गरिएको छ । यस आन्दोलनका क्रम्ममा पक्राउ परेकालाई बिना शर्त रिहाइ, झुटा मुद्धा खारेजी र आन्दोलनका क्रममा घाइते भएका समपूर्णलाई निःशुल्क उपचार राज्यले गर्नु पर्ने भन्दै घोषणापत्र जारी गरेको छ ।
मोरंङ जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु विराटनगरको बिराट दरबार, धिमाल जातीको थलो लेटाङको राजारानी पोखरी,बेलबारीको कसेनी स्थित थारु समुदायको आस्थाको केन्द्र धनपाल गढी दरबार,कानेपोखरी ७ को कानेपोखरी, सुन्दर हरैचा स्थित खोर्सानेमा अवस्थित धिमालहरुको पवित्र स्थल बाघझोडा सिमसार क्षेत्र, ग्रामथान संरक्षणको माग गरिएको छ ।
